मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

दूग्ध व्यवसायीहरु रोकिएकाे दुधको भुक्तानी माग गर्दै आन्दोलनमा

Thearaniko Times 1401+ समाचार ( )
१७ फाल्गुन २०८०, बिहीबार

बनेपा । दुग्ध व्यवसायीहरु दूधको भुक्तानी रोकिएको भन्दै आन्दोलनमा उत्रिएको छ । 

दूग्ध उत्पादक किसानका अगुवाहरुले सरकारले रोकिएको दुधको भुक्तानी छिट्टै उपलब्ध गराउनु पर्ने माग राख्दै आज बनेपाको चार दोबाटोमा अरनिको राजमार्ग आधा घण्टा चक्का जाम गरिएको हो । 'दूधको भुक्तानी तुरुन्त गर, मिल्क होलि डे गर्न पाईदैन, उत्पादनका आधारमा अनुदानका कार्यक्रमहरु निरन्तरता गर' नारा लेखिएकाे प्ले-कार्डहरु बोकेर किसानहरु आन्दोलनमा उत्रिएका हुन् ।

विरोध कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय सदस्य विदुरप्रसाद हुँमागाईले आन्दोलनप्रति आफ्नो संगठनको एक्यबद्धता रहेको जनाउँदै आन्दोलनको विकल्प नभएको बताउनुभयो । आन्दोलनमा जानुअघि दुग्ध किसानको समस्यालाई लिएर कृषिमन्त्री, कृषि सचिव, विभागीय प्रमुखहरु, दुग्ध विकास संस्थान र राष्ट्रिय किसान आयोगमा समेत पटक/पटक  समस्यालाई राखेर आउने क्रममा समाधान भन्दा पनि झन समस्या थपिदै जाने अवस्था आएको कारण बाध्यताले सडकमा आउनुपरेको बताउनुभयो । किसानलाई राहत दिन र सरकारलाई घचघच्याउनका लागि आफुहरु पनि सडकमा आउनुपरेको उहाँको भनाई थियो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेशलाल श्रेष्ठले किसानको मागहरुलाई छिटो सम्बोधन गर्न आग्रह गर्नुभयो । विदेशी दूध आयात गर्ने र किसानहरुले उत्पादन गर्ने दूधलाई खरिद नगर्ने अवस्था आउन नदिन सरकारले विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको उनले बताउनुभयो ।

जिल्ला दूग्ध उत्पादक सहकारी संघ लि. काभ्रेका अध्यक्ष नारायण बडालले काभ्रेपलाञ्चोक जिल्लामा मात्रै ५० करिब करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको जानकारी दिनुहुँदै भुक्तानी नपाउँदा किसानले दाना किन्न नसकेको, बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको व्याज तिर्न नसकेकोले सरकारले छिटो दुधको रोकिएकाे भुक्तानी गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार