दिनेशराज खरेल
भुम्लु÷नेकपा(एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा बागमति प्रदेश सभा सांसद लक्ष्मण लम्सालले कम्युनिष्ट पार्टीको निति, विचार र सिद्धान्त अनुसार अगाडि बढन आग्रह गर्नुभएको छ। भुम्लु गाउपालिकाको दोलालघाटमा भएको पालिका स्तरिय भेलालाई सम्बोधन गर्दै सांसद लम्सालले उक्त कुरा बताउनुभएको हो।
हामीले संविधान र लोकतन्त्रको रक्षा गर्न गठबन्धन गरेका थियौं। त्यसको उपलब्धि सुरक्षा गर्न गठबन्धनका दलहरुले एकीकृत समाजवादसंग सहकार्य गर्न जरुरी भएको उल्लेख गर्नु भएको छ। एकिकृत समाजवादी बिचार, सिद्धान्त, सहमति र सहकार्यको अडानमा अगाडि बढने छ । हामी विचलित हुने होइन, गठबन्धनका दलहरुलाई वार्तामा राखेर विकास निर्माण र आगामी कार्यनीति बनाउन पार्टी पंक्तिलाई बिशेष आग्रह गर्नुभएको छ।
नेकपा एसका जिल्ला सचिव गोकुल गौतमले कार्यकर्तालाई नडराइकन मैदानमा उत्रन निर्देशन दिनुभएको छ। सचिव गौतमले गठबन्धनका दलसंग गुनासो गर्नुभन्दा पनि आपसमा बसेर संयन्त्र बनाएर छलफल र बैठक गर्न निर्देशन दिनुभएको छ। केन्द्रीय परिषद् सदस्य तथा जिल्ला सदस्य कल्पना श्रेष्ठले गठबन्धनका साथीहरुले जनतालाई मर्का पर्ने गतिविधि गरेमा सचेत गराउनपछि हट्न नहुने भनाइ राख्नुभयो। बागमति प्रदेश कमिटी सदस्य सुरेश कक्षपतिले स्थानीय तह निर्वाचनमा सहयोग गरेको गठबन्धन दलसंग बैठक बसेर छलफल गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बिध्यार्थी नेता बदन भण्डारीले भुम्लुमा गठबन्धन दलले नेकपा एकीकृत समाजवादीसंग कुनै पनि विषयमा आपसि छलफल र सहकार्य नगरेकोले रचनात्मक दवाब सिर्जना गर्न आवश्यक रहेको बताउनुभयो। अबका दिनमा भुम्लु सरकारलाई सचेत गराउन र सहि मार्गमा हिड्न सहयोग गर्न कार्यकर्ताहरुलाई अपिल गर्नुभयो। वडा कमिटीका अध्यक्षहरुले आ–आफ्ना जिज्ञासा र गुनासो राखेका थिए । भुम्लुमा सबै वडाहरुमा कमिटी गठन भइसकेका छन, साथै जनवर्गीय संगठन पनि गठन भइसकेका छन् । आगामी दिनमा निर्वाचन लक्षित कार्यक्रम बनाएर वडा तहमा घरदैलो अभियान, टोल कमिटी गठन गर्ने निर्णय भएको बताइएको छ।
नेकपा(एकीकृत समाजवादी) भुम्लु गाउँपालिकाले पालिका कमिटी पदाधिकारी पुनर्गठन गरेको छ । नेकपा(एस)भुम्लुले मोतीलाल तामाङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।
पुनर्गठित पालिका कमिटीमा उपाध्यक्ष कृष्ण कुमार कार्की , महिला उपाध्यक्ष कालिका खरेल, सचिव दिपक ठकुरी, उपसचिवमा राजु लामा र अच्युत खरेल रहेका छन् । निवर्तमान अध्यक्ष प्राणनाथ न्यौपानेको अध्यक्षतामा बसेको पालिका स्तरीय बैठकले नयाँ पदाधिकारीलाई नेतृत्व हस्तान्तरण गरेको हो।
तीन सय हैन तीन हजार मीटर हो दौडमा