मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

भट्टेडाँडा रिसोर्ट मार्गमा साकुरा र असारे जातका फूलको बिरुवा रोपियो

Thearaniko Times 1399+ समाचार ( )
३१ वैशाख २०८१, सोमबार

धुलिखेल/धुलिखेल नगरपालिकाको वडा नम्बर-८ स्थित् भट्टेडाँडा रिसोर्ट मार्ग सडकमा साकुरा र असारे जातका फूलको बिरुवा रोप्न सुरु गरिएको छ । 

नेपाल भ्रमणमा रहनुभएका जापानको सरोमा सिटीका मेयर हारुटोमो टोकेडा र धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगमको उपस्थितिमा आज बिहान साकुराको बिरुवा रोप्न सुरु गरिएको धुनपा-८ का वडाध्यक्ष विनोद गौतमले जानकारी दिनुभयो । उहाँका अनुुसार शुरुमा आज २० वटा साकुराको बिरुवा रोपिएको छ।

पछिल्लो समय रिसोर्ट मार्गको रुपमा चिनिन थालेको धुनपा-८, भट्टेडाँडा सडकको दायाँबायाँ २ सयवटा साकुराको बिरुवा र ५० वटा असारे जातका बिरुवा रोप्न गोदावरीबाट बिरुवा खरिद गरिसकेको जानकारी वडाध्यक्ष गौतमले दिनुभयो। 

वृक्षारोपण शुभारम्भ कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख निराजन जंगम, वडाध्यक्ष गौतम, होटल तथा पर्यटन ब्यवसायी, वडाका जनप्रतिनिधि, स्थानीयहरु सहभागी हुनुहुन्थ्यो । केही हप्ता अघि मात्रै यो सडक कालोपत्रे सम्पन्न भएको थियो । 

सडकलाई सफा र मनोरम बनाउने उद्देश्यका साथ होटल तथा पर्यटन ब्यवसायीहरुकै समन्वयमा वृक्षारोपण थालिएको बताउँदै वडाध्यक्ष गौतमले भन्नुभयो -‘भट्टेडाँडा सडक फराकिलो बनाएर पिच सम्पन्न भएको छ । अब यो सडकलाई सफा र मनोरम बनाउन आवश्यक छ । त्यही उद्देश्य अनुसार साकुरा र असारे फूलका बोट रोप्न सुरु गरेका छौँ ।' वडाध्यक्ष गौतमले यो बिरुवा रोपेर त्यत्तिकै छोडिन्न, प्रत्येक होटल तथा पर्यटन व्यवसायीले आफ्नो व्यवसायको नाम उल्लेख गरी ट्रि गार्ड(जालीवाला) बनाइदिएको छ। यसको संरक्षणका लागि होटल तथा पर्यटन ब्यवसायीसँग नै समन्वय गर्ने जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार