मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

स्वास्थ्य
डेंगीको जोखिम बढ्दै, संक्रमितको संख्या १६ सय नाघ्यो

Thearaniko Times 1399+ समाचार ( )
२१ असार २०८२, शनिबार

काठमाडौं । गर्मी मौसम र वर्षायाममा देखिने डेंगी रोग अब केवल यिनै ऋतुमा सीमित छैन । पछिल्लो केही वर्षयता जलवायु परिवर्तनको प्रभावका कारण डेंगी वर्षैभरि देखिन थालेको छ । विशेषज्ञहरूका अनुसार लामखुट्टेको प्रजनन समय लम्बिनु, तापक्रममा असामान्य वृद्धि र वर्षा चक्रको अनियमितता डेंगीको संक्रमण लगातार बढ्नाका मुख्य कारण हुन् ।

डेंगी सार्ने एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातका लामखुट्टेले प्रायः सफा र थलोपानी भएको ठाउँमा प्रजनन गर्छन् । विगतमा यी विशेषगरी मनसुनको समयमा सक्रिय हुने गरे पनि हाल वर्षभरि नै सक्रिय भइरहेका छन् । यसले गर्दा पहाडी तथा हिमाली भेगसम्म समेत डेंगी फैलिन थालेको पाइएको छ ।

जनस्वास्थ्य विज्ञहरूका अनुसार वातावरणीय अनुकूलतासँगै यी लामखुट्टेहरू जुनसुकै भौगोलिक परिवेशमा बस्न सक्ने भएका छन् । त्यसैले डेंगी अहिले नेपालको सार्वजनिक स्वास्थ्यमा एक प्रमुख चुनौतीको रूपमा उभिएको छ ।

डेंगी संक्रमितको संख्या १६ सय नाघ्यो

नेपालमा डेंगी संक्रमितको संख्या १ हजार ६ सय नाघिसकेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार सातै प्रदेशमा संक्रमण फैलिएको छ ।

महाशाखाको तथ्याङ्कअनुसार पुस महिनाबाट सुरु भएको संक्रमण हालसम्म १६ हजार १ सय ७३ जनामा पुष्टि भएको छ ।

प्रदेशअनुसार संक्रमित संख्या यस प्रकार छ:

बागमती प्रदेश : ४०४ जना

गण्डकी प्रदेश : ३५८ जना

कोशी प्रदेश : ३३४ जना

लुम्बिनी प्रदेश : २७८ जना

सुदूरपश्चिम प्रदेश : २३२ जना

कर्णाली प्रदेश : ३६ जना

मधेश प्रदेश : ३१ जना

गत साता मात्र ७१ नयाँ संक्रमित थपिएका छन् । सबैभन्दा धेरै नयाँ संक्रमित गण्डकी प्रदेशमा २० जना छन् भने कर्णालीमा हालसम्म १ जनामा मात्र संक्रमण पुष्टि भएको छ ।

महाशाखाले अहिलेको दरमा संक्रमण बढिरहे गत वर्षको जस्तै गम्भीर अवस्था दोहोरिन सक्ने चेतावनी दिएको छ । स्मरण रहोस्, गत वर्ष डेंगीले ४५ हजारभन्दा बढीलाई सङ्क्रमित बनाएको थियो भने १५ जनाको मृत्यु भएको थियो ।

यस वर्ष पनि संक्रमण तीव्र गतिमा फैलिन थालेकाले उच्च सतर्कता अपनाउन महाशाखाको किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालले आग्रह गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार