मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

समाज/राजनीति
सिन्धुली–२ मा पत्रकार विक्रम रत्न प्रतिनिधि सभा उम्मेदवार सिफारिस

Thearaniko Times 1373+ समाचार ( )
११ पौष २०८२, शुक्रबार

काठमाडौं/आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सिन्धुली क्षेत्र नं. २ बाट पत्रकार विक्रम रत्नको नाम उम्मेदवारका रूपमा सिफारिस भएको छ।

नेपाली कम्युनिस्ट पार्टीको सञ्चार–सांस्कृतिक महाशाखा (पार्टी जिल्ला समिति)ले शुक्रबार बसेको बैठकले उनको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो। बैठकको अध्यक्षता महाशाखाका अध्यक्ष बुद्ध लोप्चनले गरेका थिए भने उपत्यका विशेष प्रदेश समितिका उपाध्यक्ष तथा महाशाखा इन्चार्ज निर्मल ज्ञवाली प्रमुख अतिथि रहेका थिए।

कमलामाई नगरपालिका वडा नं. १२ का स्थायी बासिन्दा रत्न डेढ दशकदेखि पत्रकारितामा सक्रिय छन्। उनी २०६९ सालमा सिन्धुलीस्थित रेडियो सिद्धबाबाबाट पत्रकारितामा प्रवेश गरेका थिए र विगत दस वर्षदेखि मुख्यधाराको पत्रकारितामा क्रियाशील छन्। एबीसी टेलिभिजन, न्यूज एजेन्सी नेपाल लगायत आधा दर्जनभन्दा बढी सञ्चारमाध्यममा काम गरेको अनुभव रहेका रत्न हाल सौर्य दैनिक पत्रिकामा आवद्ध छन्।

पत्रकार रत्न प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिका सचिव तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सहसचिव पनि हुन्। पत्रकारितासँगै सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय र भ्रष्टाचार तथा कुशासनविरुद्ध अभियान सञ्चालन गर्दै आएका उनी आगामी निर्वाचनमा पनि आफ्नो भूमिका निर्वाह गर्न तयार छन्।

उम्मेदवार सिफारिस भएपछि पत्रकार रत्नले भने,

"राजनीतिमा नव–युवापुस्ताको हस्तक्षेपकारी भूमिका आवश्यक भइसकेको छ। त्यसका लागि हामी तयार हुनुपर्ने भएको छ। म सिन्धुली–२ बाट उम्मेदवारी दिन पूर्ण रूपमा तयार छु।"

नेपाली कम्युनिस्ट पार्टीले देशभरबाट विभिन्न क्षेत्रका उम्मेदवारहरू सिफारिस गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार