मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

यातायात व्यवस्थाको कार्यालय बनेपा -६, बुडोलस्थित सपिङ कम्प्लेक्समा

Thearaniko Times 1401+ समाचार ( )
७ वैशाख २०८१, शुक्रबार

बनेपा/यातायात व्यवस्थाको कार्यालय काभ्रेपलाञ्चोकको बनेपा नपा-६, बुडोल स्थित सपिङ कम्प्लेक्समा बस्ने भएको छ । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालको प्रमुख आतिथ्यतामा बनेपामा आज भएको एक कार्यक्रममा बनेपा नपाको स्वामित्व रहेको सपिङ कम्प्लेक्समा कार्यालय राख्ने गरी सम्झौता पत्र आदानप्रदान भएको हो ।  

श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौला र बनेपा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोला चापागाईले भवन उपभोग सम्बन्धि सम्झौता पत्र आदानप्रदान गर्नुभएको थियो ।  श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, नगरप्रमुख शान्तिरत्न शाक्य, उपप्रमुख बिमला सापकोटा दाहाल र बनेपा-६ का वडाध्यक्ष सचितान्द के.सी.ले रोहबरमा हस्ताक्षर गरेको पत्रमा नगरपालिकाले आफु मातहात रहेको भवनको दुइतल्ला १० वर्षका लागि निःशुल्क उपलब्ध गराएर धेरै सहयोग गरेको छ ।  

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लम्सालले जेठको पहिलो साताबाटै यातायात कार्यालयबाट सेवा प्रारम्भ गर्ने बताउनुभयो । उहाँले बनेपामा रहने कार्यालयले काभ्रेका साथै राजधानीको पुर्वी क्षेत्र सिन्धुपाल्चोक, दोलखा, सिन्धुली समेतका जनताले सेवा पाउने र राजधानीको पनि चाप घटाउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री लम्सालले भवन उपभोग गर्न दिएकोमा नगरपालिकालाई धेरै धन्यवाद दिनुभयो । मन्त्री लम्सालको नेतृत्वमा गएको आईबार मात्रै उक्त भवनको अवलोकन तथा निरीक्षण सम्पन्न भएको थियो ।  

नगरप्रमुख शान्ति रत्न शाक्यले मन्त्रालयले यातायात कार्यालय राख्न भवन खोजिरहेको अवस्थामा हामीसँग रहेको सरकारी भवन उपभोग विहीन रहेकोमा मन्त्री ज्यूसँगको निरन्तर छलफल र संवादबाट बनेपामै कार्यालय बस्ने कुराले हामीलाई निकै हौसला मिलेको बताउनुभयो। आजको दिन हाम्रो लागि निकै खुशीको दिन हो भन्नुहुँदै नगरप्रमुख शाक्यले यातायात ब्यवसायीहरुको धेरै बसोबास रहेको बनेपामा यातायात कार्यालय स्थापना गर्न पाउँदा निकै खुशी लागेको बताउनुभयो । ‘ 

उपप्रमुख विमला सापकोटा दाहालले ‘दुई तल्ला यातायात ब्यवस्था कार्यालयको प्रयोजनका लागि उपभोग हुने र त्योसँगै बाँकी रहेका तीन तल्ला पनि भाडामा जाने अपेक्षा लिएकाे बताउनुभयो। साथै उपप्रमुख सापकोटाले प्रदेश सरकारसँग अन्य काममा पनि साझेदारीको ढोका खुल्ने संभावना रहेको रसरकार–सरकारबीचको सम्बन्ध अझ बढी प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो  । 

वडा नम्बर ६ का वडाध्यक्ष सचितानन्द केसीले सरकारी भवनमा सरकारी कार्यालय आउनु निकै राम्रो भएको बताउँदै आफ्नै वडामा यातायात कार्यालय बस्दा जनताले सहज रुपमा सेवामा पाउनेमा आफु विश्वस्त रहेको भनाइ राख्नुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार