मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

रोशीको पाँच स्वास्थ्य संस्थामा निःशुल्क औषधीसहित मानसिक रोगको उपचार हुने

Thearaniko Times 1373+ समाचार ( )
२५ भाद्र २०८०, सोमबार

रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिकाले केहि समयमै गाउँपालिका भित्र सञ्चालित पाँच स्वास्थ्य संस्थाहरूमा निःशुल्क औषधिसहित मानसिक रोगको उपचार शुरु गर्ने भएको छ । मानसिक रोगको बारेमा तालिम प्राप्त स्वास्थ्यकर्मी रहेको ५ स्वास्थ्य संस्थामा केहि दिनमै मानसिर रोगको उपचार शुरु गर्ने भएको हो ।

रोशी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठका अनुसार गाउँपालिका भित्रको स्वास्थ्य संस्थाहरू मध्ये ५ वटा स्वास्थ्य संस्थामा मानसिक रोगको बारेमा तालिम प्राप्त स्वास्थ्यकर्मी रहेकाले ति स्वास्थ्य संस्थामा मानसिक रोगको उपचार शुरु गर्न लागेको हो । रोशी गाउँपालिका वडा नं। ५ स्थित सिसाखानी स्वास्थ्य संस्था, वडा नं। ७ स्थित कटुञ्जेबेशी स्वास्थ्य संस्था, वडा नं। ८ स्थित खार्पाचोक स्वास्थ्य संस्था, वडा नं। १० स्थित वाल्टीङ स्वास्थ्य संस्था र वडा नं। ११ स्थित भिमखोरी स्वास्थ्य संस्थामा केहि समयमै मानसिक रोगको उपचार शुरु गर्ने श्रेष्ठले बताए । औषधीको टेण्डर भैसकेको र सो औषधी आउनेवित्तिकै ती ५ स्वास्थ्य संस्थाहरूमा निःशुल्क औषधीसहित मानसिक रोगको उपचार शुरु गर्ने उनको भनाई छ । पालिकाको अन्य स्वास्थ्य संस्थाहरूमा पनि क्रमशः स्वास्थ्यकर्मीहरूलाई तालिम दिएर मानसिक रोगको उपचारमा बृद्धि गर्दै जाने उनले जानकारी दिए ।

विश्व आत्महत्या रोकथाम दिवस

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा रोशी गाउँपालिका स्वास्थ्य शाखाले अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । आईतबार रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको अध्यक्षतामा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामाले पछिल्लो समयमा आत्महत्या बढ्दै गएकाले रोकथाम तथा न्यूनिकरणको कार्यक्रम गर्नुपर्ने बताए । आत्महत्या रोकथाममा गाउँपालिका मात्र नभएर सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा लामाले जोड दिए । आत्महत्या रोकथामको लागि सुस्म ढंगले अध्यायन गरी लाग्न स्वास्थ्यकर्मीहरूलाई अनुरोध गरे ।

अन्र्तक्रियापछि विद्यालय नर्स, स्वास्थ्यकर्मी र महिला स्वयमसेवीका मार्फत आत्महत्या रोकथाम तथा न्यूनिकरणको लागि जनचेतना फैलाउने कार्ययोजना बनाएका छन् । धेरै जसो आत्महत्या मानसिक रोगका कारण भएकाले मानसिक रोगको बारेमा जनचेतना फैलाउने आयोजकले जानकार दिएका छन् । त्यसरी नै रोशीको आत्महत्याको समग्र डाटा एनिलाईसि गरेर बढी भएको वडामा प्राथमिकताको साथ जनचेतनामूलक कार्यक्रम गर्ने योजना स्वास्थ्य शाखाले बनाएका छन् ।

९० प्रतिशत आत्हत्या मानसिक रोगका कारण भएको हुनाले मानसिक रोगको न्यूनिकरण तथा रोकथामका लागि गाउँपालिकाले कसरी कार्यक्रम गर्ने भन्ने बारेमा पालिका स्थरीय नीति तथा कार्यक्रम बनाउने कार्ययोजना तय भएको छ ।

स्वास्थ्य शाखा प्रमुख गंगालाल श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष मिमबहादुर वाईबा, प्रमुख प्रशासकीय अधिकृत रामबहादुर तामाङ, गाउँपालिकाका प्रवक्ता वसन्तकुमार लामा, जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अधिकृत राजाराम अधिकारी, कटुञ्जेबेशी प्रहरी चौकीका इञ्चार्ज निरमदन थापा, गाउँपालिकाका महिला विकास शाखा अधिकृत रञ्जना चौलागाई, शिक्षा शाखा प्रमुख राजेन्द्र सिग्देल, गाउँपालिका भित्रका सबै सवास्थ्य संस्थाका प्रमुत तथा प्रतिनिधिहरू लगायत अन्य कर्मचारीहरूको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार