मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

कम्युनिस्ट र कांग्रेसको सहकार्य अहिले मात्र होइन पुरानो हो - माधव नेपाल

Thearaniko Times 1373+ समाचार ( )
६ कार्तिक २०७९, आइतबार

कैलाली । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट र कांग्रेसको सहकार्य अहिले मात्र नभएर पुरानो भएको बताउनु भएको छ । 

सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले कम्युनिस्ट र कांग्रेसको सहकार्य अहिलेमात्रै होइन । पुरानो हो ।’ त्यस्तो बताउनु भएको हो । अध्यक्ष नेपालले शान्ति प्रक्रियाको १२ बुँदे सहमतिमा आफूसहित प्रचण्ड र गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेको भन्दै जनयुद्धका क्रममा मैले माओवादीलाई भेटेर कुरा गरेको थिएँ । १२ बुँदे सहमतिमा मैले प्रचण्ड र गिरिजाप्रसादले हस्ताक्षर गरेका थियौं । 

अध्यक्ष नेपालले सबै कार्यकर्तालाई गठबन्धन दलको औचित्यमा प्रस्ट पारेर चुनावी अभियानमा लाग्न निर्देशन समेत दिनुभयो । अध्यक्ष नेपालले अझै लोकतन्त्रमाथि खतरा रहेको भन्दै , ‘हामीले समयमा कदम नचालेको भए लोकतान्त्रिक संविधान जोगिने थिएन । गणतन्त्रको रक्षा हुने थिएन । मुलुक प्रतिगमनतिर जाने थियो । सबै उपलब्धि सकिने थियो । अहिले पनि लोकतन्त्र जोखिममा छ ।’

 एमालेले संविधान विरोधीहरुसँग गठबन्धन गरेको भन्दै ‘एमाले प्रगति र परिवर्तनको बाधक भएकोले आफूहरुले विद्रोह गर्न बाध्य भएको बताउनु भयो । अध्यक्ष नेपालले भन्नुभयो प्रतिगामी शक्तिलाई पराजित गर्न एकजुट भएर गठबन्धन दलका उम्मेदवारलाई जिताउन लाग्नुहोस् । मित्रवत् प्रतिस्पर्धा भएको ठाउँमा कलमलाई हेर्नुहोला । अन्य ठाउँमा गठबन्धनको उम्मेदवारलाई जिताउनु होला’, 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार