मुख्य समाचार
काभ्रेका आईटिएफ तेक्वान्दो खेलाडीलाई रङ्गीन पेटी वितरण | स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न | काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा |

खानीखोला माओवादी नेतृत्वमा खडकबहादुर जिम्बा(अविरल)
खानीखोला माओवादी नेतृत्वमा खडकबहादुर जिम्बा(अविरल)

Thearaniko Times 1401+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

खानीखोला। काभ्रेपलन्चोक जिल्लाको खानिखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्र, खानिखोला गाउँपालिकाको तेस्रो गाउँपालिका सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । 

यस सम्मेलनले खडकबहादुर जिम्बाको नेतृत्वमा ३८ सदस्यीय खानीखोला गाउँ पार्टी कमिटी गठन गरेको छ। कमिटीमा उपाध्यक्ष राजन अधिकारी, बुद्दीमान स्यांतान र बिरेन लामा, सचिव सुवर्ण थिङ, सहसचिव नरबहादुर थिङ, कोषाध्यक्ष फुलमाया थिङ रहेका छन्।

सम्मेलनका क्रममा पार्टीको संगठन सुदृढीकरण, राजनीतिक दस्तावेजहरूको समीक्षा, आगामी कार्ययोजनाको तयारी, र स्थानीय तहमा विकासका मुद्दामा केन्द्रित छलफलहरू गरिएको पार्टीकाे गाउँपालिका इन्चार्ज मिना पाख्रिनले जानकारी दिनुभयो । सहभागीहरूले पार्टीलाई जनमुखी बनाउँदै स्थानीय स्तरका समस्याहरू समाधान गर्न प्रभावकारी भूमिका खेल्न जोड दिएका थिए। सम्मेलनले पार्टीको सांगठनिक संरचना पुनः निर्माण गर्दै नेतृत्व चयन समेत गरेको छ।

सम्मेलनमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री रत्न प्रसाद ढकालले सम्मेलनले माओवादी केन्द्रलाई खानिखोला गाउँपालिकामा मात्र नभई सम्पूर्ण जिल्लामा नयाँ उत्साह र ऊर्जाका साथ अघि बढ्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो।

नेकपा माओवादि केन्द्र बागमती प्रदेश कमिटी सचीव इन्द्रबहादुर थिङ (छिन्ताङ), जिल्ला सचिव दैवलाल घिसिङ( अनुशिल), पालिका इन्चार्ज मिना पाख्रिन, गाउँपालिका पार्टी अध्यक्ष अविरल जिम्बा, अनेमसंघ क्रान्तिकारीकी मनिता लामा लगायतले नयाँ प्रवेश गर्ने सदस्यहरूप्रति स्वागत गर्दै उनीहरूलाई पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेल्न प्रेरित गरे। उनीहरूले माओवादी केन्द्रले जनताको विश्वास जित्नेगरी काम गर्न प्रतिबद्ध रहेको र यसलाई अझ प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक रहेको बताए। सम्मेलनकै क्रममा विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र स्वतन्त्र क्षेत्रका व्यक्तिहरू गरी झण्डै तिस जनाभन्द बढी माओवादी केन्द्रमा प्रवेश गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार