मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |
मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |


निर्वाचनको तयारीमा जुट्न सबै नेता कार्यकर्तालाई नेता खनालको आग्रह

Thearaniko Times 1373+ समाचार ( )
१४ श्रावण २०७९, शनिबार

दिनेश राज खरेल

बनेपा/नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले एकीकृत समाजवादी पार्टी मात्र समाजवादकाे यात्रामा हिड्ने सच्चा कम्युनिस्ट पार्टी भएको बताएका छन् । नेपाल अादिवासि जनजाति महासंघ ( समाजवादी ) काभ्रेको जिल्ला भेलामा बाेल्दै नेता खनालले समाजवादी राज्य व्यवस्थाले जनताको जीवन स्तर  उकास्ने बताएका हुन् ।


नेता खनालले अागामी संघ र प्रदेशकाे निर्वाचनमा ५ दलिय गठबन्धन हुने पनि बताए । उनले भने -"वामगठबन्धनकाे चर्चा चलिरहेकाे छ, तर त्यो सम्भब छैन । बामगठबन्धनमा साना ठुला सबै  कम्युनिष्ट पार्टीहरू पर्दछन्, यथास्थितिमा एमालेसंग गठबन्धन गरेर चुनाबमा जान सकिदैन ।


एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै नेता खनालले भन्नुभयो ‘कुनै दलको नेता दम्बी, अहमकारी, स्वेच्छारी हुँदैमा सबै नेताहरु खराब छन् भन्न मिल्दैन । कैयौँ जिल्लामा एमालेसंग पनि निर्वाचनमा सहकार्य हुन सक्ने अवस्था छ । तर केन्द्रीय तहमै गठबन्धन गरेर जाने गरी कुनै पनि राजनीति विकास भएको छैन् ।’

नेता खनालले एमालेका केही नेता -कार्यकर्ताहरू पार्टी  एकता  वा गठबन्धन गर्नुपर्छ भनिरहेका छन्, अाफुसंग अस्ति, हिजाे अाज पनि कुरा गर्न अाईरहेकाे खुलासा गरे । एमालेसंग चुनावी गठजाेड नहुने, सम्मानजनक पाँचदलीय गठबन्धन हुनेमा विश्वस्त पार्दै , समाजवादी एक्लै चुनावमा हाेमिने मानसिकता बनाएर संगठन विस्तारमा लाग्न खनालले कार्यकर्तालाई निर्देशन दिए ।नेता खनालले एक्लै निर्वाचनमा भाग लिनसक्ने गरी पार्टीलाई सशक्त बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘गठबन्धन नगरी अहिले निर्वाचनमा जान सक्ने अवस्था छैन् । तर हामी एक्लै निर्वाचनमा जाने सक्ने क्षमताको विकास भने गर्नुपर्छ । सबै वडा तहसम्म संगठनलाई चुस्तदुरुस्त राखौँ । सबै पक्षसंगको सहकार्यलाई अघि बढाऔँ । नेता खनालले भन्नुभयो ।’

नेता खनालले निर्वाचनको तयारीमा जुट्न सबै नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले निर्वाचन आफ्नो पक्षमा पार्ने गरी लाग्न आग्रह गर्नुभयो । ‘टोल टोलमा, बस्ती बस्तीमा पार्टी संगठनलाई पुर्याउनुस् । सबै जनसंगठन निर्माण गर्नुहोस् । संगठनले नै हो पार्टी बलियो हुने । नेता खनालले भन्नुभयो ।’

नेकपा ( एकीकृत समाजवादी)का पाेलिटब्युराे सदस्य तथा पूर्व संविधान सभा सदस्य कृष्णप्रसाद सापकोटाले सबै वर्गलाई समान हकअधिकार प्राप्तिका लागि समान पहुँच बनाउन लैङ्गिक,  जातिय, वर्गिय साङ्गठानिक छुट दिईएकाे बताए ।

      जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य टाेकबहादुर वाईवाले पार्टीमा  विभिन्न संगठन निर्माण गरिएको हुन्छ तर ती संगठनले अन्य जाति, धर्म र सम्प्रदायलाई असर नपुर्याई अाफ्नाे पहिचान बचाउन भूमिका खेल्नु पर्ने कुरामा ध्यानदिन जाेड दिएका थिए ।

    जिसस प्रमुख दिपक कुमार गौतमले  खुशि ब्यक्त गर्दै यस्ता संगठनले पार्टीलाई मजबुत बनाउने र  संस्कृति, परम्परा र पहिचान  बचाई राख्ने बताएका थिए  । उनले जिल्ला कमिटीकाे नयाँ  नेतृत्वलाई शुभकामना दिएका छन । भेलामा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय महासचिव चन्द्र लामा, उपमहासचिव लाप्साङ पाख्रिन, सचिव गंगा गुरुङ, तामाङ संघ समाजवादीका महासचिव किरण मोक्तान लगायतका जनजाति नेताहरुले सम्बोधन गर्नुहुँदै जनताको अधिकार बारे बोल्नु भएको थियो।

नेपाल आदिवासी जनजाति महासंघ (समाजवादी) काभ्रे जिल्ला भेलाले कृष्ण श्रेष्ठ नेतृत्वमा ७७ सदस्यीय नेपाल जनजाति महासंघ (समाजवादी) जिल्ला कमिटी गठन भएको छ। नेकपा एकीकृत समाजवादी काभ्रेजिल्ला कमिटी सदस्य धिरेन लामा, उपाध्यक्ष, महिला उपाध्यक्ष कोपिला लामा, लाल बहादुर तामाङ, कोषाध्यक्ष महेश यगोल लगायत ७७ जनाको कमिटी गठन भएको छ। साथै आदिवासी जनजाति महासंघ समाजवादीका केन्द्रीय सदस्य प्रेम लामाको सभापतित्वमा भएको कार्यक्रममा घटक संगठनहरु तामाङ संघ, नेवार संघ, मगर संघ, गुरुङ संघ, दनुवार संघ पनि घोषणा गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार