मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

समाज/राजनीति/निर्वाचन
बनेपा–१,२ र ३ मा घरदैलो अभियान सम्पन्न, बसुन्धरा हुँमागाईप्रति उत्साहजनक जनसमर्थन

Thearaniko Times 1401+ समाचार ( )
२४ माघ २०८२, शुक्रबार

बनेपा / काभ्रेपलाञ्चोक प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ की उम्मेदवार बसुन्धरा हुँमागाईको घरदैलो अभियान आज बनेपाको करुणामाई चोकबाट सुरु भई सफलतापूर्वक सम्पन्न भएको छ। अभियानअन्तर्गत बनेपा–१,२ र ३ का विभिन्न गाउँबस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरिएको थियो।
कार्यक्रमका क्रममा नालाका मतदाताले खानेपानी, सेवा–सुविधा र विकाससम्बन्धी गुनासा राखेका छन्। बनेपा–१ अन्तर्गत पाण्डे गाउँ, लामिछाने गाउँ, बनेपा–२ को घिमिरे गाउँ तथा बनेपा-३ टुसालमा स्थानीयको स्वागतसहित वडा कार्यालय उद्घाटनसमेत गरिएको छ। टुसाललगायतका बस्तीमा उम्मेदवार हुँमागाईको पक्षमा उत्साहपूर्ण वातावरण देखिएको थियो।
अभियानका क्रममा बनेपा -३ का भजन टोलीले उम्मेदवार हुँमागाईको पक्षमा गीत–भजनमार्फत भोट माग्दै प्रचार गरेका थिए। विशेषगरी बनेपा–२ को लामिछाने गाउँमा उल्लेखनीय जनलहर देखिएको थियो। स्थानीयले “हामीलाई पानी खुवाउनेलाई भोट दिने” भन्दै विकास र सेवा दिएको नेतृत्वप्रति समर्थन जनाएका छन्।

स्थानीयका अनुसार पहिले खानेपानीलगायतका विषयमा अभाव र दुविधा रहे पनि अहिले सुविधा र सहजता बढेको छ। त्यसैले विकासलाई सम्झिने र काम गर्ने नेतृत्वलाई साथ दिने प्रतिबद्धता गाउँभरि देखिएको उनीहरूको भनाइ छ।
यसैबीच, भोलि २०८२ साल माघ २४ गते बिहान ८ बजे नगरकोटमा उम्मेदवारसहित पार्टीका कमरेडहरू भेट भई ढाडागाउँ, कार्तिके, हलेदे, चुरिथुम्का हुँदै सिपाघाट पुग्ने कार्यक्रम रहेको छ। दिउँसो खाना पछि गैरिबिसौना, बालुवा पाटी, रानीबन हुँदै नगरकोटमै बास बस्ने कार्यक्रम तय गरिएको सचिवालयले जनाएको छ।
घरदैलो अभियानमार्फत उम्मेदवार हुँमागाईले स्थानीयका समस्या सुन्ने र समाधानका लागि प्रतिबद्ध रहने बताउँदै आएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार