बनेपा । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखा रक्त सञ्चार सेवा समितिले सवैभन्दा धेरै रक्तदान कार्यक्रम सञ्चालन र आर्थिक सहयोग गर्ने व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरेको छ । शुक्रवार बनेपा रेडक्रस भवनमा आयोजित कार्यक्रममा धेरै पटक रक्तदान गर्ने रक्तदाता र रक्तदान कार्यक्रम सञ्चालन गर्ने व्यक्ति र संस्थाहरुलाई सम्मान गरेको हो ।
काभ्रे जिल्लामा जन्म भई हाल अमेरिका बसोबास गर्दै आउनुभएका रक्तदाता अर्जुन मैनालीले अमेरिकावाट नेपाल रेडक्रस काभ्रे शाखाको लागि पठाएको १ लाख ३० हजार रकम वरिष्ठ हास्य कलाकार हरिबंश आचार्यले एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो ।
उक्त रकम र अन्य संकलित २ लाख रपैयाँको अक्षयकोश स्थापना गरि आगामी वर्षहरुमा रक्तदान कार्यक्रमलाई थप प्रभावकारी बनाउने र पालिकास्तरमा पनि ब्लड बैंक सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइयो।
अमेरिका बसोबास गर्दै आउनुभएका रक्तदाता अर्जुन मैनालीले रोशी गाउँपालिकालाई रक्तदान कार्यक्रम सञ्चालन गर्न पठाएको रकम गाउँपालिका अध्यक्ष दिनेश लामालाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा वरिष्ठ हास्य कलाकार हरिबंश आचार्यले रक्तदान जति गरे पनि नसकिने भएकाले सवैले रक्तदान गर्नुपर्ने र यस्ता कार्यक्रमहरुको प्रचार प्रसार पनि धेरै हुनुपर्ने बताए ।
स्वास्थ्यबारे जनचेतना जगाउने र जानकारीमूलक सूचना प्रवाह गर्ने उद्देश्यले ‘स्मार्ट हेल्थ नेपाल एप्लिकेशन’ सञ्चालनमा आएको स्मार्ट हेल्थ का मनिषा श्रेष्ठले जानकारी दिनुभयो। रेडक्रस लगायत विभिन्न स्वास्थ्य संस्थासँग मिलेर काम गर्ने बताउँदै श्रेष्ठले यो एप्लिकेशन आम नागरिकहरूलाई आवश्यक सेवाभित्र पर्ने आम चासोका विषय जस्तै : अस्पताल, चिकित्सक, औषधी, रक्तसेवा दिने निकायलाई प्रभावकारी ढंगबाट सहयोग गर्ने हेतुले सञ्चालनमा ल्याइएको हो । सुविधायुक्त प्रविधिमैत्री एप्लिकेशन रहेको तथा स्वास्थ्य संस्था र बिरामीहरूलाई एक अर्कामा जोड्ने पुलको काम यो एप्लिकेशनबाट निःशुल्क रूपमा हुने जानकारी श्रेष्ठले दिनुभयो।
रगतको अभाव हुन नदिनको लागि नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाले विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको जानकारी ब्लड डोनर्स एशोसिएसनका कोषाध्यक्ष मचाकाजी महर्जनले बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाका उपमन्त्री राजु सिग्देलले सञ्चालन र रक्त सञ्चार सेवा समितिका संयोजक अनन्त कृष्ण श्रेष्ठको सभापतित्वमा रोशी गाउँपालिका प्रमुख दिनेश लामा र राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश निर्देशक यज्ञ....ले बोल्नुभएको थियो ।