मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

खेलकुद
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण

Thearaniko Times 1401+ समाचार ( )
८ भाद्र २०८३, सोमबार

बनेपा । काभ्रेपलाञ्चोकको बनेपास्थित काभ्रे आईटिएफ तेक्वान्दो प्रतिष्ठानमा नियमित प्रशिक्षणरत ११० जना खेलाडीलाई विभिन्न रङ्गका पेटी वितरण गरिएको छ।

प्रतिष्ठानले शनिबार सञ्चालन गरेको रङ्गीन पेटी अपग्रेड परीक्षामा सफल खेलाडीलाई आइतबार मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईबाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा पेटी वितरण गरिएको हो। खेलाडीहरूलाई पहेँलोदेखि रातो–कालो पेटीसम्म वितरण गरिएको प्रतिष्ठानले जनाएको छ।

कार्यक्रममा नगर प्रमुख वाईबाले खेलकुदले अनुशासित, स्वस्थ र आत्मविश्वासी नागरिक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। अध्ययनसँगै खेलकुदमा पनि निरन्तर लाग्न खेलाडीलाई आग्रह गर्दै उनले खेलकुदबाट स्थापित भएका युवाले परिवारसँगै राष्ट्रको गौरव बढाउन सक्ने बताए।

काभ्रे आईटिएफ तेक्वान्दो प्रतिष्ठानले खेलाडीलाई विभिन्न गतिविधिमार्फत खेलकुदमा निरन्तर लाग्न प्रोत्साहित गर्दै आएको उल्लेख गर्दै नगर प्रमुख वाईबाले नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले मण्डनदेउपुरमा नगरपालिकाको आयोजनामा खेलकुद कभर्ड हल निर्माण भइरहेको जानकारी दिँदै उद्घाटनका अवसरमा राष्ट्रियस्तरको सम्भव नभए प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरी कभर्ड हल सञ्चालनमा ल्याउने बताए।

कार्यक्रममा सामाजिक व्यक्तित्व तथा काभ्रे जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष रघुबर चौप्रधानले प्रतिष्ठानको स्थापनाकालदेखि नै आईटिएफ तेक्वान्दोको विकासमा आफूले सक्दो सहयोग गर्दै आएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने बताए।

त्यस्तै, खेलाडी सौरभ कायस्थले खेलकुदले व्यक्तिमा शारीरिक क्षमता मात्र नभई अनुशासन, आत्मविश्वास र सकारात्मक सोचको विकास गर्ने बताए। खेलाडी, अभिभावक र डोजाङबीचको समन्वयबाट मात्र उत्कृष्ट खेलाडी उत्पादन गर्न सकिने उल्लेख गर्दै उनले ‘म गर्न सक्छु’ भन्ने आत्मविश्वासका साथ खेलजीवनलाई निरन्तरता दिन खेलाडीलाई आग्रह गरे।

काभ्रे आईटिएफ तेक्वान्दो प्रतिष्ठानका अध्यक्ष तथा नेपाल आईटिएफ तेक्वान्दोका राष्ट्रिय रेफ्री प्रमुख राजमन्दिर श्रेष्ठले काभ्रे आईटिएफले राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने उदयमान खेलाडी उत्पादन गर्दै आएको बताए। फाइट, प्याट्रन तथा ग्रुप प्याट्रनलगायतका विधामा प्रतिष्ठानका खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आएको उनको भनाइ थियो।

श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सफल खेलाडीलाई उनीहरूको स्तरअनुसार विभिन्न रङ्गका पेटी प्रदान गरिएको थियो। प्रतिष्ठानका अध्यक्ष श्रेष्ठ काभ्रे तेक्वान्दो आईटिएफ संघका संस्थापकसमेत हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार