मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

राजनीति
पाँच वडाध्यक्षले बुझाए ज्ञापनपत्र, प्रभावित फलामेसाँघु पुनर्निर्माणमा मन्त्री घिसिङको आश्वासन

Thearaniko Times 1399+ समाचार ( )
१३ मंगशिर २०८२, शुक्रबार

फलामेसाँघु – रोशी गाउँपालिका वडा नं. १, २, ३ तथा नमोबुद्ध नगरपालिका वडा नं. ८ र ९ को संगम विन्दु फलामेसाँघु क्षेत्रमा अविरल वर्षाले निम्त्याएको बाढी–पहिरोबाट भएको व्यापक क्षतिपछि तीन मन्त्रालय सम्हालिरहनुभएका माननीय मन्त्री कुलमान घिसिङ आज स्थलमै पुगेर निरीक्षण गर्नुभएको छ। २०८१ साल असोज १०, ११ र १२ गतेको वर्षाले स्थानीय संरचना, सडक, झोलुङ्गे पुल, नदी किनारका तटबन्ध तथा बस्तीमा ठूलो क्षति पुर्‍याएको थियो।

स्थलगत निरीक्षणका क्रममा रोशी गाउँपालिका–२ का वडाध्यक्ष हस्तमान लामा, वडा नं. ३ की कार्यवाहक वडाध्यक्ष सिता लामा, वडा नं. १ का कार्यवाहक वडाध्यक्ष रेशम स्याङ्तान, नमोबुद्ध नगरपालिका वडा नं. ८ का वडाध्यक्ष शेरबहादुर लामा, र वडा नं. ९ का वडाध्यक्ष विरबहादुर लामाले संयुक्त रूपमा मन्त्री घिसिङलाई ज्ञापनपत्र बुझाएका थिए। स्थानीय प्रतिनिधिहरूले बाढीले भत्काएको झोलुङ्गे पुल, क्षतिग्रस्त सडक, नदी कटान नियन्त्रणका संरचना तथा प्रभावित बस्तीको सुरक्षा गर्न आवश्यक पुनर्निर्माण र तत्कालीन व्यवस्थापनका लागि माग अघि सारे।

ज्ञापनपत्र बुझ्दै मन्त्री घिसिङले स्थानीय जनताको दुख–पीडा नजिकबाट बुझ्न आफू निरीक्षणमा आएको बताउँदै, “चुनावी सरकार भएकाले धेरै गर्न नसकिने अवस्था छ, तर सकेजति गर्न सरकार प्रतिबद्ध छ” भन्ने धारणा व्यक्त गर्नुभयो। प्रभावित संरचनाको पुनःनिर्माण तथा तत्काल आवश्यक कामहरू अघि बढाउन सम्बन्धित मन्त्रालयहरूबीच समन्वय गरी सहयोग गर्ने मन्त्री घिसिङले आश्वासन दिनुभयो।

स्थानीय जनप्रतिनिधि र बासिन्दाहरूले पुल भत्किएपछि विद्यालय, अस्पताल र बजार आवतजावतमा गम्भीर समस्या परेको उल्लेख गर्दै छिटो पुनर्निर्माणका लागि सरकारले ठोस कदम चाल्नुपर्ने माग गरे। मन्त्रीको स्थलगत अवलोकनपछि पुनर्निर्माण प्रक्रिया गतिशील हुने अपेक्षा स्थानीयले गरेका छन्।

अवलोकनका क्रममा बाढीले विस्थापित तथा प्रभावित क्षेत्रका दृश्यहरू अवलोकन टोलीले प्रत्यक्ष अवलोकन गरेको र आवश्यक प्राविधिक विवरण संकलन गरिएको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार