मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

सरसफाई
सरसफाईमा अग्रसर बन्दै बनेपा -६ त्रिवेणी कमलपोखरी टोल विकास संस्था

Thearaniko Times 1401+ समाचार ( )
८ अशोज २०८२, बुधवार

बनेपा/बनेपा नगरपालिका–६ बुडोल त्रिवेणी कमलपोखरी टोल विकास संस्थाको आयोजनामा अरनिको राजमार्गस्थित माइला खाजाघरदेखि भक्तेश्वर स्कुलसम्मको मुख्य सडक सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

"स्वस्थ, सफा, सुन्दर बस्तीले बन्छ पहिचान, समृद्ध टोल बनाउने हाम्रो अभियान" भन्ने मूल नाराका साथ आयोजित सरसफाई कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष सचितानन्द के.सी. प्रमुख आतिथ्यमा सहभागी हुनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष के.सी.ले सरसफाइ अभियानमा स्थानीयको उल्लेख्य उपस्थिति र सहभागिताप्रति धन्यवाद ज्ञापन गर्दै हरेक टोलमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो। उहाँले सरसफाइ तथा फोहर व्यवस्थापन नियमित रूपमा गर्नुपर्ने आवश्यकता औंल्याउँदै “यसले वडालाई मात्र होइन, सम्पूर्ण नगरलाई नै स्वच्छ र सुन्दर बनाउन सहयोग पुर्‍याउनेछ” भन्नुभयो।

टोल विकास संस्थाका अध्यक्ष भैरव के.सी.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले सरसफाइ अभियानलाई ‘तेरो–मेरो नभनी सबैले हातेमालो गरेर अघि बढाउनुपर्ने’मा जोड दिनुभयो। साथै, त्रिवेणी कमलपोखरी टोललाई नगरकै नमुना टोल बनाउने अभियानलाई निरन्तरता दिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो।

कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद दाहालले गर्नुभएको थियो। सरसफाइ कार्यक्रममा वडा सदस्य, टोल विकास संस्थाका पदाधिकारी तथा सदस्यहरू, वडावासी र समाजसेवी अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो।

यस अवसरमा टोल विकास संस्थाका सदस्य सुदिप पौडेलले पदाधिकारी र सदस्यहरूले स्वयंसेवाभावले रकम संकलन गरी पञ्जा, सामेलसहित आवश्यक उपकरण खरिद गरिएको जानकारी दिनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार