मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |
मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |


साना योजना पालिकाले गर्नुस् ठुला आयोजनाहरु प्रदेश सरकारले जिम्मा लिन्छ : मुख्यमन्त्री जम्कट्टेल

Thearaniko Times 1373+ समाचार ( )
२५ जेठ २०८१, शुक्रबार

साना योजना पालिकाले गर्नुस ्ठूला आयोजनाहरु प्रदेश सरकारले जिम्मा लिन्छ ः मुख्यमन्त्री जम्कट्टेल


खानीखोला । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्र्टेलले ठूला आयोजनाको लागि प्रदेश सरकारले जिम्मा लिने र साना योजनाहरु स्थानीय पालिका सरकारले कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिकास्थित् तालढुंगामा आयोजना गरिएको तालढुंगा–सिक्रेदोभान–झुरझुरे सडक खण्ड जनमुक्ति मार्ग आयोजना तथा खानीखोला गाउँपालिकाको प्रशासनिक भवन शिलान्यास र पालिकाको व्यवस्थापनमा आजबाट सञ्चालनमा ल्याएको स्थानीय उत्पादन खरिद विक्री केन्द्रको उद्घाटन कार्यक्रममा बोल्नुहँदै मुख्यमन्त्री जमकट्टेलले प्रदेशको विकासमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।


मुख्यमन्त्री जम्कट्टेलले विगतमा डाँडापारीको तालढुंगालाई बनेपा र धुलिखेलसंग जोड्ने मुख्य सडक तालढुंगा–खोपासी सडकको लागि यसैबर्षबाट बजेट व्यवस्थापन गरी अगाडी बढाउने बताउँदै मुुख्यमन्त्री जमकट्टेल तालढुंगा करिडोर र पालिकास्तरीय आधारभूत अस्पतालको लागि अब आउने बजेटले सम्बोधन गर्ने बताउनुभयो । ‘खोपासी–तालढुंगा सडकको नाम नै हराउन लागेकोमा अब यसबर्षबाट नै सुरु गर्नेछौं ।’ उहाँले भन्नुभयो, ‘त्यसको लागि चिन्ता नलिनुहोस्, अब संघीय सरकारले सुम्पेको सडकहरु प्रदेश सरकारले गर्नेछ ।’  संघीय सरकारले प्रदेश सरकारलाई सुम्पेको करिब तीन सय भन्दा बढी सडकहरुको गुरुयोजना प्रदेश सरकारले बनाइसकेकाले अब ति सबै आयोजनाहरुको काम निरन्तर अगाडी बढ्ने उहाँले बताउनुभयो । उहाँले पूर्वाधार विकासका सबै कामहरु प्रदेश सरकारले जिम्मा लिने भएकाले अब स्थानीय कृषि उत्पादन र प्राविधिक शिक्षालाई अगाडी बढाउनका लागि योजना बनाउनतर्फ लाग्न आग्रह गर्नुभएको छ । 

सो क्रममा जनयुद्ध नभएको भए यसखालको विकासको गति अगाडि नबढ्ने उल्लेख गर्दै उहाँले परिवर्तनका लागि जनमुक्ति सेनाले ज्यानको बाजी लगाएर लडेर ल्याएको व्यवस्थालाई स्थापित गर्नका लागि हिजोको गौरवपूर्ण क्रान्ति र जनमुक्ति सेनासंग जोडिएको मार्गको रुपमा लिएर काम अगाडी बढाईरहेको उहाँले बताउनुभयो । विपी राजमार्गदेखि महाभारत पहाड हुँदै मदनभण्डारी राजमार्गलाई जोड्ने सडकको रुपमा जनमुक्ति मार्ग निर्माण भएको मुख्यमन्त्री जम्कट्टेलले बताउनुभयो ।

सो क्रममा संघीय सांसद सूर्यमान दोङले डाँडापारिको विकासका लागि शिक्षा क्षेत्रबाट सुधार गर्दै भौतिक पूर्वाधारको काममा प्रदेश र स्थानीय सरकारसंग समन्वय गरेर काम गरिरहेको उहाँले बताउनुभयो । जनताको विकासप्रतिको चाहनालाई पूरा गर्नका लागि संघीय सरकार साथमा नै रहेको उल्लेख गर्दै उहाँले जनतालाई सुविधा प्रदान गर्नका लागि नागरिकको जीवनस्तरसंग जोडिने जनमुक्ति मार्ग छिटो सम्पन्न गर्नका लागि सबै एकजुट भएर लाग्न आग्रह गर्नुभयो ।

बागमती प्रदेशका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य तिर्थबहादुर लामाले विकासका काममा सबै राजनीतिक दल र नागरिकहरु सबै एकजुत भएर काम गर्नका लागि एकवद्धता आवश्यक रहेको बताउनुभयो । भईरहेको कामलाई गुणस्तर दिनका लागि सबैपक्षबाट सहयोग गर्न आग्रह गर्दै उहाँँले पूर्वाधार विकास कार्यालयले ध्यान दिन आवश्यक रहेकोमा जोड दिनुभयो ।

महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले डाँडापारिका नागरिकले आफ्नै गाउँमा कालोपत्रे सडक र सिंहदरवारको सुविधा घरआँगनमा नै प्राप्त गर्न सफल हुँदै गएको बताउनुभयो । काभ्रेपलाञ्चोक जिल्लालाई सुगमको रुपमा देखिएपनि विकटमा रहेका डाँडापारिका महाभारत र खानीखोला गाउँपालिका संघीयता आएपछि विकासको उपभोग गर्न पाएको बताउनुभयो । जनमुक्ति मार्गको निर्माण कार्य सुरु भएपछि अब प्रदेश राजधानी जोड्ने सडकको ४४ किलोमिटर पक्कि बन्ने काम भईरहेको उहाँले बताउनुभयो ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले विकटमा रहेको खानीखोलाका नागरिकको विकासका लागि प्रदेश सरकारले गम्भिर रुपमा लिएर बजेट व्यवस्थापन गर्न आग्रह गर्नुभयो । यहाँको नागरिकको दैनिक जीवनसंग जोड्ने आवश्यक उपभोग्य सामग्रीको व्यवस्थापनदेखि प्रशासनिक कामको लागि बनेपा धुलिखेल जोड्ने सडक सञ्जाल टुट्ने र हेटौडा जोड्ने बाटो सिक्रेदोभानमा बागमती खोलाले छेक्ने भएपछि समसया झेल्नुपरेको बताउँदै अब जनमुक्तिमार्ग र खोपासी–तालढुंगा सडकखण्ड पक्कि बनेपछि सहजता हुने अपेक्षा व्यक्त गर्नुभयो ।

कार्यक्रममा जनमुक्तिमार्ग सडकखण्डको दश करोड १८ लाख ८) हजार लागतमा निर्माण हुन लागेको तालढुंगा–सिक्रेदोभावन–झुरझुरे सडक, खानीखोला गाउँपालिका वडा नं ५ मा निर्माण हुन लागको ७ करोड २८ लाख १५ हजारमा निर्माण हुन लागेको प्रशासनिक भवनको शिलान्यास गर्नुका साथै गाउँपालिकाले सञ्चालनमा ल्याएको स्थानीय उत्पादन खरिद विक्री केन्द्रको मुख्यमन्त्री जम्कट्टेलले उद्घाटन गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार