मुख्य समाचार
‘रोदन’को नियात्राकृति ‘विदेशमा देश’ लोकार्पित | एमालेसँग तत्काल पार्टी एकताको चर्चा निराधार : वर्षमान पुन | काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र |

बाँकी काम पूरा गर्न मेरो दोस्रो पटकको उम्मेदवारी - लक्ष्मण लम्साल

Thearaniko Times 1403+ समाचार ( )
१४ कार्तिक २०७९, सोमबार

पाँचखाल । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा (क) का बाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार एवं नेकपा (एकीकृत समाजवादी) का नेता लक्ष्मण लम्सालले काम गर्न बाँकी रहेका ठाउँका जनताको न्युनतम आवश्यक्ता पूरा गर्न आफ्नो दोस्रो पटकको उम्मेदवारी रहेको बताउनुभएको छ ।

काभ्रेको पाँचखाल नगरपालिकाको १, २, ३, ४ र ५ वडाको घर दैलो तथा कोणसभामा भएको ‘मतदाताहरुमाझ बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुबीच आयोजना गरेको उम्मेदवार परिचयात्मक कार्यक्रममा बोल्दै उहाँले अनैकोटमा गर्नु पर्ने विकासको आवश्यक पूर्वाधार निर्माण गरेपनि पक्कि सडक निर्माणदेखि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतको बाँकी काम गर्नका लागि आफु निरन्तर लागिरहेको बताउनुभएको हो । विकासको काममा मैले गरेको भन्ने ठेक्का लिन खोज्नेहरुले आफ्नो घरबाट बेचेर ल्याएको जस्तै गरी भाषण गर्ने मात्र नभई साँचै जनताको हितको लागि पहलकदमी लिएर काम गरेर देखाउन उहाँले आग्रह गर्नुभयो । राज्यको बजेटलाई पहल गरेर जनताको आवश्यालाई पूर्ति गर्ने काममा जसले गरेको भएपनि त्यो निर्वाचित प्रतिनिधिका दायित्व भित्र पर्ने भएकाले कसैको भ्रममा नपर्न समेत उहाँले आग्रह गर्नुभयो ।

तर आफुहरुको नेतृत्व रहने गठबन्धन दलबाट त्यस्तो हल्लाको पछि लागेर भन्दापनि जनताको आधारभूत आवश्यक्तालाई पूरा गर्ने काममा आफु र प्रतिनिधि सभा निर्वाचनक्षेत्रका उम्मेदवार र समानुपातिक तर्फका उम्मेदवारहरु मिलेर स्थानीय जनतप्रतिनिधिको साथ लिएर काम गर्ने उहाँले बताउनुभयो । सो क्रममा उहाँले विगतमा गरेका काम र शुरु गरेर सम्पन्न गर्न बाँकी रहेका कामहरुलाई पूरा गर्ने काममा आफुहरु लागिरहने बताउनुभएको छ ।  अबको दिनमा गर्न बाँकी कामहरुमध्ये घुाउनेचोरबाट मण्डनसम्मा जोड्ने बाटो र घुमाउनेचौरबाट पाँचखाल समाजकल्याण चोकसम्मको बाटोलाई कालोपत्रे बनाउने जिम्मा आफ्नो भएको लम्सालले बताउनुभयो । सो बाटो पक्कि भएपछि अनैकोटबासिन्दाको जीवनमा परिवर्तन आउने उहाँले बताउनुभयो ।

कार्यक्रममा काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. २ का उम्मेदवार शिव प्रसाद हुँमागाई, समानुपातिक तर्फका प्रतिनिधि सभा उम्मेदवार मिना तामाङ, प्रदेश सभातर्फका समानुपातिक उम्मेदवार कल्पना श्रेष्ठ लगायत बाम लोकतान्त्रिक गठबन्धनका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार