मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

‘जिउँदा शहीद’ मुकेशको निधनप्रति प्रधानमन्त्रीद्वारा दु:ख व्यक्त, राजकीय सम्मान दिन एकीकृत समाजवादी काभ्रेको माग

Thearaniko Times 1399+ समाचार ( )
२८ वैशाख २०८०, बिहीबार

काठमाडौं । दोस्रो जनआन्दोलन २०६२/०६३ मा घाइते भएका बनेपाका मुकेश कायस्थको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

यसैगरी नेकपा(एकीकृत समाजवादी) काभ्रेका अध्यक्ष बसुन्धरा हुममागाईले एक शोक विज्ञप्ति जारी गर्दै दोश्रो जनआन्दोलन ०६२/०६३ का घाइते जिउँदो सहिद मुकेश कायस्थको उपचारका क्रममा बुधबार साँझ ७:३० बजे ३२ वर्षको उमेरमा असामयिक निधन भएको खबरले स्तब्ध भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ–‘दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु । साथै दोश्रो जनआन्दोलनका क्रममा २०६२ चैत २७ गते प्रहरीको गोली लागि घाइते भएका जिउँदा शहिद मुकेश कायष्ठलाई शहिद घोषणा गरीे राजकीय सम्मानका साथ अन्त्यष्टि गर्न पनि नेपाल सरकारसँग जोडदार माग गर्दछ ।

‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो । २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो ।

कायस्थको आजै अन्तिम संस्कार गरिने मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हिरा शर्मा नेपालले जानकारी दिए । मुकेश कायस्थको शवलाई बनेपा नगरपालिकाको प्राङ्गणमा ११ः३० बाट राखिने त्यसपछि नगर परिक्रमा गरिने  उग्रतिर्थ घाटमा अन्तिम संस्कार गरिने तयारी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार