मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |
मुख्य समाचार
तामिलनाडुमा ६० वर्षे राजनीतिक वर्चस्वमा धक्का, नयाँ शक्तिको उदय | सुदन गुरुङले गृहमन्त्री पदबाट दिए राजीनामा, छानबिनको लागि बाटो खुला गरेको भनाई | कांग्रेसको आधिकारिकताबारे विवाद टुंगियो, सर्वोच्चद्वारा गगन थापा पक्षलाई मान्यता | ठमेलमा कवि द्वय डा. अधिकारी र चिमौरियाद्वारा कविता वाचन | इमानदार कम्युनिष्ट नेता भरत लामिछानेको निधन, विचार र जीवनशैलीले छाड्यो गहिरो प्रभाव | लक्ष्मी शर्माको कथासङ्ग्रह ‘हजुरआमा’ लोकार्पित | गुणस्तरीय शिक्षाबाट आत्मनिर्भर भविष्यतर्फ : लिन स्कुलको नयाँ दृष्टि- - शिशिर भण्डारी | जेन–जी उभारको झण्डै दुईतिहाइको सत्ता: जनादेश, शक्ति-सन्तुलन, जवाफदेहिता र परीक्षा | पुर्व प्रधानमन्त्री केपी ओली र पुर्व गृहमन्त्री रमेश लेखक पक्राउ, अब के होला? | कार्की आयोग प्रतिवेदन: सत्यको सन्तुलन कि चयनात्मक व्याख्या ? |

लिनको २४औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
लिनको २४औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

Thearaniko Times 1373+ समाचार ( )
२० फाल्गुन २०८१, मङ्गलबार

बनेपा  । काभ्रेको बनेपास्थित लिन इन्टरनेशनल बोर्डिङ स्कूलको २४औं वार्षिक उत्सव तथा अभिभावक दिवस एक समारोहका बीच सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन)को केन्द्रिय उपमहासचिव भिमसेन

केसीले एउटा कुशल नेतृत्वले कसरी विद्यालयलाई अगाडी बढाउन सकिन्छ भन्ने कुरा लिन इन्टरनेशनल बोर्डिङ स्कूलको व्यवस्थापन र यसले गरेको प्रगति नमुना बनेको छ । बनेपा नेपालको सबैजसो क्षेत्रका मानिसहरुको बसोबास रहेको शहर भएका कारण पनि यहाँका व्यापार व्यवसाय सञ्चालनमा शैक्षिक संस्थाहरुको उतिकै महत्वपूर्ण भूमिका रहेको उनले बताए ।


सो क्रममा उनले वर्तमान अवस्थामा अभिभावकहरुले चाहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति निर्माणको चाहना राख्ने गरेको अवस्थामा विद्यालयसँगै अभिभावक र विद्यार्थी सबैको सामुहिक प्रयत्न आवश्यक रहेको र त्यसको नेतृत्व विद्यालयले गर्ने उनले बताए । प्रतिस्पर्धाले नै सबैलाई अब्बल बनाउने भएकाले विद्यालय विद्यालयबीचको प्रतिस्पर्धाले अझ अग्रगतिमा लैजाने भएकाले लिन स्कूलले त्यही मार्ग पछ्याईरहेको उनले बताए । विद्यालयले अवलम्बन गरेका विभिन्न अवार्डहरुले पनि विद्यार्थी, शिक्षक र अभिभावकलाई प्रेरणा प्रदान गरिरहने भएकाले विद्यालयले लिएको नयाँ शैक्षिक क्रियाकलापका कारण पनि लिन स्कूल अब्बल बन्दै गएको उनको भनाई थियो । त्यससंगै अब उनले विद्यालयहरु प्रविधिमैत्री र विद्यार्थीमैत्री कार्यक्रमहरु सञ्चालन गर्दै अगाडी बढ्नुपर्नेमा पनि उनले जोड दिए ।

कार्यक्रममा काभ्रे प्याब्सनका अध्यक्ष श्याम बहादुर भुजेलले माटो र युग सुहाउँदो शिक्षा दिन लिन इन्टरनेशनल बोर्डिङ स्कूल सफल बन्दै गएको बताए । 

‘व्यवहारिक, प्रविधिमैत्री र जीवनउपयोगी शिक्षा दिनका लागि यस विद्यालय अब्बल रहेकोमा त्यसको लागि बधाई दिन चाहन्छु’- उनले भने, ‘यसको उदाहरण विद्यार्थीहरुको प्रतिभाले नै पुष्टि गर्दछ ।’ अब शिक्षकहरुलाई रचनात्मक र व्यवहारिक शिक्षामा थप प्रेरिरत बनाउँदै विद्यार्थीहरुलाई युग सुहाउँदो शिक्षा प्रदान गर्नमा लाग्नका लागि उनले आग्रह गरे । विद्यालयलाई उत्कृष्ट बनाउनका लागि विद्यालयले मात्रै नभइ शिक्षक अभिभावक र विद्यार्थी सबैको सामुहिक प्रयत्न आवश्यक रहेको कारण विद्यार्थीहरुलाई सधैं सफलतामा मात्रै केन्द्रित नभई असफलता भएमा त्यसबाट अझ नयाँ पाठ सक्ने र त्यसैबाट अझ अगाडी बढ्नका लागि पनि नयाँ प्रेरणा दिने भएकाले त्यसतर्फ पनि ध्यान दिन आग्रह गरे । त्यसको लागि विद्यार्थीहरुलाई विद्यालयको मात्रै पूर्ण भरमा नबसेर अभिभावकले पनि आफ्ना बालबालिकाहरुको लागि घरमा केही समय दिनका लागि आवश्यक रहेकोमा जोड दिए ।


सो क्रममा उनले शिक्षकहरुलाई विद्यार्थीका लागि किताबी ज्ञान मात्रै दिएर नपुग्ने भएकाले नैतिक शिक्षा र सिर्जनात्मक कलामा समेत जोड दिनका लागि आग्रह गरे । बालबालिकाले केमा बढी रुची राख्ने गरेका छन्, त्यसमा जोडेर शिक्षालाई अगाडी बढाउनका लागि उनले आग्रह गरे । ‘हरेक बालबालिकालाई रहरले असम्भव कुरालाई पनि सम्भव बनाउने र डरले सम्भव कुरालाई असम्भव बनाउने भएकाले डरमा होईन, रहरमा सिकाउन आवश्यक छ’- उनले भने ।

विद्यालयका पूर्व विद्यार्थी सुप्रिय साहले विद्यालय स्तरमा शिक्षकहरुले दिएको मार्गनिर्देशन र निरन्तरको प्रयासले नै आफु अहिले शैक्षिक मार्गमा अगाडी बढ्न सफल भएको भन्दै अहिले उच्च शिक्षा अध्ययनको क्रममा पनि त्यही विद्यालय तहको जस्तो शिक्षकहरुको जस्तो सामिप्यता र मार्गदर्शनको अभाव खट्किरहेको धारणा राखे ।


सो कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक सत्रमा प्राप्त गरेको विभिन्न क्रियाकलाप र खेलकुद गतिविधिहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई ट्रफी, मेडल र पुरस्कार वितरण गर्नुका साथै प्ले ग्रुपदेखि कक्षा दशसम्मका विद्यार्थीहरुले विभिन्न संस्कृति झल्कने गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा विद्यालयका अभिभावक शिवहरी थापाले जगत बहादुर थापा, सुनिल थापा र धिरज थापाको नाममा अक्षयकोष खडा गरी यसै शैक्षिक सत्रबाट विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई छात्राबृत्ति वितरण गर्ने गरी ६ जना विद्यार्थीहरु प्ले ग्रुपतर्फ रुहानी श्रेष्ठ, प्रवन सुवाल, जुनियर कक्षा १ देखि ५ कक्षातर्फ सोमु लामा, सोनिश लामा र सिनियरतर्फ (कक्षा ६ देखि १०)सम्मका स्वर्णिमा गौतम र राजिव गौतमलाई विद्यालय झोलासहित शैक्षिक सामग्री वितरण गरेको थियो । सो छात्राबृत्ति हरेक वर्ष निरन्तरता दिदै जाने विद्यालयले जनाएको छ ।

लिन इन्टरनेशनल बोर्डिङ स्कूलका प्रबन्ध निर्देशक कृष्ण कुमार भन्डारी(शिशिर)को अध्यक्षतामा भएको कार्यक्रममा शैक्षिक सत्र २०८० मा एसईई पास गरेका विद्यार्थीहरुलाई मायाको चिनो वितरणसहित बिदाई गरेको छ ।

प्रतिक्रिया

Aaditya Dhakal २० फाल्गुन २०८१, मङ्गलबार

Very nice

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार