मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

प्रगतिशील कानुन व्यवसायी संगठनको संयोजकमा मोक्तान

Thearaniko Times 1373+ समाचार ( )
२ कार्तिक २०८०, बिहीबार

काठमाडौँ । प्रगतिशील कानुन व्यवसायी संगठनको राष्ट्रिय एकता भेला गत शनिवार  सम्पन्न भएको छ। मोहन बैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र वास्तोला ‘कन्चन’नेतृत्वको नेकपा (बहुमत) बीच भएको पार्टी एकतापछि ती पार्टी आबद्ध दुई कानुन व्यवसायी संगठनबीचको एकता भेला शनिबार सम्पन्न भएको हो।

एकता भेलाबाट अधिवक्ता देवकुमार मोक्तान संयोजक, अधिबक्ताद्वय दिवश निरौला र फडिन्द्र कार्की सह–संयोजक रहने गरी २५ सदस्यीय केन्द्रीय कार्य समिति चयन गरिएको छ। संगठनका सह(संयोजक दिवश निरौलाले संचालन गरेको भेलाको अध्यक्षता संगठनका संयोजक देवकुमार मोक्तानले गरेका थिए भने सहसंयोजक फडिन्द्र कार्कीले स्वागत मन्तव्य राखेका थिए।

भेलाका प्रमुख अतिथी सिपी गजुरेल र वशिेष अतिथी धर्मेन्द्र वास्तोलाले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए। भेलामा पार्टी केन्द्रीय कार्यालय सदस्य दिनेश शर्मा, कृष्ण धमला, सचिवालय सदस्य देवकला अधिकारीले भेला सफलताको शुभकामना मन्तव्य राखेका थिए।

भेलामा संगठनका संयोजक अधिवक्ता देवकुमार मोक्तानले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने सह–संयोजक अधिवक्ता दिवश निरौलाले संगठनको अन्तरिम विधान प्रस्तुत गरेका थिए। यस्तै भेलाले १३ बुँदे समसामयिक प्रस्ताव समेत पारित गरेको छ।

समसामयिक प्रस्तावमा झुट्टा मुद्दामा फसाईएका राजबन्दीहरुलाई तत्काल रिहाई गरिनुपर्ने, हालसालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भुभाग गुन्जी क्षेत्रमा भ्रमण गरेकोप्रति नेपाल सरकारको तर्फबाट आधिकारिक बिरोध गरिनुपर्ने, अमेरिकासंगको राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरिनुपर्ने माग गरिएको छ।

त्यस्तै कालोबजारी महँगी नियन्त्रण गरिनुपर्ने, प्यालेस्टाइनहरुमाथिको इजरायली दमन बन्द गरि बिजुली, पानी, इन्धनलगायतका अत्यावश्यक बस्तुमाथिको प्रतिबन्ध तुरुन्त खारेज गरि अन्तराष्ट्रिय मानविय कानुनहरुको पालना गर्दै मानव अधिकारको संरक्षण गर्नुपर्ने, साथै १० जना नेपालीहरु मारिएकोमा हमासको बिरोध गर्दै परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था र बेपत्ता नागरिकको खोजविन गर्न माग गरिएको छ।

त्यस्तै भारतसँको १९५० लगायतका असमान सन्धीहरुको खारेज, गोरखा भर्ति सम्बन्धमा सर्बोच्च अदालतले गरेको फैसला तुरुन्त कार्वानयन, जनताका न्यूनतम मानव अधिकारको ग्यारेन्टी, हालसम्म कायम रहेको विभेदपूर्ण कानुनहरुको खारेज, जनतालाई छिटो छरितो र सर्वसुलभ न्यायको ग्यारेन्टी गरिनुपर्ने माग राखिएको छ।

यस्तै राष्ट्रको प्राकृतिक स्रोत साधनसँग सम्बन्धित असमान र राष्ट्रघाती सन्धी सम्झौताहरुको खारेज, जनतासँग छलफल नगरी कुनै पनि बिधेयकहरु संसदबाट पारित नगर्न माग गर्दै बित्तिय शोषण मिटरब्याज ठगीको नियन्त्रण गर्नुपर्ने माग समेत गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार