मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध हुँदा पत्रकार सहित हजारौं यात्रुहरु दुम्किबासमा अलपत्र
वर्षाका कारण नारायणघाट–बुटवल सडक अवरुद्ध हुँदा पत्रकार सहित हजारौं यात्रुहरु दुम्किबासमा अलपत्र

Thearaniko Times 1399+ समाचार ( )
२८ चैत्र २०८१, शुक्रबार

‎नवलपुर ।  बिहीबार बिहानदेखि परेको हल्का वर्षाका कारण महेन्द्र राजमार्गअन्तर्गत नारायणघाट–बुटबल सडक अवरुद्ध भएको छ । धुलो बाटोमा हल्का वर्षा भएपछि हिलो र चिप्लो भएका कारण राजमार्गको दाउन्ने खण्ड बिहान ९ बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । अवरुद्ध सडक खुलाउन स्थानीय प्रशासनले खासै चासो नदिएको यात्रुहरुले अनावश्यक सास्ती व्यहोर्नु परेको छ। राती १० बजे दुम्किबास आइपुगेको पत्रकारको टोली सडक अवरुद्ध बिहानसम्म पनि नखुल्दा अलपत्र परेको हो। आदिवासी जनजाति पत्रकार महासङ्घको सङ्घीय महाधिवेशनमा भाग लिन लुम्बिनी हिडेका पत्रकारहरुको टोली यातायात अबरुद्ध भएकाेले बिहिबार राती १० बजेदेखि शुक्रबार बिहानसम्म दुम्किबासमा रोक्नुपरेको बताइएको छ। यातायात अबरुद्ध हुँदा फोनिजको संघीय महाधिवेशनमा भाग लिन आएको प्रतिनिधि/पर्यवेक्षकहरु समयमा कार्यक्रम स्थलमा पुग्न कठिनाई भएको पत्रकार पेमा लामा संघर्षले जानकारी दिनुभयो। काभ्रे, भक्तपुर, रामेछाप, सिन्धुपाल्चोक, दोलखा, काठमाडौं लगायत जिल्लाका प्रतिनिधिहरु सडक अवरुद्ध भएका कारण दुम्किबासमा रोकिएका छन्।

‎उक्त स्थानमा हिजोदेखि चैत ३१ गतेसम्म गाडी रोकेर बिस्तारको काम भइरहेको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म गाडी चलाउन दिइएको छैन । गाडी चल्न दिने समयमा समेत अवरुद्ध भएपछि यो मार्ग भएर यात्रा गर्ने यात्रीले सास्ती भोग्दै आएका छन् ।
‎अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार