मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |
मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |


सुमेश र नविनाको कार्यले सबै नतमस्तक, यो जोडी सामाजिक सञ्जालमा छाए

Thearaniko Times 1373+ समाचार ( )
५ फाल्गुन २०७८, बिहीबार

पनौती । विवाहमा दाइजो र भोजको खर्च कटाएर सो रकमबाट दुलाहा समाजसेवी काभ्रे पनौती नगरपालिका ४ ज्यालापाटीका सुमेस थापाले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई निरन्तर आय आर्जन गर्न सकिने गरी तालिम र तालिम पश्चात् व्यवसाय गर्न ठेलगाडा र रिक्सा उपलब्ध गराएका छन्् ।

‘विवाह दाइजो र भोज विना सकिएको छ, – दुलाहा सुमेश थापाले भन्नुभयो, –‘विवाहमा हुने खर्च आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई निरन्तर आय आर्जन गर्न सकिने गरी तालिम र तालिम पश्चात् व्यवसाय गर्न ठेलगाडा र रिक्सा उपलब्ध गराएका छौँ । यस्तो पवित्र गरिबमूखि काम गरेर कर्पाेरेट सोसल रेस्पोन्सिबिटीको भूमिका निभाएका सुमेश थापा र नविना खड्का दम्पतीबाट अरुले पनि सिक्न जरुरी छ । यतिबेला देखाउनकै लागि आफुसँग नभएपनि ऋणपान गरेर भएपनि भोज गर्ने र दाइजो दिने चलन छ । यस्तो विकृतिलाई चिर्दै उदाहरणीय कार्य गरेकोमा सुमेश र नविनाको जोडीलाई बधाई तथा शुभकामना दिनेहरु सामाजिक सञ्जालमा थुप्रै देखिएका छन्् ।

सुमी श्रेष्ठ लेख्छन््सुमेसको नयाँ सोचको सम्मान गर्दै नव दम्पतीको सफल बैवाहिक जिबनको धेरै धेरै शुभकामना ।


रुटिन अफ बन्द लेख्छन््wow काभ्रे पनौतीका Sumesh Thapa ले  विवाहमा हुने खर्च जोगाएर आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई निरन्तर आय आर्जन गर्न सकिने गरी तालिम र तालिम पश्चात् व्यवसाय गर्न ठेलगाडा र रिक्सा उपलब्ध गराएर स्वरोजगार बनाउने अभियान चलाएका छन्् ।


रघुनाथ कडरिया लेख्छन््प्रीय साथी  सुमेश १२ ओटा सुन्दर ठेलागाडा त्यो पनि पकाउने तालिम सहित  झण्डै ६ लाख बराबरको ठेलागाडा बितरण गरेर नवीन  जीवनको शुरुवात गर्नुभएको छ 

ठूलो मान्छे त्यो हो जसले समाज र मान्छेको कल्याणको लागि थोरै भएपनि  योगदान गर्छ, म पनि दौडिएर पनौती पुगे अनि तपाईंभन्दा आफुलाई सानो महशुस गरेर फर्किए 

हार्दिक शुभकामना दोस्त ।


शंकरदास लामा यस्तो लेख्छन््बिहे भनेको यस्तो पो हुनुपर्छ , बिहे भोज र दाइजो कटाई बेरोजगार हरुलाइ सीप मुलक तालिम दिई ,नि शुल्क रोजगार मुलक सामग्री बितरण गर्नु भएकोमा  मित्र सुमेश थापा र नबिना खड्का ज्यु  लाई दम्पत्य जिबन को सफलताको शुभकामना ।


भिम उपाध्याय–विवाहमा  दाइजो र भोजको खर्च कटाएर सो रकमबाट दुलाहा समाजसेवी काभ्रे पनौतीकाSumesh Thapa ले  विवाहमा हुने खर्च जोगाएर आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई निरन्तर आय आर्जन गर्न सकिने गरी तालिम र तालिम पश्चात् व्यवसाय गर्न ठेलगाडा र रिक्सा उपलब्ध गराएर स्वरोजगार बनाउने अभियान चलाएका छन्। 

काभ्रे पनौती नगरपालिका–४ ज्यालापाटी घर भएका हार्डवेयर ब्यापारी ३२ वर्षीय सुमेश थापाले प्रति रिक्सा रू ५० हजारका दरले १२ वटाको रू ६ लाख र अन्य गरी रू ७ लाख उक्त कार्यका लागि खर्च गरेका हुन्।  यस्तो पवित्र गरिबमूखि काम गरेर कर्पाेरेट सोसल रेस्पोन्सिबिटीको भूमिका निभाएका सुमेश भाइ एवं दम्पतिलाई बधाई एवं धन्यवाद।

गाडा रिक्साको माग निकै धेरै भएकोले कसैले यस अभियानमा सहयोग गर्न चाहेमा सुमेश भाइसंग समन्वय र सहकार्य गर्न सक्नुहुनेछ।


सोही कार्यक्रममा बर बधूलाई बधाई तथा शुभकामना व्यक्त गर्न नेपाली काँग्रेसका महामन्त्री गगन थापाको सहभागिता रहेको थियो । महामन्त्री थापाले समाज बदल्ने अठोट आफैबाट शुरु गर्नुपर्ने बताउँदै सुमेश र नविनाको उदाहरणीय कार्यको प्रशंसा गर्नुभएको थियो ।

पनौती ५ गैरीगाउँ घर भएकी नविना खड्काले श्रीमान् सुमेशको प्रस्तावमा सहमत जनाउँदै दाइजो र भोज नगर्ने बरु स्वरोजगारका लागि सहयोग गर्ने अभियानमा साथ दिएकीछिन्् । पनौतीमा रहेको छिमेकी सहकारी र युवाहरूद्वारा सञ्चालन गरिएको सृजनशील युवा समाजले यसको व्यवस्थापन गरेको प्रति रिक्सा ५० हजारका दरले १२ वटाको ६ लाख र अन्य गरी ७ लाख रुपैयाँ उक्त कार्यका लागि खर्च गरिएको सुमेशले बताउनु भयो । माघ २९ गते विवाह गरेका सुमेश र नविनाले समाजमा उदाहरणीय कार्य गर्ने सोचका साथ सामाजिक सञ्जालमा आर्थिक अवस्था कमजोर भई आयआर्जन गर्न नसकेका व्यक्तिहरूलाई सम्पर्क राख्न अनुरोध गरेको बताउनु भयो ।

सृजनशील युवा समाजका अध्यक्ष लक्ष्मण श्रेष्ठले आवेदन परेका १८ जनालाई पानीपुरी, मःम, चाउमिन, ससेज तथा अन्य परिकार बनाउन दुई दिनको निःशुल्क तालिम उपलब्ध गराइएको थियो । त्यस मध्येअझै आर्थिक अवस्था कमजोर भई व्यवसाय सञ्चालन गर्न नसक्नेहरू मध्ये १० जनालाई पहिलो चरणमा ठेलगाढा र दुई जनालाई रिक्सा उपलब्ध गराइएको हो ।

व्यवसाय शुरु गर्न रकम नहुनेहरूलाई छिमेकी बचत तथा ऋण सहकारी संस्थाको सदस्य बने लगत्तै विना धितो साक्षी राखेर १० हजार प्रदान गरिनेछ । सोही रकमबाट व्यवसाय शुरु गरी आम्दानी भएको मध्ये केही रकम संस्थामा बचत गर्ने र मुनाफाबाट आफू जस्तै आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूका लागि रिक्सा तथा ठेलगाडा किन्न सहयोग गर्ने गरी सम्झौता गरिएको सहकारीका अध्यक्ष सुवासचन्द्र थापाले बताउनुभयो ।

कसैले बीचमा व्यवसाय छाडेमा उक्त रिक्सा वा ठेलगाडा संस्था मार्फत अर्को व्यक्तिलाई उपलब्ध गराइनेछ । प्राप्त गर्ने व्यक्तिले विक्री गर्न पाउने छैन । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार