मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

जनयुद्ध दिवसको अवसरमा नेकपाको शुभकामना आदान प्रदान तथा धुर्विकरण कार्यक्रम
जनयुद्ध दिवसको अवसरमा नेकपाको शुभकामना आदान प्रदान तथा धुर्विकरण कार्यक्रम

Thearaniko Times 1401+ समाचार ( )
१ फाल्गुन २०८१, बिहीबार

बनेप/पार्टी नेपाल कम्युनिस्ट पार्टी काभ्रे जिल्ला समितिले ३० औ महान् जनयुद्ध दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा धुर्विकरण कार्यक्रम पार्टी पोलिट्ब्युरो सदस्य कमरेड कान्छाराम सीको प्रमुख अतिथ्यतामा र केन्द्रीय सदस्य एवम जिल्ला सेक्रेटरी कमरेड जित ब।सीको अध्यक्षतामा सम्पन्न भयो । 

कार्यक्रमका प्रमुख अतिथि कान्छाराम सीले  ध्रुर्वीकरणमा जोडिनु भएका बनेपाका कम्युनिष्ट नेता डा।शिव श्रेष्ठ, चौरी देउराली गा।पा। –६ को तात्कालीन जनमोर्चा पार्टीबाट कमरेड  गोबिन्द शीवभक्ति र खानिखोला –१ बाट युवा नेता कमरेड अजय लोप्चनलाई खादा र अविर लगाई स्वागत गर्नुभयो । प्रमुख अतिथि पिबिएम कान्छाराम सी ले शुभकामना दिने क्रममा विभिन्न राजनीति पार्टीहरुले समाजवादी धारलाई पन्छाएर प्रत्यक्ष राष्ट्रपति प्रणालीको मात्र वकालत गर्दै आएको छ यसले जनताको वास्तविक समस्याको हल गर्दैन । महान् जनयुद्धको क्रममा जीवनको आहुति दिने सहिदहरुको सपना, बलिदान संघर्षले नै सार्थक बनाउने भएकोले विप्लव नेतृत्वको पार्टीले मात्र पूरा गर्ने भएकोले सम्पुर्ण कम्युनिस्टहरु, देशलाई माया गर्ने देशभक्तहरु, श्रमिक जनताहरु नेकपाको झण्डामुनि गोलबद्ध हुन आव्हान गर्नुभयो । 

कार्यक्रमका अतिथिहरु केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज कमरेड विन्दु सी, केन्द्रीय सल्लाहकार द्वय कमरेड दिपक जंगम सी, कमरेड सिध्दि ब। सी, केन्द्रीय प्रतिनिधि सदस्य कमरेड राजेन्द्र सी, कम्युनिस्ट नेता कमरेड संकर सी ले शुभकामना दिनुभएको थियो । महिला संगठनका जिल्ला संयोजक कमरेड बिमला सीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन केन्द्रीय प्रतिनिधि सदस्य कमरेड पुर्णमान सीले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार