मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

बनेपामा १५ औं नेवाः राष्ट्रिय एकता दिवस मनाउन १०१ सदस्यीय तयारी समिति
बनेपामा १५ औं नेवाः राष्ट्रिय एकता दिवस मनाउन १०१ सदस्यीय तयारी समिति

Thearaniko Times 1399+ समाचार ( )
८ पौष २०८१, सोमबार

बनेपा/हरेक वर्ष मनाउँदै आएको नेवाः राष्ट्रिय एकता दिवस यसपटक पोहेलाथ्व नवःमि अर्थात् पुष २४ गते बुधबार परेको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा यसपटक नेवाः राष्ट्रिय एकता दिवस मनाउनको लागि सरोकारवालाहरुको भेला गरी आवश्यक तयारी गरिरहेको आयोजक हलि नेवा गुठी बनेपाका रामकाजी प्रधानले जानकारी दिनुभयो।

हलि नेवा गुठीका केन्द्रीय सदस्य हरि महर्जनको उपस्थितिमा तयारी भेलामा सञ्चारकर्मीसँग बोल्दै आयोजक समितिका संयोजक प्रधानले हलि नेवा मिसा पुचः लगायत नेवाः समाजका विभिन्न जातीय संघ संस्था, नेवाः अभियान संचालन गर्दै आएका संघ संस्था सहित करिव दुई दर्जन संस्थाहरुका साथ नेवा ः एकता दिवस भव्यताका साथ मनाउन एकसय एक सदस्यीय आयोजक समिति बनाएको जानकारी दिनुभयो। नेवारसँग संबन्धित साँस्कृतिक झाँकी र बाजा गाजासहित  ¥यालीले बनेपा नगर परिक्रमा गरिनेछ ।

नेवाहरुलाई एकता बनाउने, नेवाः भाषा, कला संस्कृति एवं नेवाः सभ्यता संरक्षणको आवाज बुलन्द गर्नेदेखि नेवाः समुदायले उठाएका भूमि, सम्पदादेखि विभिन्न सवालहरुप्रति राज्यको ध्यानाकर्षण गर्ने लगायतका मुद्दाहरु यो दिवसमा उठाउने छ।

नेपाल संवत ११३० पोहेलाथ्व नवःमिको दिनमा लाखौं नेवाःहरु दशरथ रंगशालामा भेला भई नेवाः समुदायले जन स्टरवाट नेवाः स्वायत्त राज्य घोषणा गरेको, विविधता भएका नेवाःहरु एकता भएको घोषणा गरेको दिनको सम्झनामा प्रत्येक बर्ष यो दिवस मनाउदै आएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार