मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

सुरक्षित आप्रवासन कार्यक्रमबारे सञ्चारकर्मीसँग अन्तर्क्रिया

Thearaniko Times 1401+ समाचार ( )
२९ चैत्र २०८०, बिहीबार

धुलिखेल/सुरक्षित आप्रवासन कार्यक्रम (सामी)ले वैदेशिक रोजगारमा जाने र तिनका आश्रित परिवारलाई सहजिकरण गर्दै आएको बताइएको छ ।  जिल्लाका सञ्चारकर्मीसँगको अर्न्तक्रियाका क्रममा सामी परियोजनाले अहिलेसम्म गरेका कार्यक्रमबारे पत्रकारलाई जानकारी गराइएको थियो।

कार्यक्रम संयोजक बसन्त कुँवरले सुरक्षित बैदेशिक रोजगारीका अवस्था, अवसर, चुनौती र समस्या समाधानका बारेमा सामीले गर्दै आएका काम कारबाहीबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

सुरक्षित आप्रवासन (सामी) नेपाल सरकार र स्विस सरकारवीच सञ्चालित कार्यक्रम हो । यो कार्यक्रमले श्रम, रोजगार, सीप, सामाजिक सुरक्षा जस्ता क्षेत्रमा काम गरिरहेको छ । वैदेशिक रोजगारमा गएका घरमा रहेका श्रीमति माथिको सामाजिक बहिस्करण, उनीहरु प्रती हेर्ने दृष्टिमा परिवर्तन ल्याउनुपर्ने कुरामा जोड दिएको छ ।

वैदेशिक रोजगारीका क्षेत्रमा पुगेका व्यक्ति, घर परिवारलाई मनोपरामर्श र विद्यमान यो परिस्थितिलाइ न्युनिकरणका लागि संस्थाको भुमिका महत्त्वपूर्ण रहेको कुरा जनाएको छ । वैदेशिक रोजगारीबाट सृजित समस्या ऋण, ठगि, जेल शोषण, अलपत्र, अंगभंग, पारिवारिक वेमेल, छोडपत्र, विखण्डन, सामाजिक लान्छना, मानसिक तनाव, बालबच्चा र वृद्धहरुको हेरचाहमा समस्या देखिन्छ । साथ साथै वैदेशिक रोजगारिले गरिबी न्युनिकरण, रिमिट्यान्स लगायतका क्षेत्रमा भार समेत थामेको जनाएको छ ।

'स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए सही सुचना लिएर र सीप सिकेर मात्रै जाऔं' संस्थाको मुल सन्देश रहेको छ । 

वैदेशिक रोजगारमा रहेका कामदार र तिनका परिवार राज्य संयन्त्रबाट संरक्षित तथा गन्तव्य मुलुकमा मर्यादित काम गर्ने वातावरण सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

स्वीस सरकार र नेपाल सरकारको सहयोगमा सञ्चालित ३ वर्षे कार्यक्रम काभ्रेका रोशी र भुम्लु गाउँपालिका, मन्डनदेउपुर र धुलिखेल नगरपालिकामा सञ्चालित छ । कार्यक्रमको समायावधि अब ३ महिना बाँकि छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार