मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

एकीकृत समाजवादीको धुलिखेल अध्यक्षमा दयासागर निर्वाचित

Thearaniko Times 1373+ समाचार ( )
३ असार २०८०, आइतबार

धुलिखेल/नेकपा (एकीकृत समाजवादी) काभ्रे धुलिखेल नगर कमिटीको प्रथम अधिवेशन सम्पन्न भएकाे छ । आज धुलिखेलमा भएको अधिवेशनले दयासागर श्रेष्ठको अध्यक्षतामा ४५  सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ।

उपाध्यक्षमा संजिता लामा, सचिव  यादव काेइराला, उपसचिवद्वय  पार्वती थापा र भैरव बडाल  सर्वसहमत निर्वाचित भएका छन। अधिवेशनबाट सदस्यहरु लाई निर्वाचित गरेको छ। 

नेकपा एकीकृत समाजवादी धुलिखेलका ११वटा वडाका प्रतिनिधिहरुकाे सहभागीतामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा प्रमुख अतिथि बागमती प्रदेशका श्रम, राेजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले पानसमा बत्ती बालेर अधिवेशनकाे उदघाटन गर्नु भएको थियो । 

नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना दिदै मन्त्री लम्सालले पानीका फाेका जस्तै निस्किएका नयाँ पार्टीको बहकाउमा नलागी संगठनकाे सदस्यता वृद्धि निर्देशन दिनु भएको छ। धुलिखेल नगर कमिटीमा अहिले २०० संगठित  सदस्य रहेकाे देखिन्छ , त्यसलाई बढाएर १००० पुर्याउनु पर्ने भन्दै नियमितता र लगनशीलताले मात्रै पार्टी ठुलो बनाउन सकिने मन्त्री लम्सालकाे धारणा थियो ।

यस्तै अधिवेशनकाे उदघाटन सत्रमा जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतम , काभ्रे  जिल्ला अधिवेशन संयाेजक बसुन्धरा हुमागाँई , सदस्यहरु गाेकुल गौतम , यसु लामा भातृ संगठनका प्रमुखहरु र धुलिखेल नगरवाट प्रतिनिधीत्व गर्ने   नेपाली काङ्ग्रेस ,नेकपा माओवाद केन्द्र , राष्ट्रिय प्रजातन्त्र पार्टी , उद्योग बाणिज्य संघका पदाधिकारी लगायत विभिन्न संघ संस्था र पर्यवेक्षकहरुलाई निमन्त्रणा गरिएको थियो ।

 कार्यक्रममा आमन्त्रित अन्य दलका नगर प्रतिनिधीहरुले अधिवेशनकाे सफलताको शुभकामना दिएका थिए। नगर कमिटी अध्यक्ष दया सागर श्रेष्ठले राजनितीक प्रतिवेदन र  काेषाध्यक्ष टीका प्रसाद हुमागाँईले आर्थिक प्रतिवेदन पेस गर्नु भएकाे थियो भने उक्त प्रतिवेदन माथि छलफल भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार