काठमाडौं/डोनाल्ड ट्रम्पले २०२५ जनवरी २० मा अमेरिकाको ४७औँ राष्ट्रपति पदको शपथ लिएका छन्। ट्रम्पले अमेरिकी प्रधानन्यायाधीश जोन रोबर्ट्सबाट शपथ ग्रहण गरेका हुन्।
दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गर्न लागेका ट्रम्प गत नोभेम्बरमा डेमोक्र्याट उमेदवार कमला ह्यारिसलाई हराएर राष्ट्रपति निर्वाचित भएका थिए । यसअघि, उनले सन् २०१७–२०२१ सम्म राष्ट्रपतिको पद सम्हालेका थिए ।
ट्रम्पले शपथपछि अमेरिकाको दक्षिणी सीमा क्षेत्रमा राष्ट्रिय आपतकाल घोषणा गरे। जहाँ मेक्सीको छ । अवैध आप्रवासी रोक्न सेनाको तैनाथी, रिमेन इन मेक्सिको नीति पुनः लागु, क्याच एन्ड रिलिज अन्त्य र अपराधी गिरोहलाई विदेशी आतंकवादी समूह घोषणा गर्ने निर्णय उनले सुनाए
प्रमुख घोषणाहरू
-दक्षिणी सीमामा राष्ट्रिय आपतकाल लागू।
-थर्ड जेण्डरको अन्त्य, अब केवल पुरुष र महिला।
-विदेशी गिरोहलाई रोक्न १९७८ को विदेशी शत्रु ऐन लागू।
-वाक स्वतन्त्रताको प्रवर्द्धन गर्दै सेन्सरशिपमा रोक।
-गल्फ अफ मेक्सिकोको नाम परिवर्तन गरी गल्फ अफ अमेरिका।
-पनामा नहर पुनः अमेरिकाको नियन्त्रणमा ल्याउने प्रतिबद्धता।
-विदेशी उत्पादनमा ट्यारिफ बढाएर नागरिकलाई करको राहत दिने योजना।
-कोभिड नियम उल्लंघनकै कारण निकालिएका कर्मचारीलाई पुनः बहाली र मुआब्जा।
ट्रम्पले आफ्नो भाषणमा भने- "हामीले जनादेशमात्र जितेका हैनौँ, हामीले एउटा नयाँ अमेरिकी बहुमत बनाएका छौँ । जसले हाम्रो देशलाई आगामी पुस्ताका लागि सफलतातर्फ नेतृत्व गर्नेछ," ।
अमेरिकालाई पुनः समृद्ध र स्वतन्त्र बनाउने वाचा गर्दै भने, मेरो जीवन अमेरिका महान बनाउनका लागि सुरक्षित राखिएको छ। हाम्रो प्रशासनले अमेरिका फस्ट नीति पालना गर्नेछ। उनले पनामा नहरलाई मूर्खतापूर्ण रूपमा पनामालाई सुम्पिएको बताउँदै चीनको नियन्त्रणबाट फर्काउने लक्ष्य राखेको उल्लेख गरे। ट्रम्पले भने, आजबाट हामी देशलाई समृद्ध बनाउँदै सम्मानित स्थानमा पु¥याउने छौँ। शपथपछि ट्रम्पले ऐतिहासिक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आफ्नो कार्यकालको सुरुवात गरेका छन्।
विभिन्न मुद्दा, महाभियोग र आक्रमण झेलेर सत्ता पुनः हात पारेका ट्रम्पको शपथ ग्रहण क्यापिटल हिलभित्र सम्पन्न भयो। अत्याधिक चिसोका कारण ४० वर्षमा पहिलोपटक यस्तो समारोह इनडोर आयोजना गरिएको थियो।अमेरिकाको २३० वर्षको इतिहासमा पहिलो चुनावमा जितेर दोस्रोमा पराजित हुने तर तेस्रो चुनावबाट फेरि निर्वाचित हुने ट्रम्प दोस्रो राष्ट्रपति हुन् । उपराष्ट्रपति जेडी वेंसले पनि शपथ लिएको थियो।
एजेन्सीहरूको सहयोगमा ।