मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

समाज/राजनीति
चितवन–३ मा पराजित भएपछि रेनु दाहालको प्रतिक्रिया: “मन जितेँ, मत जित्न सकिनँ”

Thearaniko Times 1401+ समाचार ( )
२३ फाल्गुन २०८२, शनिबार

काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेकी रेनु दाहाल ले आफूले कामबाट जनताको मन जिते पनि मत प्राप्त गर्न नसकेको बताएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रतिक्रिया दिँदै उनले विजयी उम्मेदवार सोविता गौतम लाई बधाई दिएकी छन्।

उनले लेखेकी छन्, “मैले कामद्वारा तपाईंहरूको मन जितेँ, तर मत जित्न सकिनँ। मत जित्ने सोविता गौतमलाई धेरै–धेरै बधाई दिन चाहन्छु।”

दाहालले भरतपुर महानगरपालिकाको मेयर पदको पाँच वर्षे कार्यकाल बाँकी हुँदाहुँदै राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेकी थिइन्।

फेसबुक सन्देशमार्फत् उनले आफूलाई विश्वास गरेर मतदान गर्ने मतदाताप्रति आभार व्यक्त गर्दै त्यो विश्वास कहिल्यै नबिर्सने बताएकी छन्।

“यो सुनामीजस्तो लहरका बीच पनि मलाई विश्वास गरेर मतदान गर्नुहुने सम्पूर्ण मतदाताप्रति म ऋणी छु। तपाईंहरूको यो गुन कहिल्यै बिर्सने छैन,” उनले लेखेकी छन्।

दाहालले चितवनवासीको हक–हित, विकास र समृद्धिका लागि आगामी दिनमा पनि निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार