मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |
मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |


निषेधाज्ञा नै लाउनुपर्ने गरी धरानमा के हुन खोजेको थियो ?

Thearaniko Times 1373+ समाचार ( )
९ भाद्र २०८०, शनिबार

धरान  । पूर्वको चर्चितै सहर हो धरान । फेसनदेखि राजनीतिक क्रान्ति भित्र्याउने धरान, आर्थिक-राजनीति रूपमा अग्रणी नाम हो । पूर्वी पहाडी जिल्लाहरूसँग सडक सञ्जालले जोड्ने धरानलाई पछिल्लो समय भने राजनीतिक घटनाक्रमले जोड्यो ।

स्वतन्त्र हैसियतमा काठमाडौं महानगरमा बालेन्द्र शाह, धनगढी उपमहानगरमा गोपाल हमालसँगै धरानमा हर्क साम्पाङ निर्वाचित भएदेखि धरानको चर्चा सुरु भएको थियो । ०७९ को स्थानीय तह निर्वाचनपछि साम्पाङ मेयर भएदेखि कुनै न कुनै नाममा चर्चामै छ ।

कहिले सकारात्मक त कहिले नकारात्मक खबरले धरानले राष्ट्रिय मिडियाका हेडलाइन बन्ने गरेको छ । पछिल्लो समय धरानको ‘हल्ला’ अखबारहरूको हेडलाइनमा नकारात्मक हिसाबका छन् । मेयर साम्पाङ्ग सकारात्मक समाचारदेखि उनको अटेरीपनको आलोचनाहरू छन् । सँगै पछिल्लो धार्मिक गतिविधिले धरान जोडिएको हेडलाइन त्यति राम्रो छैन ।

धरानको पछिल्लाे विवाद अलि साम्प्रदायिक किसिमको छ । गोरु काटेर खाएको विषयबाट विवादित बन्दै गएको धरानको विषयले सामाजिक सञ्जाल बढि नै तातेको छ । केही साताअघि गोरु काटेर सामूहिक भोज गरेकाे भिडियाे सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि विवाद सुरु भएको हो । हुन त धरानमा गोरु काटेर खाएको विषय धरानेको लागि त्यति नौलो भने थिएन । तर, सार्वजनिक रूपमा गोरु काटेर भनेर हिन्दु धर्मावलम्बीहरूलाई चुनौती दिएको भन्दै यसबारे वादप्रतिवाद भएकाे थियाे ।

यस्ताे थियाे घटना

गत साउन अन्तिम हप्ता । सामाजिक सञ्जालमा धरान- ११ स्थित मङ्गलबारेमा गोरु काटेर भोज गरेको भिडियो भाइरल भयो । खासमा गोरु काटेकै अभियोगमा प्रहरीले पक्राउ गरेका विन्द्राकुमार राई र राजन परियार थुनामुक्त भएपछि गोरु काटेर भोज लगाइएको थियो ।

गत साउन ९ गते धरान-१५ का राजन परियार र धरान-५ का विन्द्रा राईलाई ३० किलो गोरुको मासुसहित इलाका प्रहरी कार्यालय धरानले समात्याे । १७ दिनपछि धरौटीमा रिहा भएका राई र परियारलाई विभिन्न पहिचानवादी संघ संस्थाले सम्मान गरेपछि गोरुको मासुको भोज लगाइएको थियो ।

नेपाल आदिवासी जनजाति महासङ्घ धरान उपमहानगर समन्वय परिषद् र सांस्कृतिक अधिकार संरक्षण मञ्चले धरानको मङ्गलबारेमा सो कार्यक्रमको आयोजना गरेको थियो । सामूहिक भोजको भिडियो सामाजिक सञ्जालमा भाइरल हुँदै गएपछि हिन्दु पक्षधर संघसंस्थाहरू विरोधमा उत्रिए । धरानभित्र ‘अघोषित’ रूपमा चल्ने गरेको गोरु वधलाई सामाजिक सञ्जालले व्यापक सतहमा ल्याइदियाे ।

हिन्दुवादी संगठनहरूले गोरु काटेको विषयमा कडा विरोध गरेपछि विभिन्न आदिवासी जनजाति घटकहरूले पनि काउन्टर विज्ञप्ति निकालेका थिए । त्यसपछि पनि सामाजिक सञ्जालमा गोरु काटेको विषय मत्थर भएन । त्यही क्रममा हिन्दु धर्मका ‘गुरु’ हरुले भदौ ९ गते शान्तिपूर्ण र्‍याली गर्ने भन्दै धरानमा भेला हुन् आव्हान गरेपछि भने विभिन्न जातीय घटकहरूले काउन्टर कार्यक्रमसमेत सार्वजनिक गरे ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले डेंगु नियन्त्रण गर्ने ‘संक्रामक रोग ऐन २०२०’ को आवरणमा सम्भावित धार्मिक द्वन्द्वकाे संक्रमण रोक्न निषेधाज्ञा जारी गरेपछि भने झगडा टरेकाे आँकलन गरिएको छ । निषेधाज्ञासहित प्रशासन धरान प्रवेशको तराईको मुख्य ढोका इटहरीको तरहरास्थित कोशी राजमार्गको पानीपिया क्षेत्रमा प्रहरीले सवारीसाधनमा व्यापक सर्च अप्रेसन चलाएको छ ।

शुक्रबार साँझ ड्युटीमा खटिएका एक प्रहरीले भने, ‘धरानमा आन्दोलन हुने भएकाले चेक भएको हो, भोलिसम्म यस्तै हो । माथिको आदेश यस्तै छ ।’

यता, हिन्दु धर्मका गुरुहरूले भने सद्भाव र्‍यालीलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालयको आदेशको विरोध जनाएका छन् । धरानमा सद्भाव र्‍याली निकाल्ने सनातनी हिन्दुहरूको निर्णयमा प्रशासनले हस्तक्षेप गर्न खोजेको उनीहरूको तर्क छ। इटहरीमा शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै उनीहरूले सुनसरी प्रशासनले कार्यक्रम बिथोल्न कायरतापूर्ण ढङ्गले निषेधाज्ञा लगाएको आरोप लगाएका छन् ।

अनि जारी भयाे निषेधाज्ञा

धरानमा गोरु काटेर भोज गरेको भनिएको भिडियोलाई लिएर पहिचानवादी र हिन्दुवादीबीच दाेषाराेपण सुरु भएको थियो । त्यही सन्दर्भमा हिन्दु धर्मका गुरुहरूले धरानमा सद्भाव र्‍याली भन्दै देशभरबाट मान्छेहरूलाई आव्हान गरेपछि सुनसरी प्रशासनले शनिबार झस्कियाे र निषेधाज्ञा जारी गर्‍याे ।

सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार जारी गरेकाे आदेशमा डेंगु महामारी फैलिएको कारणले शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि धरानमा कुनै पनि सामाजिक, धार्मिक, राजनैतिक सभा, र्‍याली, प्रदर्शनलगायतका कार्य निषेध गरिएको उल्लेख छ ।

पहिला मन्दिर भर्सेस चर्च 

गोरु काटेर खाएको विवाद पछिल्लो दुई महिनाभित्रको दोस्रो शृङ्खला हो । केही समयअगाडी मात्र मन्दिरको सामुन्ने  चर्च बनेसँगै दुई धार्मिक समुदायबीच विवाद बढेको थियो ।

धरान- १४ सिंहदेवी चोकछेउमै बालगोपाल मन्दिर छ । विजयपुर दरबार आसपासको क्षेत्रमा बुढासुब्बा र चण्डेश्वर मन्दिरको ‘राडार’ क्षेत्रमा रहेको गोपाल मन्दिरको इतिहास करिब ९० वर्ष पुरानो हो । हिन्दुसँगै किराँती आस्थाको क्षेत्रको रूपमा प्रचारित विजयपुर क्षेत्रमा धार्मिक लफडा सुरु भएको थियो ।

लामो समयदेखि अस्तित्व भएको मन्दिरअगाडि नै चर्च बनेको भन्दै मन्दिर पक्ष र चर्च पक्षबीच वाक द्वन्द्व चलिरहेको थियो । आवासीय प्रयोजनका लागि दुई वटा रुख कटान सिफारिस लिएर चर्चको संरचना बनाउन थालेपछि हिन्दु पक्षधरहरू सङ्गठित भएर आन्दोलन गरेको गत महिनाअघि मात्र हो ।

मन्दिर पक्षधरहरू चर्चविरुद्ध उपमहानगर धाएका थिए । धार्मिक ऐतिहासिक, पौराणिक महत्त्वको विजयपुर क्षेत्रबाट उक्त चर्च स्थानान्तरण गराउन र भविष्यमा पनि कुनै चर्चहरू निर्माण हुन नदिन समितिले माग गरेको थियो । तर, आफूले यो विवाद समाधान गर्न नसक्ने भन्दै अदालत जान मेयर हर्क साम्पाङले सुझाएपछि हिन्दु पक्षधरहरू आक्रामक भएका थिए । त्यसको विरोधमा सामाजिक सञ्जालमा समेत वाकयुद्ध चल्यो- साम्पाङ पक्षधर र हिन्दु पक्षधरबीच ।

यसको सुरुवात साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा दिएपछि भएको थियो । साम्पाङले लेखेका थिए, ‘देशको सर्वोच्च अदालतको प्रधानन्यायाधीश होइन म । धर्मको विषयमा न्यायालयले नै हो बोल्ने । कसको भगवान् ठूलो कि कसको ईश्वर ठूलो त्यो कुराको फैसला न्यायालयले गरिदेओस्’।

आफ्नो क्षेत्राधिकारको विषय साम्पाङले पन्छाएको भन्दै ठूलै वाद-प्रतिवाद चलेको थियो । केही विवादित हिन्दु धर्मगुरूहरूले साम्पाङविरुद्ध कडा आलोचना गरेपछि घटनाले ठूलो वाक द्वन्द्व चलाएको थियो ।

गोरु काटेको विषय त्यही तत्कालीन द्वन्द्वको विस्तारित रूप भएको सुरक्षा निकायको समेत प्रारम्भिक निष्कर्ष देखिन्छ । धर्मको विषय भएकाले सार्वजनिक अभिव्यक्ति नदिए पनि सुरक्षा स्रोतले ‘चर्च काण्ड’ पछिको विस्तारित रूप मानेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार