मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

पूर्व विद्यार्थीद्वारा छात्रवृत्ति वितरण

Thearaniko Times 1401+ समाचार ( )
२५ चैत्र २०७८, शुक्रबार

पनाैती/काभ्रेको पनाैती नगरपालिकास्थित इन्द्रेश्वर मावि एसएलसी ब्याच २०५५ का  पुर्वविद्यार्थीहरुले छात्रवृत्ति वितरण गरिएको छ ।
छात्रवृत्ति पाउनेहरुमा रामेछाप जिल्ला घर भई पनाैती बस्दै
अाएका कक्षा -८ का छात्र सुसान्त थामी र पनाैतीकै तिपचाेक निवासी कक्षा-८ छात्रा अन्जना तामाङ रहेका छन्। प्रमुख अतिथि साेही विद्यालयका प्रअ  उमारुद्र बस्नेत र पुर्व विद्यार्थीका तर्फबाट उमालक्ष्मी ताम्राकारले रु ५ हजार नगद, स्टेश्नरी सामाग्री र खाद्यान्न विद्यार्थी र विद्यार्थीका अभिभावकलाई हस्तान्तरण गरिएको थियाे।
कार्यक्रममा बाेल्नुहुँदै प्रअ बस्नेतले निजी विद्यालयको तुलनामा सरकारी विद्यालयहरुमा प्रतिविद्यार्थी राज्यको लगानी दशौं गुणा बढी रहेको भएपनि सो अनुरुप ग्रामिण भेगका अधिकांश विद्यालयहरुले गुणस्तरीय शिक्षा दिन नसकेको असन्तुष्टि व्यक्त गरे । उनले त्यसतर्फ शिक्षक, विद्यार्थी, विद्यालय प्रशासन, अभिभावक लगायत सम्पूर्ण सरोकारवाला पक्षहरु गम्भीर हुनुपर्ने धारणा व्यक्त गरे ।
उहाँले विद्यालयले विद्यार्थी संख्यामा भन्दा पनि गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने धारणा व्यक्त गरे । उनले विद्यालयको शैक्षिक गुणस्तर उकास्नमा शिक्षकहरुको ठूलो भूमिका हुने भएकोले शिक्षकहरु थप जिम्मेवार हुनुपर्नेमा जोड दिए ।
पुर्व विद्यार्थीकाे संयाेजक उमालक्ष्मी ताम्राकारले छात्रवृत्ति अक्षयकोष स्थापना गर्ने याेजना रहेकाे र हाल विद्यार्थीहरुले व्यक्तिगत् रुपमा संकलन गरि २ जना विद्यार्थीहरुलाई कक्षा ६ देखि १० सम्म लाग्ने सबै खर्च एसएलसी २०५५ ब्याचले व्यहाेर्ने र याे तेस्रो चरणको कार्यक्रम रहेको जानकारी दिनुभयाे।  विगतमा जस्तै अगामी दिनमा पनि पुर्व विद्यार्थी समुहले विद्यालयको शैक्षिक गुणस्तर विकासका लागि विभिन्न कार्यक्रमहरु गर्दै जाने लक्ष्य राखेको बताए ।
एसएलसी २०५५ ब्याचका सदस्य कृष्णकुमार श्रेष्ठले सञ्चालन र गाेपालप्रसाद तिमल्सिनाकाे स्वागत मन्तव्य रहेकाे उक्त कार्यक्रममा आफैले अध्ययन गरेको विद्यालयका विद्यार्थी भाइबहिनीहरुलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार