मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

स्तन क्यान्सर पीडितलाई प्रवासबाट सहयोग

Thearaniko Times 1399+ समाचार ( )
१३ माघ २०७९, शुक्रबार

काभ्रे/स्तन क्यान्सर सुकुमाया तामाङलाई प्रवासमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । जिल्लाको रोशी गाउँपालिका –१ निवासी स्तन क्यान्सर पीडित तामाङ्लाई विभिन्न मनकारी व्यक्ति आर्थिक सहयोग गरेका हुन् ।

उपचारका लागि भक्तपुर क्यान्सर अस्पताल भर्ना भएका स्तन क्यान्सर पीडित तामाङ्लाई आर्थिक अभावमा उपचार गर्न समस्या आएपछि अभियन्ता जि.एम.लामा लोप्चनले सबैसँग सहयोगको अपिल गरेका थिए । स्तन क्यान्सर पीडित तामाङ्गको आर्थिक अवस्था साह्रै दयनिय भएको र उपचार खर्च महङ्गो भएका कारण थप उपचारको लागि आर्थिक सहयोगको याचना गरेका हुन् । स्तन क्यान्सर पीडित तामाङ्का २ जना नाबालक छोरा आश्रित छन् । कमाउने र परिवारको भविश्य सुनिश्चित गर्ने बेलामा रोगले समातेपछि उनी अस्पतालको शैयामा जीवन मरणको दोसाधंमा छन् । उनले २ महिनादेखि भक्तपुरमा उपचार गराइरहेका छन् । 

अभियन्ता जि.एम.लामा लोप्चनले सबैसँग सहयोगको अपिल गरेपछि यस अभियानमा हालसम्म रु. ५ लाख २७ हजार ९ सय ४३ रुपयाँ आर्थिक रकम जम्मा गर्न सफल भएको बताइएको छ । बिरामीको उपचारको लागि प्रत्येक महिनाको खर्च ५० हजार देखि ८० हजारसम्म लाग्नेछ । अभियन्ता लोप्चनका अनुसार यदि कोही सहयोगी दाताहरु सहयोग गर्न चाहने सहयोगी मनहरुले नेपालमा अशोक लामा र करण मोक्तानलाई सम्पर्क गरेर सहयोग गर्नसक्नु हुनेछ । अथवा बिरामी सुकुमाया तामाङको बैक खातामा डाइरेक्ट रकम डिपोजिट गरेर पनि सहयोग गर्न सक्नुहुनेछ ।

अभियन्ता लोप्चनले कतार, साउदी, दुबईमा झै सुकुमायाको उपचारको लागि रकम सङ्कलन हाललाई बन्द भएको र यदि सहयोग गर्न चाहने ब्यक्तिहरुले माथि उल्लेखित ब्यक्तीहरुको माध्यमबाट पनि सहयोग गर्न सकिने े जानकारी दिनुभयो । यस अभियानलाई सफल पार्नको लागि देश तथा विदेशबाट जोडिनु भइ सहयोग गर्नुहुने अभियन्ताहरु बेत्त घिसिङ (दुबई), सुमन घिसिङ (नेपाल), अशोक लामा (नेपाल), करण मोक्तान (नेपाल), अजय लोप्चन (नेपाल), बिमला लामा ब्लोन (नेपाल), तिर्थ थिङ तामाङ (कतार) एमडि बल तामाङ (कतार), कर्सङ लामा दोङ (साउदी) जिएम लामा लोप्चन (प्रवास), चक्र लामा बोम्जन (मोरङ), अमृत घिसिङ तामाङ (कतार), अमृत थिङ (साउदी), निरु घिसिङ तामाङ (जापान), धर्म लामा लोप्चन (कतार) राजमन बल (साउदी) रहेका छन् । अभियन्ता लामाले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी हातहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्नुका साथै बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार