मुख्य समाचार
काभ्रे क्याम्पसलाई बनेपा–६ का वडाध्यक्ष केसीको प्रश्न | सर्वोच्चको फैसला : काभ्रे क्याम्पसको दाबी खारेज, स्थानीयको पक्षमा न्यायिक फैसला | ४० मुनिका ४० प्रभावशाली युवाको सूचीमा महाभारत अध्यक्ष जिम्बा | तारा सुवेदीको ‘अनुभूतिका महक’ लोकार्पण | "देश बिसर्जन भयो भने मानिस आमाबाबु भएर पनि टुहुरो हुन्छ" | काभ्रे बहुमुखी क्याम्पसलाई ७ दिने अल्टिमेटम, संघर्ष समितिद्वारा १३ बुँदे ज्ञापनपत्र | काभ्रे क्याम्पसविरुद्ध स्थानीयको संघर्ष समिति गठन, ज्ञापनपत्र बुझाउने तयारी | ३२४ वर्षपछि पनि अडिग ङातापोल : सम्पदा जोगाउने नयाँ पुस्ताको पदयात्रा | जिल्लास्तरीय कृषि प्राविधिक बैठक सम्पन्न, उत्कृष्ट सेवा प्रवाह गर्ने चार स्थानीय तहका कृषि प्राविधिक सम्मानित | त्रिवेणी टोल सुधार समितिद्वारा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी सम्मानित |

लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव २०२४' आयोजना हुने

Thearaniko Times 1399+ समाचार ( )
१७ चैत्र २०८०, शनिबार

काठमाडौं/नेपाल पर्यटन बोर्ड, चिनियाँ राजदूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी, र प्रदेश खेलकुद परिषद् नेपालको आयोजनामा 'लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव २०२४' आयोजना हुने भएको छ।

महोत्सवका लागि नेपाल ओभरसिज चाइनिज एसोसिएसन, लुम्बिनीस्थित झोङ हुआ गुम्बा र लुम्बिनी होटल एसोसिएसनको सहआयोजना रहने बताइएको छ। 

शान्ति महोत्सव आगामी अप्रिल ५ र ६ गते हुने लुम्बिनी महोत्सवको अवसरमा लुम्बिनीमा शान्ति म्याराथन, योगा र लुम्बिनी शान्ति कन्सर्ट गरी तीनवटा कार्यक्रम हुनेछन्।

लुम्बिनीलाई 'विश्व शान्ति र सांस्कृतिक पर्यटन गन्तव्य' को रूपमा विश्वव्यापी रूपमा प्रवर्द्धन र स्थान दिनका लागि यो कार्यक्रम केन्द्रित रहने प्रेस नोटमा उल्लेख छ। कार्यक्रमले नेपाल र चीनबीचको जनस्तरमा सद्भाव र न्यानो सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ। 

प्रेस नोटमा दिइएको जानकारी अनुसार दुई दिनसम्म हुने कार्यक्रम विश्व सम्पदा स्थल परिसरमा हुनेछ। वैशाख ५ गते योग दिवस भएकाले योगा गराउने र साँझ 'विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवस' को अवसरमा वार्ता कार्यक्रम आयोजना हुनेछ। 

भोलिपल्ट बिहान लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन लुम्बिनी स्क्वायरमा सुरू भई समापन हुनेछ। म्याराथनमा शीर्ष १० भित्र पर्ने खेलाडीलाई पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । त्यस्तै, हाफ म्याराथनमा शीर्ष तीनमा रहने महिला र विद्यार्थीलाई छुट्टै पुरस्कारको व्यवस्था गरिएको छ । सर्वसाधारणबाट एक पुरुष र महिलालाई पनि पुरस्कारको व्यवस्था गरेको छ । म्याराथनका लागि कुल १९ लाख १५ हजार रूपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको छ। म्याराथनका लागि विधा छुट्याएको छ। जहाँ म्याराथन, हाफ म्याराथन, ओपन, स्कुललगायत समूह छुट्याइएको छ। 

यस कार्यक्रमले लुम्बिनीको प्रचार-प्रसार र पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण भूमिका खेल्ने लुम्बिनी क्षेत्र विकास कोषका सदस्य सचिव सानु राजा शाक्यले बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार