मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

स्थानीय निकाय ि
बनेपा–६ मा भक्तेश्वर बुद्धिनारायण टोल विकास संस्था गठन

Thearaniko Times 1373+ समाचार ( )
४ अशोज २०८२, शनिबार

बनेपा । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ मा भक्तेश्वर बुद्धिनारायण टोल विकास संस्था गठन गरिएको छ।

नगरपालिकाले टोल विकास संस्था गठनसम्बन्धी कार्यविधि २०८१ पारित गरेपछि वडामा टोल विकास संस्थाको गठन प्रक्रिया सुरु भएको हो। यसै क्रममा वडाध्यक्ष सचितानन्द के.सी.को अध्यक्षतामा सम्पन्न भेलाले द्वारिका न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ।

कार्यसमितिमा राजु मानन्धर (सचिव), हिरा दुलाल (कोषाध्यक्ष), तथा निरन्जन न्यौपाने, आकृत रिमाल, सुजन न्यौपाने, बद्री आचार्य, सिता दंगाल, गणेश भुजेल, तारा तिवारी र बेलीमाया लामा सदस्य रहेका छन्।

संस्था गठनपछि वडाध्यक्ष के.सी.ले टोल विकास संस्थाले समुदायमा सद्भाव, शान्ति, सुरक्षा, सहिष्णुता र भाईचारा कायम गर्न सहयोग गर्ने, विकास निर्माणका योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा सार्वजनिक कामको नियमन गर्ने जिम्मेवारी रहने बताए। उनका अनुसार विगतमा उपभोक्ता समिति गठनमा राजनीतिक भागबण्डा र ठेकेदारमार्फत हुने गुणस्तरहीन कामलाई अन्त्य गर्न टोल विकास संस्थामार्फत योजना कार्यान्वयन गर्न लागिएको हो।

उनले श्रम रोजगारी बैंकमा आबद्ध युवालाई विकास निर्माणमा संलग्न गराउन सहज हुने र भविष्यमा योजना छनोट पनि टोलको आवश्यकतालाई आधार मानेर गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रम वडासदस्य लालकृष्ण तिमल्सिनाले सञ्चालन गरेका थिए भने विजया सुवेदी न्यौपानेले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रममा प्राध्यापक भोला केसी, समाजसेवी हेम शंकर गिरी, शिवप्रसाद पौडेल, दिप नारायण पराजुली, नानु कुइकेललगायतले बधाई तथा शुभकामना दिएका थिए।

नवनिर्वाचित अध्यक्ष द्वारिका न्यौपाने र सचिव राजु मानन्धरले टोलका समस्या समाधानमा वडासँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

यसअघि बनेपा–६ मा गोसाइस्थान चाल्ने ढुंगा, डाँडागाउँ सिलुमार्ग, खत्रीगाउँ पाँचकुमारी र त्रिवेणी कमलपोखरी टोल विकास संस्था गठन भइसकेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार