समाजवादी मोर्चाको औचित्यता र आवश्यकताको पहिचान गरेर पुन ः प्रज्ञा भवन कमलादी काठमाण्डौमा गत माघ १५ गतेका दिन नेपाल कम्युनिष्ट पार्टीको आयोजनामा पुराना मोर्चाका घटक र भर्खरै महेन्द्र राय यादवको नेपाल समाजवादी पार्टीबाट पनि ऐक्यवद्धता जनाउँदै विशाल जन समुदाय वामपन्थी विचार धारा बोकेका विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, माओवादी केन्द्र, ने.का.प. एकिकृत समाजवादी समेतका शीर्ष नेतृत्व तहबाट विचार सभाको सन्ध्यामा व्यक्त भएका भनाइले इमान्दारीपुर्वक काम गर्ने हो भने नेपालमा ठुलै प्रकारको परिवर्तन ल्याउन सकिने अवस्था छ ।
तर नेताहरुले चलायमान बनाएको समाजवादी मोर्चालाई बलियो बनाउने र जनता सम्म जान सक्ने सफल पार्न सक्ने रोड म्याप बनाउनु अत्यन्त आवश्यकता र महत्व छ । समाजवाद ल्याउन साम्यवादीले मात्र सक्छ र कम्युनिष्ट विचार सिद्दान्त र व्यवहार गर्ने व्यक्ति नै सीं संस्कृतिको हुनुपर्छ र त्यो सीं संस्कृतीबाट नै तेजिलो, रापिलो, प्रकाशमय र धेरै नै ज्वजल्यमान व्यवस्था ल्याउन देशभक्त गणतन्त्रवादी, कम्युनिष्ट विचारधाराका पार्टी र टुटेफुटेका १९ वटा कम्युनिष्ट पार्टी एकताको मालामा गाँसिएर एउटै समाजवादीको मोर्चामा आएर बिग्रिएको राजनीति, बिग्रिएको संस्कृति, ओरालो लागेको अर्थतन्त्र, विदेश पलायन हुनबाट रोक्ने उपाय, शिक्षा, स्वास्थ्य, रोजगार, कृषिमा आमुल परिवर्तन गर्न र उद्योग व्यवसायमा आत्मनिर्भर बन्न सक्ने एउटा दरिलो संसार बनाउन सकिन्छ ।
नारामा समाजवादी मोर्चा भन्ने तर व्यवहारमा कहिल्यै नसुध्रिने र जनतामा समाजवाद ल्याएर नेपाल आत्मनिर्भर बन्ने सक्ने दिशामा देखावटी लोली मिलाउने गरियो भने समाजवाद आउन सक्दैन । विचार सभामा प्रज्ञा भवनको हल खचाखच भरिएर जनताहरु उत्सुकतापूर्वक नेताहरुलको विचार र व्यवहारमा प्रतिवद्धता व्यक्त भएको सुन्न उत्साहित भएर कार्यक्रम अवधिभर बसेको देख्दा लाग्छ यो देशमा सत्तामा भर्खरै सत्ता चलाएर बसेका एमाले, काँग्रेसको विचार सिद्धान्तभन्दा पनि सत्ता केन्द्रित राज्यले गरेका धेरै विकृती र विसंगतिबाट अब जनताहरु निदाउन सक्ने अवस्थामा छैनन् ।
जनतालाई न्याय, सुरक्षा बेगर देश विकास तथा क्षमता अनुसारको रोजगारी राज्यले गरिदियो भने सरकारलाई धारे हात लगाएर गाली गर्नुपर्ने अवस्था आउदैन तर सात सालको प्रजातन्त्र हुँदै गणतन्त्रको १८ वर्ष पार गर्दा पनि किन सरकार जनताको हुन सकेन ? जनताको घर आँगनमा गएर मागेको मतको किन अपमान गर्दैछ ? किन दैनिक विभिन्न काण्डमा सरकार अगाडि बढ्दैछ ?
भष्ट्राचारको मन्त्र पढाएर किन भष्ट्राचार गरी अकुत सम्पत्ति कमाउन चाहन्छ सरकार ? किन सरकार प्रमुख दिन दिनै सामाजिक सञ्जालमा अलोकप्रिय बन्दै जनताको नजरबाट तल तल ओरालो लाग्दैछन् ? किन मन्त्रीहरु निर्लज्ज गतिहीन अभिव्यक्ति दिएर काम गर्ने राष्ट्र सेवकको हुर्मत लिइ रहेका छन् ? आफ्नो पार्टीमा भष्ट्राचारको असँख्य फाइल लुकाएर किन छानीछानी अपराध कर्ममा फसाउन खोजिदैछ अन्य राजनीतिक पार्टीका नेतालाई ? राजनीति जनता केन्द्रित भएर गर्ने व्यवस्था भएको हुँदा राजनीति गर्ने नेता तथा पार्टीले जनताको विश्वास गुमाउँदै गयो भने त्यो पार्टीलाई जनताले टाटा बाइबाइ गर्ने दिन आउँछ अवश्य ।
हिजो राणा शासन फाले जनताले अनि पञ्चायती व्यवस्था र राजा फालेर जनताको छोराछोरीलाई राष्ट्रपति बनाउने व्यवस्था ल्याएर आजसम्म चार वटा राष्ट्रपतिको शासन भोग्यो नेपालले । कार्यकारी प्रधानमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित गराउने सहमती नहुँदा संविधान बनाउँदा पनि संसदीय दलको नेता मध्ये ठुलो दलको नेता प्रधानमन्त्री बनाउँदै जाने, भष्ट्राचार गर्दै जाने, भष्ट्र सरकार र तीनबाट सञ्चालित निकायमा आफ्नो भष्ट्र मानिस नियुक्ति गर्ने र देशमा अशान्ती, अराजकता, बेरोजगारी, महँगी बढाउँदै जाने गर्दा आज नेपालमा विभिन्न विषयमा डिग्री हासिल गर्ने डाक्टर, इन्जिनियर, प्रशासक, विज्ञ, बुद्धिजीविले देश छोडेका र छोड्नेको क्रम निरन्तर अगाडि बढि रहेको तस्विर देख्न सकिन्छ ।
देशमा रोजगार नहुने विदेश जाने धेरै एजेन्ट मार्फत युवा वर्ग विदेश धपाउने योजनामा लाग्ने सरकारबाट देश र जनताले धेरै सास्ती भोग्नु परेको छ । असक्षम, अल्पज्ञानी, देशको नदीनाला, खनिज, वन जंगल विदेशीको सल्लाहमा बेच्ने व्यक्तिले जनताको भोटबाट जनताको पक्षमा काम गर्दैन । आफ्नो देशको उत्पादनलाई आफ्नै देशमा विक्री केन्द्र खोलेर उपभोक्ता बीचमा नलगि भारतको उत्पादन ल्याएर कमिसन खाएर यो देशका किसानलाई थिलथिलो पार्ने कार्य गरेर नेता र सरकार अनि अवसरवादी पार्टीको कारण देश धेरै पिडामा परेको जगजाहेर छ ।
भर्खरै निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वैदेशिक सहायता रोक्ने कठोर निर्णय गरेर आप्रवासी अभियान चलाएर आफ्नै देशमा लखेट्नेहरुमा धेरै नेपालीहरु अमेरिकाको आँगनमा फुरुक्क पर्नुपर्ने दिन समाप्त हुँदैछ भने शिक्षा तथा जलवायु परिवर्तनको लागि सहायता रकम रोक्ने संकेत देखिइसकेको छ । नेपालबाट वृद्ध आमा बाबुलाई आफ्नो घर आँगन विर्सेर विदेशको सुख ताक्ने अन्य राष्ट्रले पनि भोली त्यहाँ बसोबास गर्ने नेपालीलाई नेपालमै पठाएपछि नेपालको के हालत होला ? देशमा रोजगार सिर्जना गर्नुको सट्टा सरकार रमिते बनेर विभिन्न काण्डमा मुछिएका व्यक्ति सरकारको नेतृत्व गर्ने विवादित व्यक्ति बन्ने, आफ्नो अपराध कर्म देख्दादेख्दै छोपछाप गर्ने र सरकारमा गएपछि गन्हाउने काम बाहेक केही पनि भएको छैन ।
अब समाजवादी मोर्चामा आवद्ध भएर शुभ संकेत दिने नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव कम्युनिष्ट आन्दोलनका धरोहर हुन् भने एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग थुप्रै र असंख्य अनुभव भएका सच्चा कम्युनिष्ट हुनुपर्ने गुण छ भने देशमा दश बर्षे जनयुद्ध लडेर गणतन्त्रको अनुभव बटुलेका जनयुद्ध शब्दलाई जनतामा खुसी बाँड्न नसके पनि धेरै ज्ञान भएका नेता प्रचण्ड माओवादी केन्द्रको अध्यक्ष हालसम्म रहेको पटक– पटक सरकारको चट्नी चाखेर जनता निराश बनाउने काम गर्ने प्रवृत्ति अब त्याग्नुपर्दछ र जनतामा जाने दृढ संकल्प गर्नुपर्दछ ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी, वैज्ञानिक समाजवाद र नेपाली विशेषताको समाजवाद आजको ज्वलन्त आवश्यकता हो भनी पार्टीको निर्णयबाट पारित समाजवादलाई साकार पार्न आफ्नै स्व–उत्पादनमा लागेर अन्न, फलफुल, तोरी, मह, कपडा उद्योग, साबुुन, स्याम्पु, स्वास्थ्य, शिक्षामा एउटा चमत्कारीक परिणामा दिन सफल हुनु भएको छ ।
आफ्नो पार्टीका कार्यकर्ता र नेतालाई उत्पादनमा सँगै जोडेर जनतामा नेपाली विशेषताको समाजवाद ल्याउने अग्रणी मोर्चामा हुनहुन्छ विप्लवी सी त्यसलाई सबै पार्टीका नेता विशेष गरी छरिएर पार्टी मात्र बोकेका जनताको बिचमा जान नसकेका कम्युनिष्ट नेतृत्व समेत एकाकार भएर एउटै समाजवादी मोर्चाको धारबाट जनताको घर आँगनमा यो सन्देश पु¥याउन ढिला गर्नु हुँदैन भने भर्खरै नेपाल कम्युनिष्ट पार्र्टीले सी व्यापार केन्द्र खोलेर काठमाण्डौको बुढानिलकण्ठमा उदाहरण प्रस्तुत गरीसकेको छ । यसलाई प्रतिशोधको भावना राख्ने होइन । हिजो माओवादीले खोलेको उत्पादन व्रिगेड नाम मात्रको भयो र त्यो व्रिगेडको केही अंश पुरा गर्ने क. विप्लव संी प्रेरणाको श्रोतको रुपमा उदीयमान भएको पाउन सकिन्छ ।
अब प्रचण्ड सरकारको नेतृत्वमा जान गणीतिय हिसाब किताबमा लाग्ने होइन, समाजवादी मोर्चालाई बलियो बनाउन केन्द्रदेखि जिल्ला, जिल्लामा अवसरवादी कार्यकर्ताभन्दा असल नेतृत्वको माध्यमबाट जनताको घरमा जाने र समाजवाद ल्याउने मोडल बनाउन कार्यकर्ता र नेतालाई निर्देशन दिनु जरुरी छ । हिजो जनताको अगाडि खाएको वाचा कसम पुरा भएको छैन । कार्यकर्ता धनी पदको लोभी भएर संगठनमा आएको ह्रासलाई जोगाउन जरुरी छ ।
जनताले पत्याएको बेला सत्ता र स्वार्थले घे¥यो भने अब छटपटीको कनै अर्थ छैन र त्यो समाजवादी मोर्चाको माध्यमबाट सबै कुराको विकास गर्दै छरिएर रहेका अन्य देशभक्त पार्टी, बामपन्थी पार्टीलाई एउटै मालामा उनेर घरघरमा जनतालाई समाजवादले हाम्रो जिन्दगी बदल्ने रहेछ भन्ने सार्थक परिणाम दिन अब ढिला सुस्ती गर्नु हुँदैन भने माधव नेपाल र महेन्द्र राय यादव जस्ता नाम चलेका नेताबाट सत्ता स्वार्थमा होइन अब समाजवाद मोर्र्चालाई बलियो बनाउँदै प्रत्येक घर घरमा नेपाली जनताको आँगन वरिपरि परिवर्तनको संकल्प लिएर नेपाली विशेषताको वैज्ञानिक समाजवाद ल्याउन ढिलो नगर्नु नै कल्याण होला अन्यथा चौरासीमा जनताको नजरबाट गिर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।
नेपाल कम्युनिष्ट पार्टीमा आवद्ध नेता तथा कार्यकर्ताले नेताको वरिपरी बसेर स्तुतीगान गाउने, गाउँ नजाने, संगठन नबनाउने कार्य बन्द गर्नुपर्दछ । गाउँ टोल सबैतिर समाजवाद ल्याउने अभियानमा सकारात्मक सोच राखेर अघि नबढ्ने हो भने विप्लव सी को नेपाली विशेषताको समाजवाद अधुरो रहन्छ, अपुरो नै रहन्छ । त्यसकारण आत्म केन्द्रित होइन जनता केन्द्रित भएर अघि बढ्नु पनि आजको आवश्यकता हो भन्ने लाग्दछ ।
अत ः समाजवादी मोर्चा एकताबद्ध भई ठुलो आकारको बन्दै जाने कार्यमा शुभकामना छ भने समाजवादी मोर्चालाई जनता केन्द्रित बनाउने दृढ संकल्प गरेमा सबै जनताबाट साथ मिल्न सक्छ भन्ने कुरामा यो स्तम्भकार विश्वस्त छ । त्यसको लागि मोर्चाका नेता कार्यकर्ताले स्वार्थलाई स्थान दिनु हुँदैन र जनताको साथ सहयोग लिने प्रण गर्नुपर्दछ । समाजवादी मोर्चा कम्युनिष्ट एकताको मियो बन्नुपर्दछ ।