मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

गैससको नेतृत्वमा पहिलो पटक महिला, गंगा दोङको नेतृत्वमा सर्वसम्मत

Thearaniko Times 1373+ समाचार ( )
१७ भाद्र २०७९, शुक्रबार

धुलिखेल/गैर सरकारी संस्था महासंघ काभ्रेको १७ औँ साधारण सभा तथा नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा गंगा दोङ सर्वसम्मत चयन हुनुभएको छ ।

आज शिक्षा तालिम केन्द्र धुलिखेलमा भएको अधिवेशनले गंगा दोङ अध्यक्ष रहेको नयाँ कार्य समिति चयन गरेको हो । महासंघ काभ्रे शाखा उपाध्यक्ष्मा राजकुमार तामाङ, सचिबमा सुमन खड्का, कोषाध्यक्षमा रमेश गौतम र सहसचिबमा रामकृष्ण चापागाई चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा सरस्वति श्रेष्ठ, परमात्माराम पराजुलि, दिपक रोक्का, कल्पना बिश्वकर्मा, शिबप्रसाद तिमल्सिना, राजकुमार थापा, सुनिता तामाङ, श्याम कुमार तिमल्सिना, इकमान तामाङ र बिरबहादुर तामाङ चयन हुनुभएको छ ।

गैरसरकारी संस्था महासङ्घका  केन्द्रिय  अध्यक्ष तथा सामाजिक अभियान्ता रामप्रसाद सुबेदीको प्रमुख आतिथ्यतामा केन्द्रीय सदस्य एवँ जिल्ला शाखाका अध्यक्ष टोमप्रसाद सापकोटाको अध्यक्षतामा भएको गैरसरकारी संस्था महासंघ नेपाल, काभ्रे शाखाको १७ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशनलाई रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, निबर्तमान केन्द्रीय अध्यक्ष जितराम लामा, महासंघका उपमहासचिव राजेन्द्र शर्मा, कोषाध्यक्ष नानिमाया थापा, जिल्ला शाखा पुर्व अध्यक्ष शंखवुद्ध लामा, पुर्व जिल्ला शाखा अध्यक्ष कृष्णचन्द्र आचार्य, प्रदेश सचिब नरेशकुमार, प्रदेश सदस्य तथा काभ्रे इन्चार्ज रिता मानन्धर लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।

अधिवेशनको बन्द सत्रअघि गैससहरूको साझा धारणापत्र र भावी मार्गचित्रका विषयमा छलफल भएको थियो ।

अधिवेशनमा नेकपा एमालेले अध्यक्षसहित सदस्य ४ जना, नेपाली कांग्रेसले सचिव र सह–सचिवसँगै सदस्य २, नेकपा (माओवादी केन्द्र)ले उपाध्यक्षसहित सदस्य २, नेकपा (एकिकृत समाजवादी)ले कोषाध्यक्ष सहित सदस्य २ र जनता समाजवादी पार्टी (जसपा)ले सदस्य १ लिएर दलहरुबिच भागवण्डा गरी सहमतीबाट नेतृत्व चयन गरेको हो । अधिवेशनमा लागि जिल्लाभरबाट १ सय ६७ जना प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार