मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

अखिल क्रान्तिकारीको प्रथम काभ्रे जिल्ला सम्मेलन संपन्न

Thearaniko Times 1399+ समाचार ( )
१५ पौष २०८०, आइतबार

काभ्रे/अखिल क्रान्तिकारीको प्रथम काभ्रे जिल्ला सम्मेलन आज एक कार्यक्रमका बीच संपन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज विकल्प सिको प्रमुख आतिथ्यतामा भएको सम्मेलनले अध्यक्षमा  सन्तोष सी, उपाध्यक्षमा बिपना सी, सचिव निरुता सी, सहसचिव  सुनिल सी, कोषाध्यक्ष सोनिका सी सहित २५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टीका पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज विकल्प सिले अहिलेको शिक्षा क्षेत्रमा रहेका तमाम समस्याहरुको समाधानका लागि अखिल क्रान्तिकारीका विद्यार्थीहरुले नेतृत्व गर्न आवश्यक रहेकाले सबै विद्यार्थीहरु तयार भएर सामुहिक रुपले आन्दोलन गर्नुपर्ने बताए । अहिलेको दलाल पूँजीवादलाई लाखौ विद्यार्थीहरुको आन्दोलनले सदाका लागी चिहानमा पुर्याउन अखिल क्रान्तिकारीले नेतृत्व गर्न तयार हुनुपर्ने उहाँको भनाई थियो । उहाँले अखिल क्रान्तिकारीको बिचार र नेतृत्व राम्रो रहेको हुँदा अखिल क्रान्तिकारीमा सबैलाई गोलबन्द गरी नयाँ इतिहास निर्माणको पक्षमा लाग्न आग्रह गरे ।

विशिष्ट अतिथि २३ औं राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक प्रकाश सीले शिक्षा दलालहरुको हातमा पुगेकाले अब जनताको शिक्षा निर्माणका लागि अखिल क्रान्तिकारी आन्दोलित रहेको र त्यसमा साथ दिन सबै विद्यार्थीहरुलाई आग्रह गरे । त्यसैगरी आउँदो २३ औं राष्ट्रिय सम्मेलनले शिक्षालाई नयाँ तरिकाले विकास गर्ने गरि तयारी गरिरहेकाले त्यसमा सबैले साथ दिन आग्रह गरे । 

अर्का वक्ता बिन्दु सीले पार्टीले विद्यार्थीहरुलाई पहिलो प्राथमिकतामा राखेको र दलाल पूँजीवादी शिक्षाबाट जनतालाई बाहिर निकाल्न अखिल क्रान्तिकारीले संघर्ष गर्नुपर्ने जनाए ।

प्यानल प्रस्ताव पेस गर्दै अखिल क्रान्तिकारीका पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज दयाराम सीले राष्ट्रियता , जनजीविका, स्वाधीनता, महंगी र राष्ट्रघातका विरुद्ध र आमूल शैक्षिक रुपान्तरणका लागि अखिल क्रान्तिकारीले सडकबाट आन्दोलनको जेहाद छेड्ने विद्यार्थी नेतृत्व निर्माणका लागि सम्मेलन गरिएको बताए । सम्मेलनबाट त्यस्तो विद्यार्थी नेताहरुलाई प्राथमिकता दिएको र राष्ट्र, जनताको अधिकारका लागि लड्ने विद्यार्थीलाई सधै उच्च सम्मान सहित नेतृत्व प्रदान गरिने जनाए । प्यानल प्रस्ताव एकमतले पारित भएपछि जिल्ला समिति निर्माण गरि कार्यक्रम सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार