मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |
मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |


पनौती नगरपालिकाको बाह्रौ नगरसभा विधेयक र समसामयिक विषय पारित गर्दै संपन्न

Thearaniko Times 1373+ समाचार ( )
२६ फाल्गुन २०७९, शुक्रबार

पनौती/पनौती नगरपालिकाको बाह्रौँ नगर सभा शुक्रवार पनौतीमा सम्पन्न भएको छ । नगर प्रमुख रामशरण भण्डारीको अध्यक्षतामा सम्पन्न सभामा प्रस्तुत विभिन्न विधेयकहरु पास भएको छन् । साथै समसामयिक विषयमा उठेका विषयहरुको सम्बोधन गर्दै चालु आर्थिक वर्षमा भएका प्रगतिका बारेमा समेत समीक्षा भएको नगर प्रमुख रामशरण भण्डारीले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्ष २०७९र ०८० का लागि एघारौँ सभाबाट स्वीकृत योजना तथा कार्यक्रममा संशोधन नगर उपप्रमुख गीता बञ्जाराले पेस गर्नु भएको थियो ।

त्यस्तै वडा अध्यक्ष वेदप्रसाद बञ्जाराले चालु आर्थिक वर्ष २०७९ र ०८० को यस अवधिसम्मको आय व्यय अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

वडा अध्यक्ष पुरुषोत्तम अधिकारीले चालु आर्थिक वर्षको उपलब्धिको प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वडा अध्यक्ष जयराम केसीले चालु वर्षको न्यायिक समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वडा अध्यक्ष विनोद खत्रीले योजना अनुगमन तथा फरफारक समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वडा अध्यक्ष भिमप्रसाद आचार्यले विपद् व्यवस्थापन समितिको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वडा अध्यक्ष सहकुल कुमार हुमागाईँले एघारौँ नगर सभा पश्चात् हालसम्म भएका कार्यपालिकाले विभिन्न मितिमा गरेका निर्णयहरू अनुमोदन समवन्धी प्रस्ताव पेस गर्नु भएको थियो ।

त्यस्तै वडा अध्यक्ष जयकुमार तामाङले उद्योग दर्ता अनुगमन तथा नियमन सम्बन्धी विधेयक २०७९ पेस गर्नु भएको थियो भने वडा अध्यक्ष सविन ताम्राकारले गैरसरकारी संघ संस्था दर्ता सम्बन्धी विधेयक २०७९ पेस गर्नु भएको थियो । वडा अध्यक्ष विपेन्द्र लामाले शिक्षा ऐन २०७४ मा पहिलो संशोधन सम्बन्धी प्रस्ताव पेस गर्नु भएको थियो । वडाध्यक्ष दीपकप्रसाद दाहालले धन्यवाद प्रस्ताव पेस गर्नु भएको थियो ।

सभामा पेस भएका प्रस्तावहरु उपर पनौती नपा २ का वडाध्यक्ष पुरूषोत्तम अधिकारी, ४ नं. का वडाध्यक्ष दिपकप्रसाद दाहाल ५ का वडाध्यक्ष विनोद खत्री ६ का वडाध्यक्ष भिम आचार्य, ७ का वडाध्यक्ष सविन ताम्राकार ८ का वडाध्यक्ष वेदप्रसाद वञ्जारा ९ का वडाध्यक्ष सहकुल हुमागाई ११ का वडाध्यक्ष विपेन्द लामा र १२ का वडाध्यक्ष जयराम के.सी.ले छलफलमा भाग लिंदै समसामयिक विचार राखेका थिए ।

यसैबीच समसामयिक विषय र सार्वजनिक महत्वका विषयमा आफ्ना धारणा राख्दै १२ नं का वडाअध्यक्ष जयराम के सीले मलको समस्या भोगिरहेका किसानलाई वितरण प्रणालीमा सुधार गरेमा केही समस्या हल हुने, बसपार्क व्यवस्थापनमा ध्यान दिनुपर्ने भौतिक पूर्वाधार, शिक्षा स्वास्थ, सहकारी खानेपानी सिचाई लगायतको क्षेत्रको विकासका लागि विशेष योजना बनाउनुपर्ने १२ नं वडालाई खानी प्रभावित क्षेत्र घोषणा गरि विशेष बजेटको व्यवस्थापन गर्नुपर्ने पनौती नगरको उन्नतिको लागि सबै दलले एकअर्काको अस्तित्वलाई स्विकार्नुपर्ने र बहुमतको दम्भ देखाएर दबाबमा निर्णय गराउने र बारम्बार कार्यपालिका बैठक अवरोध गराएर जनताको कामलाई प्रभावित नपारी एकमना एकताको साथ अगाडी बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

सभामा भएको छलफल तथा सभाका सदस्यहरुले उठाएका सार्वजनिक महत्वका विषयहरूलाई सम्बोधन गर्दै आगामी कार्यपालिका तथा योजनाहरुमा समेटने गरी छलफल सहित प्रस्तावहरु पास भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताउनु भयो । कानुन अनुसार उक्त सभा पौष मसान्तभित्र सम्पन्न गर्नुपर्ने थियो ।

नगरपालिकाले केही समय अघि मात्रै विषयगत समितिहरु गठन गरेको छ । वडा नम्बर १० का अध्यक्ष मोहनबहादुर भण्डारी प्रस्ताव प्रस्तुतकर्तामा आफ्नो नाम समावेश हुन नसकेकोमा अपमान भएको भन्दै बैठक बहिस्कार गर्दै बाहिरिएका थिए । एमाले निकट वडा सदस्यहरुले पनि  शिक्षा सम्बन्धी विधेयकबारे आफुहरुलाई जानकारी नदिएको भन्दै आपत्ति जनाएका थिए । यसैबीच विधेयक प्रमाणित गर्ने अधिकार नगर प्रमुखको भएपनि समिति बन्नुपर्ने माग पनि उठेको थियो । विविध विषयमा धारणा राख्दै सम्बोधनको माग राखेपछि केही बेर बैठक स्थगित गरेर सहमति गरिएको थियो ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार