मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |
मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

शिक्षा/अन्तर्वार्ता
गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी

Thearaniko Times 1373+ समाचार ( )
२५ चैत्र २०८२, बुधवार

- शिशिर भण्डारी, निर्देशक

लिन इन्टरनेशनल बोर्डिङ स्कुल , वनेपा - काभ्रे ।

यो प्रश्नलाई भावनात्मक होइन, यथार्थ र नीतिगत दृष्टिले हेर्नुपर्छ । मेरो स्पष्ट बुझाइ के हो भने - यदि राज्यले सबै नागरिकलाई गुणस्तरीय, पहुँचयोग्य र विश्वासिलो शिक्षा प्रदान गर्न सक्षम हुन्छ भने, निजी विद्यालयहरू स्वाभाविक रूपमा आवश्यकताहीन हुँदै जान्छन्। त्यस्तो अवस्थामा: निजी विद्यालय बन्द गर्न कसैले दबाब दिनु पर्दैन, तिनीहरू स्वतः प्रतिस्पर्धामा टिक्न नसकेर घट्दै जान्छन्।

🔹 नयाँ शैक्षिक सत्र २०८३ को लागि लिन इन्टरनेसन बोर्डिङ स्कुलको भावी योजना र शैक्षिक अवस्थाबारे जानकारी दिनुस न ! 

- नयाँ शैक्षिक सत्र २०८३ लाई हामीले केवल शैक्षिक वर्षको पुरानो नै निरन्तरता मात्रै नभई शिक्षामा गुणस्तरीय रूपान्तरणको चरणका रूपमा लिएका छौँ । हाम्रो मूल उद्देश्य “आत्मनिर्भरताको लागि गुणस्तरीय शिक्षा र सृजनशील भविष्य निर्माण” हो ।

हामी शिक्षा भनेको केवल पढाइ नभई मानिसले आफू र समाजलाई बुझ्ने प्रक्रिया हो भन्ने मान्यतामा आधारित छौँ । त्यसैले यस वर्ष हामीले विद्यार्थी केन्द्रित शिक्षण, सीप र मूल्यमा आधारित शिक्षा, प्रविधियुक्त र व्यवहारिक शिक्षणमा विशेष जोड दिने सोच बनाएका छौँ।

लिनमा पढाइ केवल किताबमा सीमित छैन; हामी विद्यार्थीलाई जीवनका लागि तयार पार्ने शिक्षा दिन प्रतिबद्ध छौँ । सरल रूपमा भन्नुपर्दा - पढाइ, सोच्ने क्षमता र जीवन उपयोगी सीप लाई समान रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो।

🔹 सरकारले शैक्षिक सत्र सुरु भएपछि मात्र भर्ना लिनुपर्ने निर्देशन दिएको छ - यसलाई तपाईंहरूले कत्तिको पालना गर्नुभएको छ ?

- हामी नीति र विधिको सम्मान गर्ने संस्था हौँ, र सरकारी निर्देशनलाई पूर्ण रूपमा पालना गरेका छौँ र गर्ने नै छौ । 

मेरो दृष्टिमा राज्य र शिक्षाबीचको सम्बन्ध सन्तुलन र अनुशासनमा आधारित हुनुपर्छ, त्यसैले भर्ना प्रक्रिया हामीले पूर्ण रूपमा नीति अनुसार नै सञ्चालन गर्नेछौँ । अर्कोकुरा - म शिक्षा केवल प्रशासनिक प्रक्रिया मात्रै नभई मार्गदर्शन पनि हो भन्ने मान्यतामा विश्वास गर्छु । त्यसकारण, अभिभावक र विद्यालयबीच पारदर्शिता र विश्वास थप मजबुत बनाउन आवश्यक पनि देख्छु ।

🔹 शिक्षामा निजी क्षेत्रले गुणस्तर सुधारमा महत्वपूर्ण भूमिका खेलेको दाबी गरिन्छ—तपाईं आफ्नो योगदानलाई कसरी परिभाषित गर्नुहुन्छ ?

- मेरो दृष्टिमा निजी क्षेत्र समस्या होइन, शिक्षा विकासको सहकार्यकर्ता (development partner) हो । नेपालको इतिहास हेर्दा शिक्षा सधैं राज्य, समुदाय र निजी क्षेत्रको सहकार्यबाट अघि बढेको छ।

निजी विद्यालयहरूले व्यवस्थापन दक्षता, उत्तरदायित्व र प्रतिस्पर्धात्मक संस्कार ल्याएर शिक्षा क्षेत्रमा सकारात्मक सुधारको वातावरण सिर्जना गरेका छन् । सैद्धान्तिक रूपमा पनि शिक्षा देशको उत्पादन क्षमता बढाउने मुख्य आधार हो, र सार्वजनिक–निजी सहकार्यले राज्य र निजी क्षेत्रलाई प्रतिस्पर्धी होइन, पूरक शक्ति का रूपमा जोड्छ । यसलाई सरल रूपमा भन्नुपर्दा - सरकारले आधार तयार गर्छ, निजी क्षेत्रले त्यसलाई प्रभावकारी रूपमा अघि बढाउँछ ।


🔹 निजी विद्यालय ‘नाफामुखी’ भएको आरोप छ—शिक्षा सेवा हो कि व्यवसाय ? तपाईंको स्पष्ट धारणा के हो ?

- शिक्षा मूलतः सेवा (service) हो र राष्ट्र निर्माणको आधार पनि । यसको सम्पूर्ण दायित्व राज्यको हो, तर वर्तमान नेपालको मौजुदा सन्दर्भमा अभिभावकको चाहना र आवश्यकता अनुरूप निजी शैक्षिक संस्थाबाट गुणस्तरीय शिक्षा दिइरहदा त्यसको लागि व्यवस्थापन र स्रोत आवश्यक हुन्छ । त्यसैले शिक्षा सेवा हो तर व्यावसायिक दक्षतासहित (professionally managed) सञ्चालन गर्नुपर्ने स्थिति छ ।

यसलाइ स्पष्ट भाषामा मेरो बुझाइ - हाम्रो प्राथमिकता नाफा होइन, गुणस्तर र विद्यार्थीको समग्र विकास हो । तर निजी तवरबाट यो सेवा दिइरहदा यसलाई टिकाउ र प्रभावकारी बनाउन व्यावसायिक व्यवस्थापन आवश्यक छ । यदि राज्य यो सन्दर्भमा सक्षम भयो भने यो सवाल उठ्नै पाउदैन । 

🔹 के राज्यले निजी स्कुल बन्द गर्न सक्दैन ? यस विषयमा तपाईंको बुझाइ के हो ?

- यो प्रश्नलाई भावनात्मक होइन, यथार्थ र नीतिगत दृष्टिले हेर्नुपर्छ । मेरो स्पष्ट बुझाइ के हो भने - यदि राज्यले सबै नागरिकलाई गुणस्तरीय, पहुँचयोग्य र विश्वासिलो शिक्षा प्रदान गर्न सक्षम हुन्छ भने, निजी विद्यालयहरू स्वाभाविक रूपमा आवश्यकताहीन हुँदै जान्छन्।

त्यस्तो अवस्थामा: निजी विद्यालय बन्द गर्न कसैले दबाब दिनु पर्दैन, तिनीहरू स्वतः प्रतिस्पर्धामा टिक्न नसकेर घट्दै जान्छन्।

तर वर्तमान सन्दर्भमा: जबसम्म सार्वजनिक शिक्षा प्रणालीले अभिभावकको अपेक्षा पूर्ण रूपमा पूरा गर्न सकेको छैन, निजी विद्यालयहरू एक विकल्प मात्र होइन कि - आवश्यकताका रूपमा रहेका छन् ।

त्यसैले, विना तयारी र जबर्जस्ती बन्द गर्ने प्रयासले अभिभावकको रोजाइमा हस्तक्षेप, विद्यार्थीको भविष्यमा अन्योल, शिक्षा प्रणालीमा असन्तुलन

जस्ता गम्भीर प्रश्नहरू उठाउन सक्छ । सारमा भन्नुपर्दा: निजी विद्यालयको अन्त्य नीति र बन्देजबाट होइन, सार्वजनिक शिक्षाको गुणस्तर सुधारबाट हुन्छ। र राज्यले गर्न सक्छ ।

🔹 एसइई नतिजा जस्ता तथ्यांकले निजी विद्यालय अगाडि देखिन्छन्—यो वास्तविक गुणस्तर हो कि परीक्षा केन्द्रित तयारीको परिणाम मात्र ?

- यो प्रश्न धेरै महत्वपूर्ण छ । साँचो कुरा के हो भने, नेपालमा शिक्षा अझै पनि परीक्षा केन्द्रित (exam-oriented) प्रणालीमा नै छ ।

तर निजी विद्यालयको बलियो पक्ष यो छ कि:

विद्यार्थीको प्रगति नियमित मूल्याङ्कन (continuous assessment) मार्फत अनुगमन, कमजोर विद्यार्थीलाई विशेष ध्यान,

Concept-based र Project-based learning मार्फत विद्यार्थीले बुझेर सिक्ने क्षमता विकास गर्छन ।

सरल रूपमा भन्नुपर्दा: नतिजा केवल अंकको होइन्; यो विद्यार्थीले के सिक्यो, किन सिक्यो र कति बुझ्यो भन्ने वास्तविक गुणस्तरको संकेत नै हो ।


🔹 अभिभावकबाट चर्को शुल्क लिने र अतिरिक्त बोझको गुनासो किन दोहोरिन्छ ? यसमा आत्मसमिक्षा गर्नुपर्ने ठाउँ छ ?

- यस विषयमा हामीले आत्मसमिक्षा गर्नैपर्छ ।

शुल्क बढ्नुका कारणहरूमा - प्रशिक्षित शिक्षक (qualified teachers), प्रयोगशाला, प्रविधि र पूर्वाधार (lab, technology, infrastructure), अतिरिक्त क्रियाकलाप (extra-curricular activities) आदी पर्दछन ।

तर निजी विद्यालयले स्वीकार गर्नु पर्छ कि  - पारदर्शिता, औचित्य र पहुँचयोग्यता (transparency, justification & affordability) अझ सुधार गर्नुपर्ने क्षेत्र हो ।

लिनमा हामीले यसका लागि: छात्रवृत्ति (scholarship), लचिलो आर्थिक समर्थन (flexible support), अभिभावकसँग नियमित संवाद (parent interaction) मार्फत सन्तुलन ल्याउने प्रयास गरिरहेका छौँ।

सैद्धान्तिक रूपमा, यो केवल आर्थिक विषय होइन, न्याय (equity) र पहुँच (access) को विषय पनि हो । शिक्षा सबैको अधिकार हो, तर वर्तमान नेपालको सन्दर्भमा गुणस्तरीय शिक्षा दिन निश्चित लागत लाग्छ । सरल भाषामा: पारदर्शिता र जवाफदेहिता कायम राख्दै, हामी शिक्षा गुणस्तरीय र सबैका लागि पहुँचयोग्य बनाउन निरन्तर प्रयासरत छौँ।

🔹 सरकारले शुल्क निर्धारण र भर्ना प्रक्रियामा कडाइ गरिरहेको छ—यसलाई नियमनको आवश्यक कदम मान्नुहुन्छ कि निजी क्षेत्रमाथिको हस्तक्षेप ?

-नियमन आवश्यक छ, तर नियन्त्रण (control) होइन, मार्गदर्शन (guidance) हुनुपर्छ। मेरो दृष्टि अनुसार: नियम प्रक्रिया (process) भन्दा परिणाममा आधारित (result-based) हुनुपर्छ।

यदि विद्यालयको आउटपुट राम्रो छ भने, उनीहरूलाई नवप्रवर्तन (innovation) गर्न स्वतन्त्रता दिनुपर्छ।

सैद्धान्तिक दृष्टिले, Public Choice Theory ले देखाउँछ कि अत्यधिक नियन्त्रणले कार्यक्षमता घटाउँछ। सरल भाषामा: “कागज होइन, परिणाम हेरौँ।”


🔹 निजी विद्यालयले रोजगारी सिर्जना, प्रकाशन, स्टेसनरी लगायत क्षेत्रमा योगदान दिएको छ—तर के त्यो सामाजिक जिम्मेवारीसँग सन्तुलित छ?

- हो, निजी विद्यालयहरूले शिक्षा क्षेत्रसँगै रोजगारी, प्रकाशन, स्टेसनरी लगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन् । तर, यो मात्र पर्याप्त हुँदैन ।

शिक्षा संस्था भएकाले उनीहरूको भूमिका आर्थिक मात्र होइन, सामाजिक पनि हुनुपर्छ।

दार्शनिक दृष्टिले, शिक्षा केवल व्यक्तिगत विकास होइन, व्यक्ति + समाज रूपान्तरण (Individual + Society transformation) हो । लिन स्कुलको सन्दर्भमा, हामीले: छात्रवृत्ति कार्यक्रम, समुदायसँग सहकार्य, विद्यार्थीको प्रतिभा विकास मार्फत सामाजिक जिम्मेवारी पूरा गर्ने प्रयास गरेका छौँ । साथै, हामी समावेशी शिक्षा (inclusive education) लाई अझ सुदृढ बनाउने दिशामा काम गरिरहेका छौँ, ताकि गुणस्तरीय शिक्षा सीमित वर्गमा मात्र नअडियोस् ।

सरल भाषामा: निजी विद्यालयको योगदान तब मात्र सन्तुलित हुन्छ, जब आर्थिक योगदानसँगै सामाजिक उत्तरदायित्व पनि बराबरी रूपमा पूरा हुन्छ।

🔹 ‘निजी विद्यालयले विद्यार्थी विदेश पलायन बढाउँछन्’ भन्ने आरोपबारे तपाईंको प्रतिक्रिया के छ ?

- यो विषय केवल विद्यालयसँग जोडिएको छैन।

विद्यार्थी विदेश जाने कारणहरूमा: देशमा अवसर संरचना, उच्च शिक्षा प्रणाली, रोजगार अवस्था जस्ता विषय हुन ।

हामी लिनमा विद्यार्थीलाई skillful, confident र self-reliant बनाउने प्रयास गर्छौँ, ताकि उनीहरू जहाँ भए पनि सफल हुन सकून् - देशभित्र वा बाहिर । सरल भाषामा भन्नू पर्दा - विद्यार्थी विदेश जाने विषय शिक्षा प्रणालीको मात्र होइन, राष्ट्रिय संरचनाको पनि परिणाम हो । हाम्रो लक्ष्य: जहाँ भए पनि सफल हुने,आत्मनिर्भर (self-reliant) विद्यार्थी तयार पार्ने हो ।

🔹 पाठ्यपुस्तकको भारी, घोकन्ते शिक्षा र सिर्जनात्मकताको कमी—यी आलोचनाहरू कत्तिको यथार्थ छन् ?

- आंशिक रूपमा सत्य हो । तर लिनमा हामीले परम्परागत घोकन्ते शिक्षा (rote learning) तोड्ने प्रयास गरेका छौँ । जसको लागि हामीले  अपनाएको उपायहरूमा सृजनात्मक गतिविधि (creative activities), प्रतिस्पर्धात्मक अभ्यास, प्रोजेक्ट, मिडिया/ पब्लिक  एक्सपोजर (debate, project,media exposure), वार्षिक ४५–५० भन्दन बढी इभेन्टका आउट डोर/इनडोर  कार्यक्रम (sports events) हरू पर्दछन ।

हाम्रो लक्ष्य: विद्यार्थीको सर्बाङ्गिन विकास , सिर्जनशील सोच्ने विद्यार्थी (thinking student), केवल घोकेर उत्तर दिने विद्यार्थी होइन । सरल भाषामा: ज्ञान → बुझाइ → प्रयोग → सिर्जना । लिनमा हामीले  creative learning environment मार्फत यही परिवर्तन ल्याउन खोजिरहेका छौँ ।


🔹 प्रविधियुक्त शिक्षण, गुणस्तर र अभिभावकको अपेक्षा पूरा गर्न निजी विद्यालयहरूले के नयाँ सुधार गरिरहेका छन्?

- हाल निजी विद्यालयहरूले प्रविधियुक्त शिक्षण (technology-integrated learning) लाई प्राथमिकता दिएका छन् । हामीले पनि लिनमा स्मार्ट बोर्ड (smart board), कम्प्युटर प्रयोगशाला (computer lab),  ब्लेन्डेड लर्निङ (blended learning), डिजिटल साक्षरता (digital literacy), जस्ता अभ्यास लागू गरेका छौँ।

तर हाम्रो धारणा स्पष्ट छ - प्रविधि साधन (tool) हो, शिक्षा होइन । यदि शिक्षक सक्षम र प्रेरणादायी छैन भने, प्रविधि मात्रले गुणस्तर दिन सक्दैन । त्यसैले हाम्रो ध्यान Technology + Teacher capability + Student engagement मा छ । सरल भाषामा भन्नू पर्दा

प्रविधि, शिक्षकको क्षमता र विद्यार्थीको सक्रिय सहभागिता मिलेर मात्र गुणस्तरीय शिक्षा सम्भव हुन्छ।

🔹 सरकार, अभिभावक र निजी विद्यालयबीच देखिएको अविश्वास हटाउन तपाईंको ठोस समाधान के हो ?

- यसको मुख्य समाधान हो - पारदर्शितामार्फत विश्वास (trust through transparency)। यसका लागि आवश्यक छ: खुला संवाद (open communication), स्पष्ट नीति (clear policy), साझा जिम्मेवारी (shared responsibility) । हाम्रो विश्वास छ कि विश्वास कुनै नीतिले होइन, व्यवहारले निर्माण हुन्छ।

शिक्षा क्षेत्रमा दीर्घकालीन समाधानका लागि सार्वजनिक–निजी सहकार्य (PPP) लाई हामी भविष्यको मार्ग मान्छौँ । सरल भाषामा: संवाद, पारदर्शिता र सहकार्यबाट मात्रै विश्वास निर्माण हुन्छ।

🔹अन्तमा, नयाँ शैक्षिक सत्र र निजी विद्यालयको योगदानबारे केही थप भन्नु छ ?

-  शिक्षा केवल जागिरको माध्यम होइन, मानव चेतनाको विकास यात्रा हो । नेपालको शिक्षा सुधार “निजी भर्सेज सार्वजनिक” को बहसबाट होइन, सहकार्य (collaboration) बाट सम्भव हुन्छ।

मेरो विश्वास छ कि -  “बलियो राष्ट्रको आधार बलियो शिक्षा हो । यही दर्शनका साथ आजको अभिभावकले आफ्नो बच्चाको भविष्यको लागि खोजेको वातावरण र शिक्षा दिन हाम्रो स्कुल सक्षम छ । ”लिन इन्टरनेशनल बोर्डिङ स्कुल तपाइको खोजाईको गुणस्तरीय, सृजनशील र आत्मनिर्भर नागरिक निर्माणमा प्रतिबद्ध छ । 

मलाई आफ्नो कुराहरू राख्ने मौका दिनु भएकोमा तपाईं र तपाईको यो मिडियाप्रति आभार र धन्यवाद ।।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार