मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

खेलकुद
पाँचौं ज्ञानकुञ्ज रोड रेस जेठ ३१ गते हुँदै

Thearaniko Times 1399+ समाचार ( )
२६ जेठ २०८२, आइतबार

बनेपा, जेठ २५ – ‘नैतिक, व्यवहारिक व्यवसायिक शिक्षाको लागि ज्ञानकुञ्ज' भन्ने नाराका साथ बनेपास्थित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले यही जेठ ३१ गते पाँचौं ज्ञानकुञ्ज रोड रेस–२०८२ आयोजना गर्ने भएको छ। एसईई परीक्षा सकेर फुर्सदमा रहेका विद्यार्थीलाई खेलकुदमार्फत अनुशासन र सकारात्मक मार्गतर्फ प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

संस्थाका अध्यक्ष सुरकृष्ण वैद्यद्वारा जारी प्रेस विज्ञप्तिमा खेलकुद जीवनको अभिन्न हिस्सा भएको उल्लेख गरिएको छ। उनको भनाइमा, खेलकुदले युवाहरूलाई मानसिक र शारीरिक रूपमा सशक्त बनाउनुका साथै सामाजिक अनुशासन र नेतृत्वदक्षता विकास गर्न सहयोग पुर्‍याउँछ। एसईई जस्तो महत्वपूर्ण परीक्षापछि प्राप्त हुने लामो फुर्सद समयमा विद्यार्थीहरू अनावश्यक कुरामा भुलिन सक्ने भएकाले यस्ता कार्यक्रमले उनीहरूलाई अनुशासनमा राख्न सकिने विश्वास आयोजकको छ।

रोड रेस प्रतियोगिता छात्र र छात्रा दुवैका लागि छुट्टाछुट्टै दूरीमा सञ्चालन हुनेछ। छात्राहरूको दौड ३ दशमलव ६ किलोमिटरको दूरीमा तिनदोबाटो–चारदोबाटो–चण्डेश्वरी हुँदै विद्यालयसम्म हुनेछ भने छात्रहरूको दौड पनौतीदेखि विद्यालयसम्म ७ किलोमिटरको दूरीमा सञ्चालन गरिनेछ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थीले एसईई परीक्षा २०८१ को प्रवेशपत्रको सक्कलप्रति वा विद्यालयका प्रधानाध्यापकद्वारा प्रमाणित प्रतिलिपिसहित हालसालै खिचिएको रंगीन फोटो पेश गरी जेठ २९ गतेभित्र नाम दर्ता गरिसक्नुपर्ने छ।

विगत २३ वर्षदेखि बनेपामा शैक्षिक सेवा दिँदै आएको ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले शिक्षासँगै सामाजिक, सांस्कृतिक, साहित्यिक तथा खेलकुद गतिविधिहरूमा पनि निरन्तर सहभागिता जनाउँदै आएको छ। 

अध्यक्ष वैद्यले विगतमा जस्तै यस वर्ष पनि सञ्चारकर्मीहरूबाट सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गर्दै कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गरिने आशा व्यक्त गरेका छन्। 

रोड रेसको बेला सडक व्यवस्थापनमा ट्राफिक प्रहरीको महत्वपूर्ण सहयोग रहने विद्यालयका प्रवन्ध निर्देशक प्रताप वैद्यले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार