मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

समाज/राजनीति
नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न, विभिन्न प्रस्ताव पारित

Thearaniko Times 1401+ समाचार ( )
९ जेठ २०८३, शनिबार

काभ्रेपलाञ्चोक — नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक शाखाको साधारणसभा बिहीबार बनेपामा सम्पन्न भएको छ। शाखा अध्यक्ष विनोदकुमार न्यौपानेको अध्यक्षता तथा महासंघ केन्द्रीय समिति अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले संगठनात्मक तथा आर्थिक प्रतिवेदन पारित गर्दै विभिन्न महत्वपूर्ण प्रस्तावहरू अनुमोदन गरेको हो।

साधारणसभामा सचिव नगेन्द्र अधिकारीले प्रस्तुत गरेको संगठनात्मक प्रतिवेदन तथा कोषाध्यक्ष केशवराज पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सदस्यहरूको सुझावसहित पारित गरिएको महासंघले जनाएको छ।

साधारणसभाले श्रमजीवी पत्रकारहरूको ट्रेड युनियन अधिकार सुनिश्चित गर्न स्पष्ट नीति तथा कानुन निर्माण गर्न प्रदेश र केन्द्रीय कार्यसमितिलाई अनुरोध गर्ने निर्णय गरेको छ। साथै सूचनाको हकको अक्षरशः पालना गर्दै समयमै सूचना उपलब्ध गराउन सरकारसँग जोडदार माग गरिएको छ।

त्यसैगरी ‘एकद्वार प्रणाली’ को नाममा मिडियाहरू बन्द गराउने सरकारी कदमको विरोध गर्दै मिडियामैत्री विज्ञापन नीति प्रभावकारी बनाउन सरकारलाई आग्रह गरिएको छ। लोककल्याणकारी विज्ञापन वितरणलाई समानुपातिक र पारदर्शी बनाउन पनि साधारणसभाले माग गरेको छ।

सूचना तथा सञ्चारसँग सम्बन्धित निकायका पदाधिकारीको निलम्बन तथा बर्खास्ती प्रक्रिया तत्काल रोक्नुपर्ने, सञ्चार क्षेत्रसँग सम्बन्धित सबै सरोकारवालाको सहभागितामा संविधानप्रदत्त प्रेस स्वतन्त्रता, अधिकार र सुरक्षाको प्रत्याभूति हुने कानुन निर्माण गर्नुपर्ने प्रस्ताव पनि पारित गरिएको छ।

त्यस्तै काभ्रेपलाञ्चोकका स्थानीय तह तथा सरकारी निकायहरूले लोककल्याणकारी विज्ञापन तथा सूचना जिल्लाभित्र सञ्चालित सबै मिडियालाई समानुपातिक रूपमा वितरण गर्नुपर्ने माग साधारणसभाले अघि सारेको छ।

महासंघले प्रेस स्वतन्त्रता, प्रेससम्बन्धी संकुचन तथा सञ्चारविरोधी गतिविधिविरुद्ध आवश्यक आन्दोलनका कार्यक्रममा एक्यबद्धता जनाउने निर्णय समेत गरेको जनाएको छ।

यसैबीच, नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकले साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्‍याउने प्रमुख अतिथि महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्मा, महासंघ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारु मगर, महासंघका पूर्वअध्यक्षहरू, प्रेससँग सम्बद्ध विभिन्न संघ–संगठनका अध्यक्ष तथा प्रतिनिधिहरू र सम्पूर्ण सञ्चारकर्मीप्रति हार्दिक आभार व्यक्त गरेको छ।

साथै महासंघद्वारा स्थापित ‘स्व. भरतराज श्रेष्ठ पत्रकारिता पुरस्कार’बाट सम्मानित अग्रज पत्रकार मधुसुधन गुरागाईंलाई हार्दिक बधाई ज्ञापन गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार