मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

शैक्षिक अन्तर्क्रिया तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

Thearaniko Times 1399+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

धुलिखेल/सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ र नेपाल शिक्षक संघको आयोजना तथा जिल्ला शिक्षा समन्वय इकाइ काभ्रेको समन्वयमा 'हामी सुधार्छौ हाम्रो विद्यालय' भन्ने नाराका साथ शैक्षिक अन्तर्क्रिया तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ।

धुलिखेल नगरपालिकाको सभाहलमा आज सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेश सरकारको सहकार्य र शिक्षा समन्वय ईकाई काभ्रेको समन्वयमा  अन्तर्क्रिया कार्यक्रम भएको हो।

जिल्लाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवास्थापन समितिका पदाधिकारी, शिक्षाविद्का साथै स्थानिय तह अन्तर्गत शिक्षा शाखाका प्रमुखहरुको उपस्थिति रहेको अन्तर्क्रिया कार्यक्रममा विद्यालयलाई कसरी राम्रो बनाउन सकिन्छ‍? र नमुना विद्यालयको रुपमा रहेका विद्यालयले कसरी कार्य सम्पादन गर्दै आईरहेका छन् भन्ने विषयमा सामुदायिक विद्यालय जुन नमुनाको रुपमा धुलिखेल- १० मा रहेको बालज्योिति आधारभुत विद्यालय र पनौती नगरपालिकाको वडा नं. ८ मा रहेको भालेश्वर माध्यमिक विद्यालयको बारे भिडियो सामग्री देखाईएको थियो।

कार्यक्रममा विद्यालयका समास्या र सुधारका लागी आवश्यक र गर्नुपर्ने विषयमा सहभागीले प्रश्न गरेका थिए भने कार्यक्रममै सहभागी शिक्षाविदहरुले आएका प्रश्नहरुको उतर दिनु भएको थियो। केही शिक्षाविद प्राध्यापक डा. विद्यानाथ कोइराला, डा. पेशल कुमार खनाल लगायतले विद्यालयलाई उत्कृस्ट बनाउन के के गर्न आवश्यक छ र त्यो कसरी गर्न सकिन्छ भन्ने विषयमा प्रस्तुतिकरण गरेका थिए।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा जिसस काभ्रेका प्रमुख दिपक गौतम रहेका थिए भने अन्य स्थानीय पालिकाका प्रमुख हरुको समेत उपस्थिति रहेको थियो। कार्यक्रमको सभापतित्व गुणराज मोक्तानले गर्नुभएको थियो। अन्तरक्रिया पछि सामुदायिक विद्यालय महासघ काभ्रेको नयाँ समिति समेत चयन गरिने जनाईएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार