मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

चौंरीदेउराली गाउँपालिकाले गरे कविता तथा लोक गीत प्रतियोगिता

Thearaniko Times 1399+ समाचार ( )
२५ फाल्गुन २०८०, शुक्रबार

चौरीदेउराली/११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस -८ मार्चको अवसरमा चौरीदेउराली गाउँपालिकाले बागमती प्रदेशसभा सदस्य रुकु चौलागाईंको प्रमुख आतिथ्यतामा लोक गीत तथा कविता प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ।

महिला लगानी : सभ्य समुन्नत समाजको थालनी भन्ने नाराको साथ शुरु भएको कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य तथा नेकपा(माओवादी केन्द्र) केन्द्रीय सदस्य माननीय रुकु चौलागाईंले दिप प्रज्जलन गरि उद्घाटन गर्नुभएको थियो। ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुभकामना दिनुहुँदै प्रमुख अतिथि चौलागाईंले आजको सभ्य समुन्नत र समृद्ध समाज निर्माण गर्न राज्यले महिलामा विशेष लगानी गर्न आवश्यक रहेको बताउनुभयो। उहाँले महिलाहरू सक्षम र सबल भयो भने मात्र समाजको सहि ढंगले विकास हुने र त्यस कारण महिलामा राज्यले लगानी गर्न जोड्नु गर्नुपर्छ भन्नुभयो ।

कार्यक्रमको विशेष अतिथि नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश समिति सचिवालय सदस्य एवं काभ्रे जिल्ला सचिव द‌ैवलाल घिसिङ(अनुशील)ले शुभकामना मन्तव्य दिनुहुँद‌‌ै २१औं शताब्दीमा राज्यको रहेका क्षेत्रमा महिलाको समान सहभागिता र नीति निर्माण तहमा उचित पहुँचले मात्रै सभ्य समुन्नत समाज निर्माण गर्न सकिने बताउनु भयो। आजको नेपाली समाजमा महिलाहरूलाई राजनीतिक,समाजिक र प्रशासनिक क्षेत्रमा महत्त्वपूर्ण सहभागीता सुनिश्चितता लागि महान् जनयुद्धको रापताप बनेको संविधानले आधार तय गरेको र जनयुद्धले महिलाहरुलाई सचेत, जागरुक र सशक्तीकरण गरेको पनि उहाँले बताउनुभयो। कार्यक्रमका अनेेमसंघ(क्रान्तिकारी) काभ्रे जिल्ला अध्यक्ष सुन्तली थिङ(मनिता), अखिल(क्रान्तिकारी)को केन्द्रीय सदस्य एवं जिल्ला इञ्चार्ज निर्मला गौतम र कार्यपालिका सदस्य विष्णु माया चौलागाईंले शुभकामना मन्तव्य दिनुभएको थियो। 

कविता प्रतियोगितामा सहभागीहरू मध्येबाट सुष्मा परियार र अणु खड्का उत्कृष्ट हुन सफल भयो भने लोक गीत प्रतियोगिता तर्फ मिनु माया प्रजा उत्कृष्ट हुन सफल भएको थियो। लोक गीत प्रतियोगितामा रमला पन्त, हरिशरण चौलागाईं र गुण ब. कामीले सान्त्वन र कविता प्रतियोगिता तर्फ मानुषी मनु सान्त्वना स्थान प्राप्त गरेको थियो। प्रतियोगितामा उत्कृष्ट र सान्त्वना स्थान प्राप्त गर्न सफल प्रतियोगीहरूलाई प्रमाण-पत्र सहित नगद पुरस्कार पनि प्रदान गरिएको थियो। प्रतियोगिता कार्यक्रममा कवि एवं साहित्यकारहरू  बिक्रम पवन परियार, लोक लामा र अर्पण उत्कर्षले निर्णायक मण्डलको भूमिका निर्वाह गर्नुभएको थियो। 

उक्त कार्यक्रमको अध्यक्षता चौरीदेउराली अध्यक्ष रेणुका चौलागाईंले गर्नु भएको थियोे। गाउँ पालिका अध्यक्ष रेणुका चौलागाईंले कार्यक्रममा शुभकामना मन्तव्य दिनु हुँदै गाउँ पालिका महिलाहरूको हकहित र महिलाहरूको आर्थिक जीवन स्तर माथि उठान सिप,क्षमता र उद्यमशीलता विकासमा जोड गर्ने  बताउनु भयो। आगामी दिनमा महिलाहरूको हितमा थप प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्ने पनि बताउनु भयो। कार्यक्रममा गाउँ पालिकाको प्रमुख प्रशासकीय अधिकृत महान दास लामाले स्वागत मन्तव्य दिनु भएको थियो। कार्यक्रमको सञ्चालन गाउँ पालिकाको पंञ्जिकरण शाखाको उर्मिला परियारले गर्नुभएको थियो । उक्त कार्यक्रमको समायोजन गर्ने कार्य पनि उर्मिला परियारले गर्नुभएको थियो

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार