मुख्य समाचार
स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित |

अविरल वर्षाका कारण पहिरोले पुरिएर ५ जना बेपत्ता १ को मृत्यु

Thearaniko Times 1400+ समाचार ( )
२३ श्रावण २०८०, मङ्गलबार

काभ्रे- अविरल बर्षातका कारण जिल्लाको विकट पालिका खानिखोलामा पहिरोका कारण एकै परिवारका ६ जना सदस्य पुरिएका छन् । काभ्रेपलाञ्चोकको खानिखोला र मकवानपुरको बागमती गाउँपालिका सिमानामा रहेको उक्त स्थान मकवानपुरको बागमति गाउँपालिकामा पर्छ ।

खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र थिङका अनुसार खानिखोला-५ घर भई बागमती गाउँपालिका गएका एकै परिवारका ६ जना सिक्रे दोभानमा पहिरोले पुरिएका हुन् ।

पुरिनेहरुमा अक्कलबहादुर स्याङतान, उनको श्रीमती शान्तिमाया स्याङतान, छोरी ज्वाई शिला स्याङतान र जीवन पहरी छन् । साथै उनीहरुका दुई सन्तान साढे दुई बर्षिय छोरा र साढे एक वर्षका छोरा पुरिएका छन् ।

पुरिएका मध्ये शान्तिमाया स्याङतानको उद्धार गरी मकवानपुरको भोर्लेनीमा लगिएकोमा उपचारकाे क्रममा मृत्यु भएको स्थानीयलाई उदृत गरी गाउँपालिका अध्यक्ष इन्द्र थिङले जानकारी दिए । पुरिएका मध्ये अन्यको खोजी कार्य जारी रहेको छ ।

अविरल वर्षातका कारण खानिखोला ५ मा रहेको दोश्रो लघु जलविद्युत्तको पाओर हाउस पुरिएको छ भने भवन पनि जोखिममा रहेको छ । 

बनेपाकै १४ पेरुङ्गे सामुदायिक वन सँगै एउटा घर जोखिममा परेको प्रहरीले बताएको छ । उद्धारका लागि नेपाली सेना कालीजंग गण र प्रहरीको टोली घटनास्थल पुगेको छ । जिल्ला स्थित विपद ब्यवस्थापन समितिले नाागरिकहरुलाई सुरक्षित रहन र विपद परेमा तत्काल सम्पर्क गर्न अनुरोध गरेको सूचना सार्वजनिक गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले मातहतका सबै सुरक्षा निकाय तथा कर्मचारी र जनप्रतिनिधिहरुलाई समेत नागरिकहरुको खोज, उद्धारमा लाग्ने गरी तयारीमा रहन अनुरोध गरिएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार