मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

प्रदेशमा सत्ता गठबन्धनले टुंग्यायो भागबन्डा, तीन प्रदेशमा आलोपालो मुख्यमन्त्री

Thearaniko Times 1399+ समाचार ( )
२४ पौष २०७९, आइतबार

काठमाडौं/प्रदेश सरकारको नेतृत्वको विषयलाई लिएर सत्ता गठबन्धनबीच भागबन्डा मिलेको छ। 

गठबन्धन दलका नेताहरूको आइतबार बालुवाटारमा बसेको बैठकले बाँकी रहेका ६ वटा प्रदेशको बाँडफाँट पनि टुंगो लगाएको हो।

भागबन्डाअनुसार गण्डकी र लुम्बिनी प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बन्नेछ भने कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्नेछ। 

बैठकले बागमती र सुदूरपश्चिम प्रदेशमा भने एमाले र माओवादीबीच आलोपालो सरकारको नेतृत्व गर्ने तथा मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने सहमति भएको बैठकबाट बाहिरिँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए।

सात प्रदेशमध्ये आइतबार प्रदेश नम्बर १ मा नेकपा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन्। बाँकी रहेका ६ प्रदेशको भागबन्डा पनि नेताहरूले टुंग्याएका हुन्। 

तीन प्रदेशमा आलोपालो नेतृत्व गर्ने दलहरूबीचको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशमा पहिले एमालेले नेतृत्व गर्नेछ भने दोस्रो चरणमा माओवादीले नेतृत्व गर्नेछ। 

त्यस्तै, बागमतीमा पहिले माओवादीले नेतृत्व गर्नेछ भने त्यसपछि दोस्रो चरणमा एमालेले नेतृत्व गर्नेछ। 

जसपा र जनमत पार्टीबिच भएको आलोपालो गर्ने सहमतिअनुसार मधेस प्रदेशमा पहिलो चरणमा जसपाले सरकारको नेतृत्व गर्नेछ भने दोस्रो चरणमा जनमत पार्टीले नेतृत्व गर्ने छ।

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, जसपाका उपेन्द्र यादव, राप्रपाका राजेन्द्र लिङदेन तथा जनमत पार्टीका अध्यक्ष सीके राउतको सहभागिता बैठक बसेको थियो। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार