मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |
मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |


गभर्नरको कारवाही सही छ- मन्त्री झाँक्री

Thearaniko Times 1373+ समाचार ( )
२ वैशाख २०७९, शुक्रबार

पाँचखाल/ सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले राष्ट्र बैंकका गभर्नर माथि गरिएको कारबाही सहि रहेको बताउनुभएकाे छ । काभ्रेको पाँचखालमा आज नेकपा (एकीकृत समाजवादी) पार्टीको पाँचखाल नगरस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बाेल्दै उनले ‘राज्यको मुटुमा बसेर धमनी बन्द गर्न मिल्दैन । पुर्व प्रधानमन्त्री केपि ओलीले वर्तमान सरकारलाई बदनाम गराउन अनेक प्रपञ्च रचिरहेकाे बताउँदै अर्थतन्त्रको गलत सूचना जनता माझ प्रवाह गर्ने र बैंकमा पैसा नै जम्मा गर्नु हुँदैन् भन्ने मान्यता स्थापित गर्ने सोच रहेकोमा त्यो केही हदसम्म रोक्न वर्तमान सरकार सफल भएको मन्त्री झाँकीकाे दाबी थियोे  ।’
मन्त्री  झाँक्रीले ओली नेतृत्व सरकारले लिएको आर्थिक नीतिका कारण अहिले अर्थतन्त्र संकटमा पुगेको बताउँदै बिलासीताको बस्तु आयात गर्न पनि ओली सरकारले महत्वपूर्ण भूमिका खेलेको दाबी गर्नुभयो ।
प्रधानमन्त्री शेर देउवा नेतृत्वको सरकारका कारण अहिलेको अवस्थामा सिर्जना नभएको मन्त्री झाँक्रीको दाबी छ । मन्त्री झाँक्रीले ओली सरकारले विकास नै गर्न नसक्ने गरी लिएको वैदेशिक ऋण ल्याउँदाको डलर सञ्चित नरहेको बताउनुभयो ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिब समेत रहनुभएका मन्त्री झाँक्रीले फरक प्रसंगमा गठबन्धन दलले एकअर्काको अस्तित्व स्वीकार गरेर अगाडि बढ्नुपर्ने कुरामा जाेड दिदै राजनीतिक स्थायित्व, सुशासन र विकासका लागि गठबन्धन भएको हुनाले एकले अर्काको अस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्न आवश्यक रहेको बताइन् ।   
यसअघिको सरकार र पार्टीको नेतृत्व गर्नेले अरुको अस्तित्वलाई स्वीकार नगरेका कारण विद्रोह गर्नुपरेको बताउँदै उनले अहिलेको गठबन्धनले त्यस्ताखाले अवस्थाबाट छुटकारा दिलाउनको लागि स्थानीय तहको निर्वाचनदेखि प्रदेश र सङ्घ सरकारको निर्वाचन गरेर मुलुकलाई समृद्धि बनाउने दिशामा अगाडि बढ्न गठबन्धन बनेको उनको भनाइ छ ।   
“सबैसँग एकअर्कामा सहकार्य, सहअस्तित्वलाई स्वीकार गरेर अगाडि बढ्न गठबन्धन गरेका हौँ”, उनले भनिन्, “एक्लै हिँड्छु भनेर हिँड्यौ भने हामी कहीँ पुग्दैनौँ, हामी सँगसँगै हिँड्यौँ भने लक्ष्य हासिल गर्न सकिन्छ ।” मन्त्री झाँक्रीले पार्टीको नेता तथा कार्यकर्तालाई पनि त्यहीँअनुसारले काम गर्न आग्रह गरिन् ।
नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बागमती प्रदेश उपाध्यक्ष, संविधानसभा सदस्य विदुर सापकोटाले प्रतिगमनकारी शक्तिका अवशेषलाई समाप्त गर्दै वर्तमान व्यवस्थालाई जोगाउन, प्राप्त उपलब्धिको संरक्षण गर्न र मुलुकलाई समाजवादको दिशामा अगाडि बढाउनको लागि अहिलेको गठबन्धन भएको बताए। केपी ओलीले एमाले नेतृत्व गर्न थालेपछि एमाले कम्युनिष्ट पार्टीको सिद्धान्त र पद्धति भन्दा बाहिर गएको सभासद सापकोटाले बताउनुभयो । ‘मुलभूत रूपमा नेकपा (एकीकृत समाजवादी) नेपालका सबै कम्युनिष्टको साझा पार्टी भन्नेछ । विकास निर्माणमा हामी सबैको साझेदारी हुनेछ । हाम्रै सहभागिता र क्रियाशीलले समाजवाद आउने हो, सांसद सापकोटाले भन्नुभयो ।’
बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले निर्वाचनमा उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहँदा विगत पाँच वर्षमा जनप्रतिनिधिले केके गरे र अब के गर्दैछ भन्ने कुरालाई राम्रोसँग मनन् गरेर अगाडि बढ्ने बताए ।
कार्यक्रममलाई सम्बोधन गर्दै बाग्मति प्रदेश सांसद लम्सालले विकासनिर्माण र सामाजिक कार्य कुनै पार्टी विशेषको नहुने स्पष्ट पारेका थिए। उनले आफुले चुनावको समयमा गरेको प्रतिबद्धता पूरा भएको हेर्न पाँउदा खुसी लागेको बताए ।
‘काभ्रे जिल्लाको भनेर परिचय दिँदा धेरै ठाउँमा ‘७० करोड’ जिल्ला भनेर कलंकको उपाधि थाप्नु परेको छ । यो राम्रो कुरा होइन । यसको जवाफ एमालेका साथीहरूले कसरी दिनुहुन्छ । यसको उचित छानविन गरियोस्, सांसद लम्सालले भन्नुभयो ।’
सांसद लम्सालले केपी ओली नेतृत्वका धेरै मन्त्रीहरू कुनै न कुनै भ्रष्टाचारको काण्डमा फसेको बताउनुभयो । ‘जनताले आफ्नो पक्षमा काम गरून् भनेर बहुमत दिएर पठाए ।
तर सबै जसो भ्रष्टाचारमा मुछिएका छन् । अब हरेक जनताले एमालेका नेताहरूलाई सोध्नु पर्ने हुन्छ सरकारले हुँदा हाम्रो लागि के गर्नुभयो ? भनेर, सांसद लम्सालले भन्नुभयो ।’
एकीकृत समाजवादी पाँचखाल अध्यक्ष रविन्द्र सिपखानकाे सभापतित्वमा भएकाे कार्यक्रममा नगर इन्चार्ज हरेराम सापकोटाले स्वागत मन्तव्य, युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाह, पाँचखाल वडा -६ का वडाध्यक्ष रामशरण दुलाल लगायतका वक्ताहरुले एमालेले पाँचखालमा एउटा वडा जितेर देखाउन चुनाैती दिए।
नेकपा (एकीकृत समाजवादी) ले पाँचखाल नगरपालिकामा युवा संघ नेपाल गठन गरेको छ । आज आयोजना गरिएको भेलाले युवा संघ नेपालको नगर कमिटी गठन गरेको हो । भेलाले युवा संघको नगर कमिटी अध्यक्षमा सिमान्त कुमार बजगाईंलाई चयन गरेको छ ।
साथै अाजै शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एकीकृत समाजवादीकाे नगर पार्टी कार्यालय उदघाटन गर्नुका साथै स्व. रुद्र बानियाँकाे प्रतिमामा माल्यार्पण गरिएको थियाे।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार