मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

लागुऔषध
स्कारपियोबाट ९.१७ ग्राम ब्राउन सुगरसहित दुईजना पक्राउ

Thearaniko Times 1399+ समाचार ( )
३२ जेठ २०८२, शनिबार

काभ्रेपलाञ्चोक– विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वर र अस्थायी प्रहरी पोष्ट काभ्रेभञ्ज्याङबाट खटिएको संयुक्त प्रहरी टोलीले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११, बाझोखेतस्थित बीपी राजमार्ग सडक खण्डबाट ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ।

बिहान करिब ५ः४५ बजे भकुण्डेबेशीबाट धुलिखेलतर्फ आइरहेको मे.१ च. ३५९७ नम्बरको स्कारपियो गाडी शंका लागि रोक्दा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ। गाडीमा सवार इलामको रोङ गाउँपालिका–३ निवासी ३२ वर्षीय सुमन राई र गाडी चालक इलामकै माई नगरपालिका–१ आँपटारी निवासी २७ वर्षीय तेज कुमार वराईलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, सुमन राईको साथमा रहेको निलो झोलाभित्र लुकाइएको अवस्थामा ‘WILD STONE’ लेखिएको कागजको खोल र त्यसभित्र कालो प्लास्टिकमा प्याक गरिएको खैरो हिरोइन (ब्राउन सुगर) फेला परेको थियो। उक्त पदार्थको तौल नेट ९ ग्राम १७० मिलिग्राम रहेको बताइएको छ।

पक्राउ परेका दुवैजनालाई साथमा बरामद गरिएको लागूऔषध र स्कारपियोसहित म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप गरी पाँच दिनको थुनामा राखी अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार