मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

समाज/राजनीति
बेथानचोक–६ मा नेकपाको निर्वाचन परिचालन कमिटी गठन तथा कार्यालय उद्घाटन

Thearaniko Times 1399+ समाचार ( )
२५ माघ २०८२, शनिबार
काभ्रेपलाञ्चोक । बेथानचोक गाउँपालिका वडा नं. ६ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत निर्वाचन परिचालन कमिटी गठन गरिएको छ। साथै, सम्पर्क कार्यालय र वडा कमिटी कार्यालयको संयुक्त रूपमा उद्घाटन गरिएको छ।
उक्त कार्यक्रम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार दिननाथ गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गौतमले मुलुक कठिन राजनीतिक अवस्थाबाट गुज्रिरहेको उल्लेख गरे। उनले विभिन्न कारणले समयमै निर्वाचन हुन नसकेको अवस्था भए पनि अहिले जनताको मतबाट परिवर्तन सम्भव हुने बताए। भ्रष्टाचार, बेथिति र अन्यायविरुद्ध जनतामा बढ्दो असन्तोषलाई परिवर्तनको आधारका रूपमा लिनुपर्ने उनको भनाइ थियो।
गौतमले जेन्जी (Gen-Z) आन्दोलनले उठाएका विषयहरू जनताको वास्तविक चाहना भएको उल्लेख गर्दै ती मुद्दाहरू नेपाली कम्युनिष्ट पार्टीले पहिलेदेखि नै उठाउँदै आएको दाबी गरे।

उनले समानुपातिक, समावेशी प्रतिनिधित्व, आदिवासी जनजाति, दलित, पिछडिएका वर्ग तथा मधेसी समुदायका अधिकार नेकपाका प्रमुख एजेन्डा भएको बताए।
“बेथानचोक–६ का जनताले अत्यधिक मत दिएर नेकपालाई विजयी गराउने विश्वास लिएको छु,” उनले भने।
गौतमले जनताका समस्या नै आफ्ना समस्या भएको उल्लेख गर्दै नेकपा जनताबाट जन्मिएको र जनताकै पक्षमा उभिने पार्टी भएको बताए। स्थानीय आवश्यकताको पहिचान गरी प्राथमिकताका आधारमा समस्या समाधान गर्ने तथा विगतमा अधुरा रहेका कामहरू पूरा गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे।
कार्यक्रममा समानुपातिक उम्मेदवार मिना पाख्रीन, बागमती प्रदेश सचिवालय सदस्य तथा युवा नेता दैबलाल घिसिङ (अनुसिल), पालिका कमिटी अध्यक्ष तारा राणा (तिमल्सिना) लगायतले सम्बोधन गर्दै यसपटक नेपाली कम्युनिष्ट पार्टी देशव्यापी रूपमा बलियो शक्ति बन्ने दाबी गरे। उनीहरूले आम मतदातालाई तारा चिन्हमा मतदान गर्न आग्रह गरे।
नेताहरूले पार्टी एकतामार्फत अघि बढ्नुपर्नेमा जोड दिँदै नेपाली कम्युनिष्ट पार्टी सधैं जनताको पक्षमा संघर्षरत रहेको बताए।
उमेश लामाको अध्यक्षतामा बेथानचोकको भुग्देउमा सम्पन्न कार्यक्रममा प्रदेश, जिल्ला, पालिका तथा वडा तहका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार