मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

सडक निर्माणमा अवरोध भएपछि श्रीखण्डपुर मार्ग अनिश्चितकालका लागि बन्द

Thearaniko Times 1373+ समाचार ( )
२३ चैत्र २०७९, बिहीबार

बनेपा/बनेपा नगरपालिका वडा नम्बर -६ को श्रीखण्डपुर मार्ग बिहिबारदेखि अनिश्चितकालका बन्द गरिएको छ । 

स्थानीय समुन्द्रकाजी श्रेष्ठ र उनका दाई थ्याङ्क्यु माइला श्रेष्ठले सडक स्तरोन्नतीको काममा अवरोध गरेको भन्दै उपभोक्ताहरुले सडक अनिश्तिकालका लागि बन्द गरिदिएका हुन् । उपभोक्ताहरुले बनेपा नपा वडा नम्बर ६ को कार्यालयमा  समेत तालाबन्दी गरेका छन् । 

यसपछि स्थानीय प्रशासनले अनुगमन गरेको भएपनि समस्या समाधानको लागि पहलकदमी अहिलेसम्म कसैले नलिएको स्थानीय उपभोक्ता राजु मानन्धरले बताउनुभयो। स्थानीय प्रशासनले वडा कार्यालय खोल्न वडाध्यक्ष सचितानन्द के.सी.लाई दबाब दिइएको भएपनि आफु जननिर्वाचित प्रतिनिधि भएकोले जनताको भावना विपरित आफु जान नसकिने जवाफ दिइएको समाचार स्रोतको दाबी छ।

 अनिश्चितकालीन रुपमा सडक अवरुद्ध भएपछि अहिले यो क्षेत्रका जनता प्रभावित भएका छन् ।

अहिले यो सडकमा बागमती प्रदेश सरकारले १८ लाख रुपैयाँ बजेट नियोजन गरेर ड्रेन निर्माणको काम थालिएको थियो । आफ्नो मात्रै जग्गामा सडक विस्तार गर्न लागेको भन्दै समुन्द्रकाजीको परिवारले पटक पटक अवरोध गरेपछि आक्रोसित उपभोक्ताले सडक बन्द गरिदिएका हुन् । तर बनेपा नगरपालिकाका प्राविधिक र वडाका प्राविधिकले  सडकको बीच भागबाट दायाँबायाँ बराबर हुनेगरी नापजाँच गरिएको भएपनि आफ्नो मात्र जग्गा परेको भनी समुन्द्रको परिवारले उपभोक्ता समितिका पदाधिकारीलाई पैसाको बलमा कुनै प्रतिउत्तर समेत दिने अवसर नदिइ काम रोक्का गर्ने अन्तरिम आदेश जारी गर्न लगाएकाे स्थानीय उपभोक्ताहरुको आरोप छ।

 उपभोक्ता समितिले समुन्द्रको परिवारको गतिविधिबारे वडा कार्यालय र नगरपालिकालाई समेत जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएपछि सडक र वडा कार्यालय बन्द गर्न बाध्य भएको बताएको छ । 

बनेपाको गोदाम चोक–श्रीखण्डपुर मार्ग २०१५ सालमै खनिएको सडकको मापदण्ड ११ मिटर कायम गरिएको छ । उपभोक्ता समितिले सोही मापदण्डमा रहेर काम गर्दा समुन्द्रकाजीको परिवारले अवरोध गर्दै आएको हो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार