मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

‎सुनकोसी वाङ्मयले ठमेलमा काव्योत्सव गर्यो
‎सुनकोसी वाङ्मयले ठमेलमा काव्योत्सव गर्यो

Thearaniko Times 1373+ समाचार ( )
६ वैशाख २०८२, शनिबार

काठमाडौं । सुनकोसी वाङ्मय प्रतिष्ठानको आयोजनामा ठमेल काव्योत्सव सम्पन्न भएको छ ।
‎ठमेलको चि:बहालमा नयाँ वर्ष-२०८२ को उपलक्ष्यमा शनिबार आयोजित काव्योत्सवमा अग्रजदेखि अनुजसम्मका तीन दर्जन कविहरुले आ-आफ्नो रचना बाचन गरेका थिए ।
‎काठमाडौं महानगरपालिका वडा नं.२६ का वडाध्यक्ष ख्यामराज तिवारी, राजेन्द्र शलभ र मच्छेश्वर सापकोटाले संयुक्त रुपमा पानसमा दिप प्रज्ज्वलन गरि काव्योत्सवको समुद्घाटन गरेका थिए ।
‎चि:वहाल परिवार, ठमेलको सह-आयोजनामा सम्पन्न उक्त काव्योत्सवमा काठमाडौं महानगरपालिका वडा नं.२६ का वडा अध्यक्ष ख्यामराज तिवारीले भने-'कविहरुको कलम नकारात्मक कुराको विरुद्ध समाजलाई व्यवस्थित गर्न टेवा गर्नेतर्फ चलोस् । सहकार्यको निम्ति हरदम तयार छु ।'
‎कार्यक्रमका विशिष्ठ अतिथि कवि, निर्देशक एवं गीतकार राजेन्द्र शलभले कविता सुनाउँदै आयोजक संस्थालाई धन्यवाद दिए ।
‎यसैगरी कार्यक्रमका अर्का विशिष्ठ अतिथि एवं वरिष्ठ लोकगायक मच्छेश्वर सापकोटाले लोकगीत गाउँदै हामीले विकृति र विसंगति विरुद्ध दर्विलो आवाज उठाउन जरुरी भएको बताए । अर्का अतिथि स्नेह सायमीले चि:वहालको बारेमा आफ्ना कुरा राख्दै कविता सुनाए ।

‎यसैगरी वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ 'रोदन'ले सुनकोसी वाङ्मय प्रतिष्ठानले स्थापनाको सुरुमै धेरै साहित्यिक गतिविधिहरु सञ्चालन गरेकोमा खुशी व्यक्त गरे ।
‎उक्त काव्य वाचनमा श्रीबाबु कार्की, डा.अनन्त अधिकारी, मधु पाठक, विमल भौकाजी, शकुन्तला जोशी, दियश रत्न शाक्य, देविका तिमिल्सिना, तारा केसी, विश्व सिग्देल, मुरारी सिग्देल, सुषमा आचार्य, दिपक चौलागाई, शशीश्री आचार्य, रुपा रिसाल, ध्रर्व थापा पुरुष, राजुबाबु श्रेष्ठ, माधव विंडारी, लक्ष्मण सापकोटा, रमा अधिकारी 'कादम्बरी' गंगा थापा अधिकारी, मिनकुमार नबोदित, पूर्णबहादुर श्रेष्ठ ह्रदयंकृत, विष्णु थापा, गोविन्दराज पौडेल लगायत तीन दर्जन कविहरुले आआफ्नो कविता सुनाएका थिए ।
‎सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षता एवं महासचिव प्रदीप सापकोटाको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा वाङ्मयका उपाध्यक्ष रामसुन्दर देउजाले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
‎ठमेल काव्योत्सवमा कवि साहित्यकारहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार