मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

महाअभियोग दर्ताको कारण निर्वाचन कुनै हालतमा टर्दैन -गगन थापा

Thearaniko Times 1399+ समाचार ( )
२ फाल्गुन २०७८, सोमबार

बनेपा/ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग न्याय क्षेत्रमा रहेको गतिरोध अन्त्यको लागि भएको बताएका छन् ।

नेपाली कांग्रेस काभ्रेले गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनल महाअभियोग प्रस्ताव ढिलो भएपनि सही निर्णय भएको र आवश्यक रहेको तर्क गरे । 

महामन्त्री थापाले भने, ‘सर्वोच्च अदालतमा महिनौंदेखि प्रधानन्यायधीशसँग न्यायधीशले बेञ्च सेयर नगरेको अवस्था थियो, बार र बेञ्चमा भएका कोही पनि उहाँसँग बहस गर्न तयार थिएनन्, ‘उहाँमाथि संगीन आरोप लागेकोले सहज बहिर्गमनको लागि अनुरोध गरेका थियौं, न्याय परिषद् र न्याय सेवा आयोगबाट कर्मचारी प्रशासनमार्फत अतिरिक्त सक्रियता देखाएकाले महाअभियोग दर्ता गरिएको हो । महाअभियोग पास हुने र नहुनेबारे यसै भन्न नसकिने भन्दै उनले यसबारे संसद्ले नै निर्णय गर्ने बताए ।

महामन्त्री थापाले एमसीसीबारे अनावश्यक छलफल भएकोले छिटो भन्दा छिटो संसद्मा प्रवेश गराएर अनुमोदन गर्नुपर्ने बताए । ‘ऋण भन्दा अनुदानको रुपमा वैदेशिक सहायता लिनु उपयुक्त हुन्छ, अनुदान भन्दैमा जे पायो त्यही लिने कुरा पनि हुँदैन, थापाले भने, ‘सरकारमा बस्दा एउटा कुरा, नहुँदा अर्काे कुरा गर्नुहुँदैन । २०६८ साल यताका सबै सरकारले एमसीसी स्वीकारेर प्रक्रियाअघि बढाएको भन्दै देशमा ठूलो पूर्वाधार बन्नको लागि वैदेशिक सहायता आवश्यक भएको तर्क गरे ।

वैशाख ३० गते तोकिएको निर्वाचन कुनै पनि हालतमा नटर्ने भन्दै उनले गठबन्धनबारे निर्णय सम्बन्धित तहका पार्टी कमिटीले नै गर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार